पोखरा, १६ भदौं । पोखरा – १८ सराङकोट आयोजित तीज मेला – २०७९ सकिएको छ ।
अन्नपूर्ण सामुदायिक विकास मञ्चले ‘लोक कला संस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्वनमा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ मेला आयोजना गरेको हो। ।
अन्नपूर्ण सामुदायिक मञ्चको प्राङ्गणमा भदौ १२ देखि १४ गतेसम्म चलेको मेला करिब चार हजार दर्शकले सहभागिता जनाएको बताइएको छ ।
‘मेला सम्पन्न गर्न सबैबाट साथ र सहयोग पाउँदा खुशी र उत्साहित छौं, मेला आयोजक समितिका संयोजक एवं मञ्चका अध्यक्ष महेश कुमार तिमिल्सिनाले भन्नुभयो – अर्काे वर्ष पनि मेलालाई निरन्तरता दिन्छौं ।’
मेलाको आकर्षणमा खुला तीज गित प्रतियोगिता, गृहिणी नृत्य प्रतियोगिता, ठेलो हान्ने प्रतियोगिता र घैंटो फुटाई प्रतियोगिता रहेको थियो ।
तीज गित प्रतियोगितामा सफल उद्यमी महिला समूह पोखरा – २५ प्रथम, प्रगतिशील आमा समूह पोखरा – २४ द्वितीय र कमल जैसी आमा समूह पोखरा – २५ तृृतीय भएका छन् । गृहिणी नृत्यतर्फ पवित्रा तिमिल्सिना त्रिपाठी पोखरा – २४ प्रथम र मैया अधिकारी पोखरा – ५ द्वितीय हुनुभएको छ ।
मेला समापनमा बोल्दै नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले मौलिक संस्कृति र परम्पराहरु देशको सम्पत्ति भएको उल्लेख गर्नुभयो ।
कार्यक्रम मञ्चका अध्यक्ष महेश कुमार तिमिल्सिनाको अध्यक्षतामा भएको थियो ।
भर्खरै
लमजुङमा सुन्तला उत्पादनमा ह्रास
यस्ता छन् सरकारका एक वर्षका उपलब्धि (संक्षिप्त विवरण)
‘टिकटक चलेको भए खबर गरौँ’
पूर्वाधारको पर्खाइमा मालिका धुरी
आज गाई पूजा, पशुपतिमा गरियो सामूहिक गाई पूजा
तिहारको दोस्रो दिन: धनधान्यकी देवी लक्ष्मी पूजा
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं