पोखरा, २९ पुष । नेशनल प्याव्सन कास्कीले विविध कार्यक्रमको आयोजन गरी २४ औ स्थापना दिवस मनाएको छ ।
आफ्नो स्थापना दिवसको अवसर पारेर शिक्षाविद्, कर्मचारी विदाइ तथा एन प्याव्सन कास्की अन्तर्गतका ४ विद्यालयललाई सम्मान गरेको एन प्याव्सन कास्कीका प्रथम उपाध्यक्ष शिवदत्त तिवारीले जानकारी दिनुभयो ।
कार्यक्रममा कास्कीमा पहिलो संस्थागत विद्यालय स्थापना गरी शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका शिक्षाविद् विकल शेरचनलाई दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरिएको थियो ।
त्यसैगरी एन प्याव्सन कास्कीमा विगत ८ वर्ष देखि निरन्तर कार्यालय सचिवको रुपमा काम गरेका कार्यालय सचिवलाई बिदाईसगै सम्मान पत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
एन प्याव्सनमा आवद्ध विद्यालय हिल साइड इङ्लीस स्कूल, होली माउण्ट इङ्लीस स्कूल, शान्ति बाटिका इङ्लीस स्कूल र इम्मानुएल स्कूललाई सम्मान गरिएको थियो ।
हिल साइडको संस्थापक प्रिन्सिपल लिला प्रसाद पराजुली, होली माउण्टका संस्थापक प्रिन्सिपल चोलाकान्त न्यौपाने, शान्ति बाटिका संस्थापक प्रिन्सिपल पृत्तीराज अधिकारी, इम्मानुएलका संस्थापक प्रिन्सिपल एमवि कार्कीलाई सम्मान पत्र र दोसल्ला ओढाई सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय परीक्षा वोर्ड परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेशका प्रमुख विष्णु नारयण श्रेष्ठले संस्थागत विद्यालयको योगदानलाई सम्मान गर्नुपर्ने बताउनुभयो ।
शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख नारायणप्रसाद सुवेदीले संस्थागत विद्यालयको पेशा र सेवा दुवै जोडिने भएकोले संस्थागत विद्यालयका सञ्चालकले लगानीको चिन्ता लिनु नपर्ने बताए ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्य विकासका निम्ती हुने द्धन्द्धलाई नेगेटिभ रुपमा लिन नहुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा एन प्याव्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र मोहन भट्टराई, गण्डकी प्रदेश अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष याम खड्का, केन्द्रीय सदस्य राम थापा, केन्द्रीय सदस्य रामबहादुर मोची, शिक्षाविद् विकल शेरचन, हिसान कास्कीका अध्यक्ष याम रोक्का प्याव्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेलले बोल्नुभएको थियो ।
एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष केशवशरण पौडेलले स्वागत र सचिव मनकाजी गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं