Tramadol Purchase Online

दसैँलाई कोसेली भाँगो र डल्ले खुर्सानी

दसैँलाई कोसेली भाँगो र डल्ले खुर्सानी

dashain 1

go to site बलेवा, २३ असोज (रासस) ः रोजगारिका लागि आएका दोलखाका कवि न्यौपाने दसैँ मान्न यो वर्ष काठमाडौँ जाँदै हुनुहुन्छ । सिवाइसी बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृतसमेत रहनुभएका न्यौपानेले दसैँ मान्न घर जानेबेला बाबुलाई सोध्नुभयो, “कोसेली के ल्याउँ बुबा ?” न्यौपानको प्रश्नमा बाबुको जवाफ आयो, “शालिग्राम पाइन्छ भने ल्याउनु, भाँगो र डल्ले खुसार्नी नभुल्नु है ।”

source url बागलुङमा उत्पादन हुने भाँगोको अचार खाएका जोकोहीले कोसेलीमा भाँगोकै आशा गर्छन् । परिवारकै सल्लाहअनुसार कविले एक वर्षका लागि पुग्ने भाँगो खरिद गरेर झोलामा राखेको बताउनुभयो । झोला भरिने गरी भाँगो र खुर्सानी कविले राख्नुभएको छ ।

source url “बुबाको इच्छानुसारको शालिग्राम खोज्न त भ्याइन तर कोसेलीमा भाँगो र डल्ले खुसार्नी लैजाँदै छु”, न्यौपानले भन्नुभयो, “यहाँको लोकल केरा पनि हामीले लैजान योग्य छ । काठमाडौँमा लोकल केरा देख्नै पाइँदैन ।”

उहाँले बागलुङको ताराखोला र ढोरपाटनमा फलेको आलु पनि कोसेली हुनसक्ने बताउनुभयो । “हाम्रो घरमा दोलखाको आलु आउने भएकाले मैले नलाने भएँ, तर यहाँको अर्गानिक आलु कोसेली गज्जब हुन्छ”, उहाँले भन्नुभयोे, “डल्ले खुसार्नी अन्तको पनि खाएको छु, तर यहाँको स्वाद बिर्सिन नसक्नु भएर तीन किलो हिँडाए ।”

चार दिनको कामका लागि बागलुङ आउनुभएका चितवनका प्रेमनाथ वाग्लेलाई परिवारले घरबाट निस्कने बेला बागलुङको भाँगो ल्याउनु भनेका थिए । शनिबार काम सकेर घर फर्किंदै गर्नुभएका वाग्लेले पनि कोसेलीमा भाँगो र स्थानीय जातको केरा तयार पारेको बताउनुभयो ।

“अरु त यहाँको अर्गानिक जे पाइन्छ त्यही लैजाने हो, दसैँको बेला छ भाँगो र केरा त तयार गरिसकेँ”, उहाँले भन्नुभयो । केन्द्रीय बचत तथा ऋण सहकारी सङ्घका वरिष्ठ कार्यक्रम अधिकृत वाग्ले बेलाबेलामा बागलुङ आउँदा कोसेलीमा भाँगो लैजान छुटाउनुहुन्न । आलु र खुसार्नी पनि वाग्लेको झोलामा प्याक भइसके ।

“यहाँ आएर फर्किंदा बागलुङमै फलेको खानेकुरा कोसेली आओस् भन्ने परिवारको आश हुन्छ, बजारमा सजिलै पाइने वस्तु नै हामीले लाने हो”, वाग्लले भन्नुभयो । मुस्ताङको सिमीको दाल पनि बागलुङबाट बाहिरिनेको कोसेली हुने गरेको छ ।

सीप विकास तालिम केन्द्र पर्वतमा काम गर्ने बीना शर्मा दसैँ मान्न काठमाडाँै जाँदै हुनुहुन्छ । वर्षमा एकपटक घर जाँदा शर्माले कोसेली लैजाने भाँगो बागलुङबाट पर्वत मगाउनुभएको छ । उहाँले ताराखोले आलु र मुस्ताङको स्याउ कोसेलीमा लैजाँदै हुनुहुन्छ ।

दसैँ सुरु भएयता बागलुङ बजारमा भाँगो, केरा, आलु र खुसार्नी खोज्ने धेरै देखिन थालेका छन् । “पहिलेभन्दा बढी भाँगोको खोजी भइरहेको छ मेरो पसलमा राखेको दुई बोरा भाँगो सकियो, ताराखोलाको आलु त पु¥याउनै सकिएन्”, आचार्य किरानाका सञ्चालक टंक आचार्यले भन्नुभयो, “जिल्ला बाहिर जाने धेरैले गाउँमा फलेको के छ भनेर सोध्छन् ।”

बागलुङ बजारमा भाँगो प्रतिकिलो ४०० रुपैयाँमा बिक्री भइरहेको छ । स्थानीय जातको केरा १२० रुपैयाँ दर्जन, हरियो डल्ले खुसार्नी १०० रुपैयाँ किलो र ताराखोला, ढोरपाटनको आलु ७५ देखि १०० रुपैयाँसम्म पर्ने गरेको छ ।

बागलुङमा यी उत्पादनको लेबल भने बनेको छैन । त्यसैले उपभोक्ताले खुलारुपमै लैजाने गरेका छन् । जाने बुझेकाले खुला लैजान मन पराए पनि सबैलाइ चिनाउन भने प्याकिङ आर्कषक चाहिने बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले बताउनुभयो ।

“हामीले पनि चासो राखेकै छौँ, तर आकर्षक प्याक र लेबलका लागि घरेलुलगायतका संस्थाले तालिम दिनसके राम्रो हुन्थ्यो”, उहाँले भन्नुभयो । लेबल बनाएमा किसानले उत्पादन गरेका सामान मूल्य अझै बढाएर बेच्नसक्ने उहाँको भनाइ छ । मूल्यमा एकरुपता र बागलुङको चिनारी आवश्यक रहेको उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र श्रेष्ठले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Currency Converter
€0.91
08 Apr · Rastra · USD/EUR
source Nepal Rastra bank
see url Check: 08 Apr 2025 00:30 UTC
https://audiopronews.com/headlines/qrliih2 Latest change: 07 Apr 2025 18:19 UTC
https://reggaeportugal.com/d9frzcsk9a API: CurrencyRate
source site Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
⚡You can install this WP plugin on your website from the WordPress official website: source link Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
137.34
Indian Rupee 
Indian Rupee
85.79
US Dollar 
US Dollar
1
Euro 
Euro
0.91
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.65
Japanese Yen 
Japanese Yen
146.34
US Dollar 
US Dollar
1
08 Apr · FX SourceRastra 
follow link Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
⚡You can install this WP plugin on your website from the WordPress official website: follow link Exchange Rates🚀