मङ्गलबारे, १७ असोज (रासस) । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका धोबिधारा नजिकै सडक भत्किएपछि यातायात अवरुद्ध भएको छ ।
इलाम बजार नजिकै पहिरो गएर सडक अवरुद्ध भएपछि वैकल्पिक सडक प्रयोगमा ल्याइने भएको छ । शनिबार बिहान सडकको ८५ प्रतिशतभन्दा बढी भाग पहिराले लगेपछि सवारी सञ्चालन हुनसकेका छैनन् ।
तत्काल सो राजमार्ग मर्मत, सुधार गर्न नसकिने भएपछि डाइभर्सन गरी सवारी पास गराइने भएको हो । भत्किएको सडक चाँडो सञ्चालन गर्न÷गराउन सडक डिभिजन कार्यालय इलामलाई अनुरोध गरिएको इलाम नगरपालिकाले जनाएको छ ।
भानुपथबाट चोकबजारतर्फ आउने साना गाडीलाई एकतर्फी सवारी नियम लगाई शान्तिचोक ग्रिनभ्याली हुँदै राजमार्ग पठाउने र भानुपथबाट चोकबजार्रतर्फ आउने साना सवारीलाई एकतर्फी सवारी नियम लगाई शान्तिचोक मालापथ आदर्श मावि हुँदै राजमार्ग पठाइने भएको छ ।
त्यस्तै धोवीधारातर्फबाट इलाम बजार आउने साना सवारीलाई नेपाल बैंकको मोडबाट वन कार्यालय, चियाबारी क्याम्पस हुँदै टुँडिखेलतर्फ पठाउने नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाहले जानकारी दिनुभयो ।
उहाँका अनुसार धोवीधारातर्फबाट इलामबजार ट्याक्सीस्टेण्ड आउने साना भ्यानलाई नेपाल बैंकको मोडबाट वन कार्यालय, चियाबारी डाँफे गेस्टहाउस, ग्रिनभ्यू गेस्टहाउस नवीनचोक हुँदै ट्याक्सीस्टेण्डमा पठाइने नगरपालिकाले जनाएको छ ।
यस्तै हेभी गाडीलाई राजमार्ग सञ्चालन नहुन्जेलसम्म उल्लेखित बाटोमा परिचालन गर्न रोक्ने र अन्य हेभी सवारीलाई सम्भव भएसम्म रातको समयमा महानन्दचोकबाट इलामबजार हुँदै धोवीधारासम्मको बाटो प्रयोग गर्न ट्राफिक प्रहरीमार्फत फिक्कल, बिर्तामोड, फिदिम ताप्लेजुङसम्मका हेभी सवारी चालकलाई अनुरोध गरिने छ ।पहिराले सडक भत्किएपछि इलाम बजार क्षेत्रका केही घरसमेत जोखिममा परेका छन् ।
भर्खरै
विमान दुर्घटनाका साक्षी भन्छन्, कान्लामा नठोक्किएको भए जहाज सिधै बस्तीमा पस्ने थियो
बजेटबारे सांसदको चर्को असन्तुष्टि
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक नियुक्त
पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षाको सुनिश्चितता
कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु
शक्ति राष्ट्रबीचको टकराव साना मुलुकको चुनौती : प्रधानसेनापति शर्मा
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं