पोखरामा गणना ढिलो भएपछि मतगणनास्थल थप

पोखरामा गणना ढिलो भएपछि मतगणनास्थल थप

Matpetika

कास्की, ४ जेठ (रासस) :स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्कीका पाँच पालिकामध्ये चार गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

मादी, रुपा, अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिकाको परिणाम सार्वजनिक भइसक्दा पनि पोखरा महानगरको गणना जारी छ । वैशाख ३१ गतेबाट पोखराको मतगणना सुरु भएकामा महानगरका ३३ वडामध्ये हालसम्म वडा नं १, २, ४, १२ र २३ को मात्र अन्तिम परिणाम घोषणा भएको छ ।

वैशाख ३० गते सम्पन्न निर्वाचनमा पोखरा महानगरपालिकामा एक लाख ४३ हजार २२६ मत खसेकामा चार दिनमा ३१ हजार मतमात्र गणना गरिएको छ । पोखरामा अझै २९ वडाको परिणाम आउन बाँकी छ ।

मतगणना सुस्तगतिमा भइरहेकाले पोखरा अन्तिम परिणाम आउन अझै लामो समय कुर्नुपर्ने देखिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दुईवटा गणनास्थल थप गरेको छ । मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी निलप्रसाद पनेरुका अनुसार मङ्गलबार रातिदेखि दुई मतगणनास्थल थप गरिएको हो ।

पोखराका गणना अहिले नगर विकास समितिको सभाहल र जिल्ला समन्वयको हलमा छ मतगणनास्थलको १० सर्कलबाट भइरहेकामा स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयको भवनमा गणनास्थल थप गरिएको हो । गणनास्थल थपपछि गणना छिटो हुने विश्वास लिइएको छ ।

पोखरामा अहिलेसम्म ३१ मतगणना सकिँदा सत्ता गठबन्धनबाट प्रमुखका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले १२ हजार ९४५ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले)का कृष्णबहादुर थापाको ११ हजार १५० मत छ ।

यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका कोपिला रानाभाटले १३ हजार २३३ मतसहित अग्रता बनाउनुभएको छ । एमालेका मञ्जुदेवी गुरुङको १२ हजार ७२८ मत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
19 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 19 Sep 2024 00:05 UTC
Latest change: 18 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.01
Indian Rupee 
Indian Rupee
83.71
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.47
Japanese Yen 
Japanese Yen
141.66
US Dollar 
US Dollar
1
19 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 19 Sep 2024 00:05 UTC
Latest change: 18 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀