पोखराको पर्यटन प्रवद्र्धनमा सहयोगी बन्दै म्याराथन दौड

पोखराको पर्यटन प्रवद्र्धनमा सहयोगी बन्दै म्याराथन दौड

pokhara-marathon-2022-278×300

ण्डकी, ६ फागुन (रासस) :पोखराको पर्यटन प्रवद्र्धनमा यहाँ सञ्चालन हुँदै आएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ सहयोगी बन्दै आएको छ ।

नेपाल भूतपूर्व खेलाडी मञ्चले बर्सेनी फागुनको पहिलो शनिबार सो प्रतियोगिता आयोजना गर्दैआएको छ । प्रतियोगितामा भाग लिन देशका विभिन्न ठाउँबाट धावक आउने गर्छन् । केही वर्षयता विदेशी धावक सहभागी बन्न थालेपछि यसको महत्व चुलिँदै गएको छ ।

हिमशृङ्खला, हरियाली पहाड, तालतलैयाजस्ता प्राकृतिक छटालाई नियाल्न खेलाडी दौडमा सहभागी बन्ने गरेका छन् । प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरालाई विश्वसामु दौडको सहरका रुपमा चिनाउन म्याराथन आयोजना गर्दै आएको भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुली बताउनुहुन्छ ।

“पोखरालाई खेलकुदको माध्यमबाट विश्व मानचित्रमा स्थापित गर्न म्याराथन दौड आयोजना गर्दैआएका छौँ”, उहाँले भन्नुभयो । प्रतियोगिता १६औँ संस्करणसम्म आइपुगेको छ ।

यसपटक विजेताले रु चार लाख पुरस्कार प्राप्त गर्नेछन् । यो गत वर्षको तुलनामा दोब्बर हो । प्रतियोगितालाई सुजल डेरीको मुख्य उत्पादन सफल दूधले मुख्य प्रायोजन गरेको छ । प्रतियोगितामा दोस्रो हुनेलाई रु दुई लाख, तेस्रोले रु एक लाख तथा सान्त्वनातर्फ रु ३० हजार पुरस्कारको व्यवस्था छ ।

शनिबार पोखरा रङ्गशालामा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रतियोगिताको शुभारम्भ गर्नुहुने छ । पृथ्वीचोक, मुस्ताङचोक, विरौटा, छोरेपाटन भइ पुनः विरौटा हुँदै राष्ट्र बैंक चोक, लेकसाइड, डिहिको पाटन, सभागृह चोक, नयाँ सडक, हरिचोक, केआइसिंह पुल, नारायणस्थान, फूलबारी, पुरानोधारा, चाउथे, बलभद्र मावि, रामबजार भएर रङ्गशालामा आएर दौड समापन हुने मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रतियोगितामा १७ जिल्ला, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी १४८ तथा भारत, केन्या, फ्रान्स, ओमन, आयरल्याण्ड र अमेरिकाका गरी १४ धावक सहभागी हुने बताइएको छ ।

महिला हाफ म्याराथनमा ३९ खेलाडी सहभागी हुने तिमिल्सिनाले बताउनुभयो । प्रथमलाई रु एक लाख, द्वितीयलाई रु ७५ हजार, तृतीयलाई रु ५० हजार र सान्त्वनातर्फ रु १५ हजारको व्यवस्था छ ।

म्याराथनको कूल पुरस्कार राशि रु १२ लाख ६ हजार छ । गत वर्ष सो राशि रु आठ लाख दुई हजार थियो । पोखरेली मञ्च बेलायतका अध्यक्ष मनप्रसाद गुरुङसहितको टोलीले प्रतियोगिताका लागि सङ्कलन गरिएको रु पाँच लाखको चेक मञ्चका अध्यक्ष पराजुलीलाई हस्तान्तरण गर्नुभयो । प्रतियोगिताको विजेतालाई बेलायतको म्याराथनमा सहभागी गराइने गुरुङ बताउनुहुन्छ ।

विसं २०५८ मा स्थापना भएको मञ्चले आयोजना गरेको म्याराथन प्रतियोगितालाई गण्डकी प्रदेश सरकार, प्रदेश युवा तथा खेलकुद मन्त्रालय, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, प्रदेश खेलकुद परिषद्, कृषि विकास बैंक, नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद्लगायत सङ्घसंस्था र व्यक्तिको सहयोग गरेका छन् ।

प्रतियोगितालाई सफल पार्न कीर्तिमानी धावक वैकुण्ठ मानन्धर र हरिबहादुर रोकाया, एभरेष्ट म्याराथनका संस्थापक विक्रम पाँडे काजी, अभिनेत्री करिष्मा मानन्धर, गायिका सुनिता दुलाल, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, ओलम्पियन नारायण गुरुङलगायतका व्यक्तित्व पोखरा आइपुग्नुुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
09 Nov · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 09 Nov 2024 00:55 UTC
Latest change: 08 Nov 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
135.01
Indian Rupee 
Indian Rupee
84.34
US Dollar 
US Dollar
1
Euro 
Euro
0.93
British Pound 
British Pound
0.77
Australian Dollar 
Australian Dollar
1.51
Japanese Yen 
Japanese Yen
152.21
US Dollar 
US Dollar
1
09 Nov · FX SourceRastra 
Nepal Rastra bank
Check: 09 Nov 2024 00:55 UTC
Latest change: 08 Nov 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀