चितवन, २५ जेठ (रासस):भरतपुर महानगरपालिकाको नगर कार्यपालिकामा नेपाली कांग्रेसको उपप्रमुखसहित बहुमत सदस्य निर्वाचित भएका छन् ।
कार्यपालिका सदस्यको मङ्गलबार भएको निर्वाचनमा आठमध्ये पाँच जना कांग्रेसबाट निर्वाचित भएसँगै कार्यपालिकामा कांग्रेसको बहुमत भएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको सूचनाअनुसार कार्यपालिकाको महिला सदस्यमा पाँचमध्ये चार जना कांग्रेसबाट निर्वाचित भएका छन् । कांग्रेसबाट वडा सदस्यमा सिर्जना अधिकारी, सुकमाया परियार, सारदा पोखरेल र नर्मदा सापकोटा निर्वाचित हुनुभएको हो ।
नेकपा (माओवादी केन्द्र)की बीना नेपाली पनि निर्वाचित हुनुभएको छ । दलित तथा अल्पसङ्ख्यकबाट कांग्रेसका गोपाल दराई, माओवादी केन्द्रका विष्णुबहादुर भुजेल र नेकपा (एकीकृत समाजवादी)की कोपिला उपरकोटी निर्वाचित हुनुभएको सूचनामा उल्लेख छ ।
भरतपुर महानगरमा निर्वाचित कार्यपालिका सदस्यसहित महानगर परिषद् सदस्य सङ्ख्या १५० पुगेको छ । जसमध्ये कांग्रेसका ७६, नेकपा (एमाले)का ५२, माओवादी केन्द्रका ११, एकीकृत समाजवादीका ६, राप्रपाका चार र स्वतन्त्रका एक जना छन् ।
कार्यपालिकामा कांग्रेसको २२, एमालेको ६, माओवादी केन्द्रको ६, एकीकृत समाजवादीको चार र स्वतन्त्रबाट एक जना विजयी भएका छन् । महानगरपालिकामा २९ वडा छन् ।
भर्खरै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा प्रधानमन्त्री : ओली
विपद्का बेला सक्रियता बढाउन गृहमन्त्री लेखकको निर्देशन
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं