पोखरा म्याराथनः केन्याका कोसगाइ र नेपाल प्रहरीकी प्रसाईं प्रथम

पोखरा म्याराथनः केन्याका कोसगाइ र नेपाल प्रहरीकी प्रसाईं प्रथम

RK-Pokhara-MatathunCMPokhareld

नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा आयोजित १६औं सफल पोखरा अन्तरराष्ट्रिय म्याराथन बिजेता महिला पुरुष खेलाडीसँग गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्› नेपाली पोखरेल । तस्वीर ः राधिका कँडेल, रासस

गण्डकी, ७ फागुन (रासस) ः नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा आयोजना गरिएको १६औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन खुला दौड प्रतियोगितामा केन्याका धावक स्टेफल कोसगाइ प्रथम भएका छन् ।

पोखरा रङ्गशालाबाट सुरु भएको ४२.१९५ किलोमिटरको दूरी दुई घण्टा १९ मिनेट ४३ सेकेण्डमा पूरा गरी प्रथम हुन सफल भएका हुन् । उनले नगद चार लाख रुपैयाँसहित मेडल प्राप्त गरेका छन् ।

प्रतियोगिताको दोस्रो स्थान पनि केन्याकै धावक सिमिओन किप्लागोट टुले हात पार्न सफल भएका छन् । उनले उक्त दूरी दुई घण्टा २१ मिनेट तीन सेकेण्डमा पार गर्दै नगद रु दुई लाखसहित मेडल प्राप्त गरे ।

त्यसैगरी नेपाल आर्मीका मोहनदेव जोशीले दुई घण्टा ३३ मिनेट २४ सेकेण्डमा सो दूरी पूरा गर्दै प्रतियोगिताको तेस्रो स्थान हासिल गर्दै नगद रु एक लाख प्राप्त गरेका छन् भने सशस्त्र प्रहरी गण एपिएफका सन्तोष विक्रम विष्टले दुई घण्टा ३४ मिनेट ४८ सेकेन्डमा उक्त दूरी पार गर्दै रु ३० हजार नगदसहितको सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका हुन् ।

प्रतियोगिताअन्तर्गतको हाफ म्याराथन महिलातर्पm नेपाल प्रहरीकी राजपुरा प्रसाईं प्रथम हुन सफल भएकी छन् । २१ किलोमिटर दूरीको उक्त दौड उनले एक घण्टा २१ मिनेट २६ सेकेन्डमा पूरा गर्दै रु एक लाख नगद पुरस्कार जित्न सफल भएकी हुन् ।

प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ)का वृद्धा श्रेष्ठले एक घण्टा २७ मिनेट ४१ सेकेन्डमा उक्त दूरी पूरा गर्दै दोस्रो स्थान हासिल गर्दै रु ७५ हजार नगर पुरस्कार प्राप्त गरेकी छिन् । म्याराथनमा जुम्लाकी राममाया बुढा तेस्रो भइन् । उनले उक्त दूरी एक घण्टा ३० मिनेट ४८ सेकेन्डमा पार गर्दै नगद रु ५० हजार प्राप्त गरिन् । एक घण्टा ३२ मिनेट ५८ सेकेन्डमा सो दूरी पूरा गर्दै युकेकी हन्नाच कारासले रु १५ हजार नगदसहित सान्त्वना पुरस्कार प्राप्त गरिन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रतियोगिताका विजयी खेलाडीलाई नगद पुरस्कार, मेडल र प्रमाणपत्र वितरण गर्दै खेलकूदको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताका प्रमुख संरक्षकसमेत रहनुभएका मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशलाई खेलकूदको केन्द्रका रुपमा विकास गर्न सबैको साथ र सहयोग आवश्यक पर्नेमा जोड दिनुभयो ।

खेलकूदको विकासका लागि सरकारले एक्लै नसक्ने विचार व्यक्त गर्दै उहाँले त्यसका लागि निजी क्षेत्रको सहयोग अपरिहार्य हुने बताउनुभयो ।

विभिन्न आमा समूह, युवाक्लब, सुरक्षा निकायले पोखराका विभिन्न चोकचोक र सडकमा धावकलाई स्वागत गर्दै हौसला प्रदान गर्नुभएको उक्त प्रतियोगितालाई सुजल डेरीको मुख्य उत्पादन सफल दूधले मुख्य प्रायोजन दिँदै आएको छ ।

मञ्चका महासचिव कृष्ण तिमिल्सनाका अनुसार पोखरा रङ्गशालाबाट सुरु भएको दौड पृथ्वीचोक, मुस्ताङचोक, विरौटा र छोरेपाटनबाट फर्केर पुन विरौटा हुँदै राष्ट्रबैंक चोक, फेवाताको किनारा लेकसाइड, डिहीको पाटन, सभागृहचोक, नयाँसडक, हरिचोक, केआइसिंह पुल, नारायणस्थान, फूलबारी, पुरानोधारा, चाउथे, बलभद्र मावि, रामबजार हुँदै रङ्गशालामा आएर समापन भएको हो ।

प्रतियोगितामा नेपालका विभिन्न १७ जिल्ला, विभागीय टिम नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबलसहित १४८ जना र मित्रराष्ट्र भारत, केन्या, फ्रान्स, ओमन, आएरल्याण्ड, अमेरिकाका १४ जना विदेशीसहित कूल १६२ जना धावकको सहभागिता थियो ।

हाफ महिला म्याराथन दौड प्रतियोगितामा ३९ जना धावकको सहभागिता रहेको बताउँदै उहाँले सफल पोखरा म्याराथनअन्तर्गतको कूल पुरस्कार राशि रु १२ लाख छ हजार छ ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष रु चार लाख चार हजार पुरस्कार राशि वृद्धि गरिएको हो । नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष कृष्णप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सरकारका मन्त्री, सुरक्षा निकायका प्रमुख, खेलप्रेमीको सहभागिता रहेको कार्यक्रममा पोखरेली सांस्कृतिक परिवारका कलाकारले विविधि सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
19 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 19 Sep 2024 00:05 UTC
Latest change: 18 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.01
Indian Rupee 
Indian Rupee
83.71
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.47
Japanese Yen 
Japanese Yen
141.66
US Dollar 
US Dollar
1
19 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 19 Sep 2024 00:05 UTC
Latest change: 18 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀