तरकारीको मूल्य बढ्दा उपभोक्ता मर्कामा

तरकारीको मूल्य बढ्दा उपभोक्ता मर्कामा

vegetables

कञ्चनपुर, १६ कात्तिक (रासस) । चाडपर्वको मुखमा कञ्चनपुरमा तरकारीको मूल्य बढ्दा उपभोक्ता मारमा परेका छन् ।

वर्षापछि तरकारीको मूल्य तेब्बर बढेको छ । तरकारीको मूल्य एक सातामा २० देखि ८० प्रतिशतसम्म बढेको छ ।

तरकारीको मूल्य ह्वात्तै बढ्दा सबैभन्दा बढी मारमा दैनिक मजदुरी गरेर जीविका चलाउने परेका छन् । बाढीका कारण किसानले लगाएको तरकारी बगाएको र डुबानमा परेर नोक्सान भएपछि मूल्यमा वृद्धि भएको व्यवसायीको भनाइ छ ।

“वर्षाको पानीले निम्त्याएको विनाशका कारण तरकारी बजारसम्म पुग्न सकेकोे छैन”, कञ्चनपुर मण्डी व्यवसायी सङ्घका अध्यक्ष विशाल सोनारले भन्नुभयो, “किसानका खेतबारीमा वर्षाले केही बाँकी राखेन । तरकारीको अभाव भएसँगै मूल्य आकाशिएको छ । माग धेरै छ, आपूर्ति थोरै छ । त्यसैले मूल्यवृद्धि भएको छ ।”

तरकारीको स्थानीय उत्पादन पर्याप्त हुँदा मूल्य थोरै हुने गरेको थियो । नब्बे प्रतिशत तरकारी वर्षाले बर्बाद पारेपछि उपभोक्ताको माग धान्नै गाह्रो रहेको उहाँले बताउनुभयो ।

“केही तरकारी पहाडी जिल्लाबाट निर्यात भएर आउथ्यो । केही स्थानीय उत्पादन हुन्थ्यो र केही तरकारी भारतबाट आउने गरेको थियो”, उहाँले भन्नुभयो, “त्यसैले मूल्य थोरै हुन्थ्यो । हाल भारतीय तरकारीले मात्रै यहाँको बजार धान्दै आएको छ ।”

हाल ८० प्रतिशत तरकारी भारतबाट तथा १५ प्रतिशत तरकारी पहाडी जिल्लाबाट आयात हुने गरेको छ । पाँच प्रतिशत तरकारीमात्रै स्थानीय किसानले उत्पादन गरेको बजारमा पुग्ने गरेको छ ।

विगतका वर्षमा ८० प्रतिशत तरकारी स्थानीयस्तरमा उत्पादन हुने गरेको थियो । बीस प्रतिशत तरकारीमात्रै बाह्य क्षेत्रबाट आयात हुने गरेको थियो ।

भन्सार छलेर तरकारी भारतबाट बजारमा आउन थालेकाले मनोमानीरूपमा मूल्यमा वृद्धि गरिँदा तरकारीको मूल्यवृद्धि भएको हो । भारतबाट हाल दैनिक पाँचदेखि ६ ट्रक तरकारी आयात हुन्छ । बजारमा भित्रिनेमध्ये आधा तरकारी भन्सार छलेर ल्याइने गरिएको छ ।

पहाडी क्षेत्रबाट आउने गरेको तरकारी बिचौलियाका कारण मूल्यवृद्धि भएको व्यवसायी बताउँछन् । हाल बजारमा रु ३० प्रतिकिलोका दरले बिक्री हुने सेतो आलु रु ५०, रु ३५ मा बिक्री हुने रातो आलु रु ६०, रु ६० मा बिक्री हुँदै आएको पहाडी आलु रु ८० मा बिक्री भइरहेको छ ।

यसैगरी रु ८० मा बिक्री हँुदै आएको प्याज रु १०० देखि रु १२०, गोलभेँडा ठूलो रु ८० बाट रु १२०, फर्सी रु ६० बाट रु १००, लौका रु ५० बाट रु ९०, बोडी रु ६० बाट रु १२० तथा काउली रु ६० बाट रु ९० प्रतिकिलोका दरले बिक्री भइरहेको छ ।

भण्टा रु ६० बाट रु १२०, सिसला मिर्च रु १२० बाट रु २००, काँक्रा रु ६० बाट रु १००, हरियो तरकारी रु ५० बाट रु १२०, सिमी रु ८० बाट रु १६०, तितेकरेला रु ६० बाट रु १४० र खुर्सानी रु ८० बाट रु १३० प्रतिकिलोका दरले बिक्री भइरहेको छ ।

स्थानीय प्रशासनले तरकारी बजारको हालसम्म अनुगमन गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
19 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 19 Sep 2024 00:05 UTC
Latest change: 18 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.01
Indian Rupee 
Indian Rupee
83.71
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.47
Japanese Yen 
Japanese Yen
141.66
US Dollar 
US Dollar
1
19 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 19 Sep 2024 00:05 UTC
Latest change: 18 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀