राष्ट्रिय एकता बलियो बनाउनु आजको आवश्यकता ः प्रधानमन्त्री

राष्ट्रिय एकता बलियो बनाउनु आजको आवश्यकता ः प्रधानमन्त्री

ROS_KTM_PMDEUBA_SAMBODHAN

काठमाडौँ, १२ चैत (रासस) ःप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय एकतालाई बलियो बनाउनु आजको आवश्यकता भएको बताउनुभएको छ ।

विपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको १४औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्वोद्धन गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि पनि राष्ट्रिय एकता आवश्यक रहेको र यसको नेतृत्व कांग्रेसले गर्ने बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले सबै नागरिलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउनका लागि सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा नियन्त्रणमा सरकार सफल भएको छ भन्नुभयो ।

उहाँले संविधानको रक्षा र कार्यान्वयनमा सहयोग गर्न सबै राजनीतिक दललाई आग्रह पनि गर्नुभयो ।

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आसन्न स्थानीय तहको निर्वाचनामा कांग्रेसले गठबन्धन बिना नै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले देशमा पछिल्लो समय व्यापार घाटा बढिरहेकाले त्यसलाई कम गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

अस्पतालका अध्यक्ष डा केदारनरसिंह केसीले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा कम्तीमा पनि २० प्रतिशत बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह गर्दै नेपालको चिकित्सा क्षेत्रमा देखिएको विकृति अन्त्य गर्न सम्बन्धीत सबै पक्ष एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा अस्पतालमा उत्कृष्ठ सेवा प्रदान गर्ने विभिन्न विधाका कर्मचारीलाई सम्मान गरिएको थियो । सभाले नयाँ कार्यसमिति तय गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
20 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 19 Sep 2024 20:30 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.9down
Indian Rupee 
Indian Rupee
83.65down
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.47down
Japanese Yen 
Japanese Yen
143.13up
US Dollar 
US Dollar
1
20 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 19 Sep 2024 20:30 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀