काँग्रेस नेता तथा गण्डकी प्रदेशसभा सदस्य दवाडीद्वारा सरकारी सुविधा बापतको पारिश्रमिक सामाजिक कार्यमा खर्च

काँग्रेस नेता तथा गण्डकी प्रदेशसभा सदस्य दवाडीद्वारा सरकारी सुविधा बापतको पारिश्रमिक सामाजिक कार्यमा खर्च

dawadi

कास्की, ११ माघ (रासस) । गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले आफूले प्राप्त गरेको तलबभत्तालगायतको सरकारी सुविधा बापतको पारिश्रमिक सामाजिक कार्यमा खर्च गर्नुभएको छ ।

विसं २०७४ मा नेपाली कांग्रेस पार्टीका तर्फबाट गोरखा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र नं ९ख० बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि सरकारबाट प्राप्त हुने सबै सुविधाबापतको रकम सामाजिक क्षेत्रमा खर्च गर्नुभएको छ ।

प्रदेशसभा सदस्य दवाडीले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी गत वर्ष पुसदेखि हालसम्म प्रदेशसभा सदस्यलाई सरकारबाट तलबभत्ता बापत प्राप्त भएको रु सात लाख ८२ हजार ३५६ र व्यक्तिगत रु पाँच लाख ८१ हजार ४३५ गरी कूल रु १३ लाख ६३ हजार ८०० गोरखाका विभिन्न सङ्घ संस्था तथा व्यक्तिलाई औषधि खरिद र बिरामीको उपचार सहायतामा खर्च गरेको जानकारी दिनुभयो ।

नेपाली कांग्रेस संसदीय दलका प्रवक्ता दवाडीले यसवर्ष विशेषगरी कोभिड नियन्त्रणका लागि गाउँका स्वास्थ्यचौकीमा स्वास्थ्य उपकरण र औषधि खरिद र सहयोगमा सुविधाको रकम खर्च भएको बताउनुभयो ।

कोरोनाका समयमा आफैँले औषधि किनेर स्वास्थ्यचौकीलाई वितरण गर्नेदेखि लकडाउनका समयमा वृद्धवृद्धालाई आवश्यकपर्ने औषधि बोकेर घर–घरमा पुगेर वितरण गरेको उहाँले जानकारीदिनुभयो । उहाँले भन्नुभयो,“नागरिकको स्वास्थ्यको ग्यारेण्टी सरकारको मुख्य दायित्व हो । यससँगै सांसद र सचेत नागरिकको पनि उत्तिकै भूमिका आवश्यक छ, भनेर सहयोग गरेको हुँ ।”

प्रदेशसभा सदस्य दवाडीले विभिन्न बिरामीको उपचारका लागि अस्पतालमै पुगेरसमेत सहयोग गर्नुभएको थियो । प्रदेशसभामा निर्वाचित भएलगत्तै सरकारी सुविधाबापतको रकम निर्वाचन क्षेत्रका जनताको हित र सामाजिक कार्यमा खर्चिने प्रतिबद्धता उहाँले जनाउनुभएको थियो ।

उहाँले हरेक वर्ष कार्यक्रम गरेर आफ्नो खर्च सार्वजनिक गर्दै आउनुभएको छ । यस वर्ष प्रदेशसभा सदस्य दवाडीले विभिन्न मितिमा गोरखाका विभिन्न सङ्घ संस्था तथा व्यक्ति, स्वास्थ्यचौकी गरी ३१ संस्थालाई सहयोग गर्नुभएको छ ।

कोरोना औषधि खरिद, विद्यालयमा शैक्षिक सामग्री खरिद, क्यान्सर रोगका बिरामीको उपचार, अक्षयकोष तथा छात्रवृत्ति, आमा समूह भवन, आमा समूहलाई फर्निचर खरिद, किसानको घर निर्माण लगायतमा न्यूनतम रु पाँच हजारदेखि अधिकतम रु तीन लाख २० हजार सहयोग गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
20 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 19 Sep 2024 20:30 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.9down
Indian Rupee 
Indian Rupee
83.65down
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.47down
Japanese Yen 
Japanese Yen
143.13up
US Dollar 
US Dollar
1
20 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 19 Sep 2024 20:30 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀