गलकोट, ८ जेठ (रासस) ःगण्डकी प्रदेशको उत्कृष्ट धार्मिक गन्तव्यका रूपमा चिनिँदै आएको बागलुङ कालिका मन्दिरको पहिचान, प्रचार–प्रसार र पुरातात्विक वस्तुको संरक्षण गर्नका लागि सङ्ग्रहालय निर्माण थालिएको छ ।
कालिका मन्दिर भगवती मन्दिरको प्रवेशद्वारमा दुईतले सङ्ग्रहालय भवन निर्माण थालिएको छ । कालिका मन्दिरसँग जोडिएको पुरातात्विक वस्तु, कालिका मन्दिरको इतिहासलगायतका जानकारी सङ्ग्रहालयमा राखिने छ ।
सङ्ग्रहालय निर्माणपश्चात कालिका मन्दिर चिनाउन थप सहज हुने कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।
“सङ्घीय सरकारको योजनामा सङ्ग्रहालय बन्नका लागि शनिबार शिलान्यस गरेका छौँ, कालिका मन्दिरको पहिचान, मन्दिरको थप रोचक पक्षलाई उजागर गर्न सङ्ग्रहालय अवलोकन गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “मन्दिरको मेला र निर्वाचनका कारण निर्माण गर्न केही ढिलाइ भएको हो, जतिसक्दो छिटो सङ्ग्रहालय तयार हुनेछ ।”
शनिबार बागलुङ नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख वसन्तकुमार श्रेष्ठले सङ्ग्रहालयको शिलान्यास गर्नुभएको छ । दुई तलाको पक्की भवन निर्माणपश्चात यसलाई सङ्ग्रहालयका रूपमा अगाडि बढाइने छ ।
सङ्ग्रहालय भवन निर्माण गर्न सङ्घीय सरकारअन्तर्गत सघन तथा भवन डिभिजन कार्यालय बागलुङले रु ९० लाख विनियोजन गरेकामा रु ६१ लाखमा ठेक्का सम्झौता भएको छ । ठेक्का मिति यही असारसम्म रहेको छ ।
माछापुच्छ्रे निर्माण सेवाले उक्त भवन निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका प्रतिनिधि कलाधर आचार्यले जानकारी दिनुभयो ।
भर्खरै
विमान दुर्घटनाका साक्षी भन्छन्, कान्लामा नठोक्किएको भए जहाज सिधै बस्तीमा पस्ने थियो
बजेटबारे सांसदको चर्को असन्तुष्टि
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक नियुक्त
पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षाको सुनिश्चितता
कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु
शक्ति राष्ट्रबीचको टकराव साना मुलुकको चुनौती : प्रधानसेनापति शर्मा
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं