म्याग्दी, २८ चैत (रासस) ःबेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिर परिसरमा भगवान राम र सीताको स्तम्भ प्रतिस्थापना गरिएको छ ।
दश जना दाताले आर्थिक संकलन गरेर गलेश्वर मन्दिर अगाडि स्थापना भएको ती स्तम्भमा नियमित नित्यपूजाका लागि थप रु तीन लाख १५ हजारको अक्षयकोष स्थापना गर्नुभएको छ ।
करिब सात फिट अग्लो स्तम्भ भित्र एक करोड २७ लाख श्रीराम मन्त्र लेखिएको कागजलाई पानीले नभिज्ने गरी बाकसमा राखिएको छ । स्तम्भका शिरमा भएको राम र सीताको मूर्तिलाई पित्तलको छाताले ओढाइएको छ ।
पोखराका लेखनाथ घिमिरे, हिमलाल बराल, टेकनाथ पौडेल, रामप्रसाद बराल, बिष्णुमाया पौडेल, तिलोचन पौडेल, कुलप्रसाद पराजुली, मायादेवी बास्तोला, धरानका कुलचन्द्र भट्टराई र लमजुङका हरेराम दासले स्तम्भमा राख्ने मन्त्र उपलब्ध गराउनुभएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।
स्तम्भको रामनवमी पर्वको अवसर पारेर आइतबार कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले शुभारम्भ गर्नुभयो । “धर्मशास्त्रहरुमा राम र शिवले एक अर्काको सम्मान र सहकार्य गरेको हुनाले गलेश्वर शिवालयमा रामसीताको मुर्ति राखिएको हो,” उहाँले भन्नुभयो “मन्त्र सहितको रामसीताको स्तम्भले गलेश्वरमा धार्मिक शक्ति केन्द्रित गरेको छ ।”
कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको गलेश्वर मन्दिरमा शिव, पार्वति, नटराज, जडभरत, गलेश्वरबाबा, नाग, राधाकृष्ण लगायत हिन्दू धर्मावलम्बीका भगवानका मन्दिर र मूर्तिका साथै १०८ शिवलिङ्ग छन् ।
गलेश्वरमा महाशिवरात्री, बालाचर्तुदर्शी र साउन महिनाको सोमबारका दिन बिशेष मेला लाग्ने गर्छ । गलेश्वरधामलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थ स्थल मुक्तिनाथको प्रवेशद्वारका रुपमा चिनिन्छ ।
द्वापरयुगमा सतिदेबी गला पतन भएकाले गलेश्वर नाम रहन गएको यस स्थानमा दर्शन र पूजाआजा गरेमा सुख, शान्ति, सम्बृद्धि र मनोकामना पुरा हुने विश्वास छ । पूर्वाधार निर्माण, व्यवस्थापकीय सुधार र प्रचारप्रसारका कारण गलेश्वरमा पछिल्लो समय भक्तजनको संख्या बढेको छ ।
भर्खरै
विमान दुर्घटनाका साक्षी भन्छन्, कान्लामा नठोक्किएको भए जहाज सिधै बस्तीमा पस्ने थियो
बजेटबारे सांसदको चर्को असन्तुष्टि
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक नियुक्त
पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षाको सुनिश्चितता
कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु
शक्ति राष्ट्रबीचको टकराव साना मुलुकको चुनौती : प्रधानसेनापति शर्मा
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं