वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

वडा प्रहरी कार्यालय वगरमा प्रहरी परिचालन कक्ष

o.pr.ka

पोखरा, १७ जेठ । वडा प्रहरी कार्यालय वगर हाता भित्र प्रहरी परिचालन कक्ष निर्माण गरिएको छ ।

वडा प्रहरी कार्यालय वगर निर्माण तथा मर्मत संभार समितिले कार्यालय भित्र प्रहरी परिचालन कक्ष निर्माण सँगै महिला व्यारेकको मर्मत संभार गरेको हो ।

प्रहरी परिचालन कक्ष र महिला व्यारेकको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले उद्घाटन गर्नुभयो ।
यस अघि निर्माण तथा मर्मत संभार समितिका अध्यक्ष पुरुषोत्तम श्रेष्ठको नेतृत्वमा प्रतिक्षालय, थुनुवा कक्ष मर्मत, प्रहरी व्यारेक, दुर्गा मन्दीर, ट्राफिक पोष्ट, महिला प्रहरीका लागि आवास गृह, चमेना गृह मर्मत, शौचालय निर्माण कार्य सम्पन्न भएको छ ।

महिला व्यारेक मर्मत संभार र प्रहरी परिचालन कक्ष निर्माणमा २ लाख ४ हजार ५ सय ५१ रुपैया खर्च लागेको निर्माण तथा मर्मत संभार समितिका कोषाध्यक्ष चित्र बहादुर थापाले जानकारी दिनुभयो ।पोखरा महानगरका वडा कार्यालय र स्थानीयको सहयोगमा कक्ष निर्माण गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो।

‘हाम्रो अनुरोधलाई सहर्ष स्विकार गरि सहयोग गर्ने सम्पूर्ण प्रति हार्दिक आभार व्यक्त गर्दछौं’ अध्यक्ष श्रेष्ठले भन्नुभयो‘ आगामी दिनमा पनि यहाँहरुको सहयोग र सद्भावको अपेक्षा गर्दछौं ।’

प्रहरी परिचालन कक्ष र महिला व्यारेक निर्माण समितिका अध्यक्ष पुरुषोत्तम श्रेष्ठले वडा प्रहरी कार्यालय वगरका प्रमुख प्रहरी निरीक्षक शालिकराम तिमिल्सिनालाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा निर्माण समितिको कोषाध्यष पदममा रहि महत्पूर्ण भूमिका खेलेको भन्दै कोषाध्यक्ष चित्रबहादुर थापालाई मायाको चिनोले सम्मान र वडा प्रहरी कार्यालय वगरमा रहि उत्कृष्ट प्रहरी कार्य गर्ने प्रहरी हवल्दार लक्ष्मी खत्रीलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले वडा प्रहरी कार्यालय वगरको आफ्नै जग्गा नहुँदा वजेट विनियोजनमा समस्या भएको बताउनुभयो।

पोखरा महानगरपालिका वडा नं. २५ का वडा अध्यक्ष तथा पोखरा महानगरका प्रवत्ता मोतिलाल तिमिल्सिना समाजमा शान्ति सुरक्षा कायम गर्नका लागि महानगर सधै सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो ।

पोखरा महानगरपालिका वडा नं. १ का वडा अध्यक्ष सहारा प्रधानले प्रहरीका लागि चाहिने भौतिक संरचना व्यवस्थापन गर्नका लागि वडा सधै तयार रहेको बताउनुभयो ।

निर्माण तथा मर्मत संभार समितिका अध्यक्ष पुरुषोत्तम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा प्रहरी कार्यालय वगरका प्रमुख प्रहरी निरिक्षक शालिकराम तिमिल्सिना, कोषाध्यक्ष चित्रबहादुर थापा, सदस्य विष्णु शंकर ख्वाउँजु, प्रहरी जवान जुना विकले बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
20 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 19 Sep 2024 20:30 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.9down
Indian Rupee 
Indian Rupee
83.65down
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.47down
Japanese Yen 
Japanese Yen
143.13up
US Dollar 
US Dollar
1
20 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 19 Sep 2024 20:30 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀