समाज परिवर्तनको अभियान आफैबाट शुरु गरौं – मन्त्री श्रेष्ठ

समाज परिवर्तनको अभियान आफैबाट शुरु गरौं – मन्त्री श्रेष्ठ

Mahotsav

पोखरा, ४ भदौ । कृष्ण जन्माष्टमीको अवसरमा पोखरा – ८ रत्नचोकस्थित श्री कृष्ण प्रणामी मन्दिरमा शुक्रबार श्रीकृष्ण जन्माष्टमी प्राकट्य महोत्सव गरिएको छ ।

कार्यक्रममा झण्डै पाँच हजार श्रद्वालु भक्तजनको सहभागिता रहेको थियो । महोत्सवमा राति १२ बजेसम्म विभिन्न झाँकि, भजन तथा नृत्य प्रदर्शन गरिएको थियो ।

मन्दिरमा साउन २ गतेदेखि आयोजित श्रीमद् बितक चर्चा शब्द दर्शन तथा श्रीकृष्ण कथा कार्यक्रम पनि सम्पन्न भएको छ । झण्डै १० हजार भक्तजनले कथा श्रवण गर्नुभएको जनाइएको छ ।

मन्दिर स्थापनाकाल २०४८ सालदेखि नै वर्षेनी कार्यक्रम गर्ने गरिएको छ । यसपटक समेत गरी ३१ औ पटक कार्यक्रम गरिएको हो।

महोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले समाज परिवर्तनको अभियान हरेकले आफैबाट र आफ्नै घर भित्रबाट शुरु गर्नुपर्ने बताउनुभयो । उहाँले सामाजिक विकृति विसंगति अन्त्यका लागि सबै एकजुट हुनुपर्ने औल्याउनुभयो ।

मन्त्री श्रेष्ठले शिक्षालाई उत्पादनसँग जोडेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । संस्कार, भाषा, संस्कृति र परम्परालाई जोडेर धार्मिक पर्यटनको विकास गर्न सकिने उहाँको भनाइ थियो । उहाँले भगवान् श्रीकृष्णका उपदेशलाई अनुशरण गर्नुपर्ने बताउनुभयो ।

गुरुजी बाणी तथा बितक कथाकार युवा धर्म प्रचारक श्री श्यामदास महाराजले हरेक व्यक्ति धर्मसँग जोडिनुपर्ने बताउनुभयो ।

त्यस अवसरमा पोखरा महानगरपालिका वडा नं ७ का वडाध्यक्ष राममोहन आचार्य, पोखरा विश्व विद्यालयका डिन डा. दयाराज ढकाल, पूर्व वडाध्यक्ष रामचन्द्र बराल, समाजसेवी बामदेव बस्ताकोटी, ईन्जिनियर नेत्र तिमिल्सिना, भागवत्चार्य माता नारायणी घिमिरे लगायतले बोल्नुभएको थियो ।

मन्दिरका अध्यक्ष पुरुषोत्तम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मोहन प्रसाद ढकालले स्वागत र सचिव देवी प्रसाद खतिवडाले संचालन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
19 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 19 Sep 2024 00:05 UTC
Latest change: 18 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.01
Indian Rupee 
Indian Rupee
83.71
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.47
Japanese Yen 
Japanese Yen
141.66
US Dollar 
US Dollar
1
19 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 19 Sep 2024 00:05 UTC
Latest change: 18 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀