काठमाडौँ, ८ फागुन (रासस) :पछिल्लो २४ घण्टामा एक हजार ३३८ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा नौ लाख ५१ हजार ३९४ सङ्क्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार २४४ रहेको छ । जसमध्ये ११ हजार ७५४ सक्रिय सङ्क्रमित होम आइसोलेशनमा छन् । ४९० संस्थागत आइसोलेशनमा छन् । उनीहरूमध्ये १३६ जनाको आइसीयु र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
यस अवधिमा थप २६२ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । छ हजार ५७२ पिसीआर परीक्षण गर्दा २२९ जना र तीन हजार २४३ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जना गरी २६२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या ११ लाख १४ हजार १५६ पुगेको छ । यस अवधिमा चार जनाको मृत्यु भएसँगै नेपाल कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९२१ पुगेको छ ।
भर्खरै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा प्रधानमन्त्री : ओली
विपद्का बेला सक्रियता बढाउन गृहमन्त्री लेखकको निर्देशन
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं