https://townofosceola.com/5ltqybm9ohu गण्डकी, १६ भदौ (रासस) :निरन्तरको झरीले जनसाधारणमा कष्ट थपेको छ ।
Safe Tramadol Online सडक, बिजुलीजस्ता जरुरी सेवा रोकिँदा जनजीवन प्रभावित बनेको हो । कतै पहिराको त्रास छ, कतै डुबानको ।
https://reggaeportugal.com/sde23v6v6h गए रातिदेखि अवरुद्ध पोखरा–बागलुङ राजमार्ग अपराह्नपछि बल्ल सञ्चालनमा आएको छ । पर्वतको मोदी गाउँपालिका–५ अम्बोटमा पहिरो खस्दा सवारी आउजाउ रोकिएको थियो ।
डोजर लगाएर पहिरो पन्छाएपछि बिहीबार दिउँसोे १ः३० बजेदेखि सडक खुलेको ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रहरी सहायक निरीक्षक ताराप्रकाश खत्रीले जानकारी दिनुभयो । “गए राति ३ बजेदेखि सडक अवरुद्ध थियो, चार घण्टा लगाएर सञ्चालनमा ल्यायौँ”, उहाँले भन्नुभयो ।
मध्यपहाडी लोकमार्गमा पर्ने उक्त खण्डमा पहिरो खस्दा पोखरा हुँदै धौलागिरि क्षेत्रमा चल्ने छोटो तथा लामो दूरीका सवारीसाधन बाटैमा रोकिएका थिए ।
यात्रु घण्टौँसम्म जाममा फसेका थिए । बागलुङ–पोखरा चल्ने जीपका चालक राजेन्द्र विकले पहिरो हटाएपछि यात्रा सहज भएको बताउनुभयो । उहाँले ग्रामीण भेगका सडकमा बर्सातले झन क्षति पु¥याएको उल्लेख गर्नुभयो ।
“तीजको दिनदेखि नै पानी परिरहेको छ, गाउँमा जहीँतहीँका बाटा बिग्रेका छन्, जोखिम मोलेर यात्रा गर्नुपर्छ”, विकले भन्नुभयो । बर्सातसँगै परेको चट्याङले विद्युत् सेवामा पनि अवरोध पु¥याएको छ ।
पोखराको बलाममा गए राति परेको चट्याङले तार चुँडाल्दा पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा विद्युत् अवरुद्ध बनेको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासिनीले बताउनुभयो ।
“तारमा क्षति पुगेका ठाउँमा अहिले मर्मतकार्य चलिरहेको छ, साँझसम्म बिजुली बल्छ”, उहाँले भन्नुभयो । बिजुली अभावले नेटवर्क कमजोर बन्दा टेलिफोन र इन्टरनेट सेवा पनि प्रभावित हुन पुगेको छ ।
वर्षा ऋतु सकिने बेलातिर परेको झरीले जनजीवन कष्टकर बनेको हो । पोखरा आसपासको मौसम अहिले पनि धुम्म छ ।
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं