कोपिला नेपालको अध्यक्षमा प्रेम

कोपिला नेपालको अध्यक्षमा प्रेम

kopila nepal

पोखरा, २ असोज । कोपिला नेपाल कास्कीको २१ औं वार्षिक साधराण सभा तथा ११ औं अधिवेशनले प्रेम बहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा लक्ष्मी शाही, महासचिवमा रमा पौडेल घिमिरे, सचिवमा अनिषा नेपाली, कोषाध्यक्षमा राजेन्द्र कोइराला तथा सदस्यहरुमा मुना सिलवाल, सावित्री भट्टराई, तेजनारायण पराजुली र शोभा पौडेल चयन हुनुभएको छ ।

अधिवेशनमा महासचिव विना सिलवालको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष राजेन्द्र कोइरालाको आर्थिक प्रगति प्रतिवेदन सभाले पास गरेको थियो ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले मानवीय विकास र संवेदनालाई समट्ने खालका कार्यक्रम अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

‘हामीले विकास भनेकै बाटोघाटो पुल मात्रै भनेर पढ्यौ, पढायौं र सिकायौ’ उहाँले भन्नुभयो,‘ महिला, जेष्ठ, बालबालिका तर्फको खर्च अनुत्पादक भन्यौं यो नै गलत छ । अब हामीले यस क्षेत्र तर्फ व्यापक कार्यक्रम ल्याउन जरुरी छ ।’

कार्यक्रममा गण्डकी प्रदेश शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका उपसचिव गंगा बहादुर क्षेत्रीले कोपिला नेपाल र गण्डकी प्रदेश सरकारले हिंसा पिडितलाई सुरक्षित स्थानमा राख्ने र पुर्नस्थापित गर्ने काममा सहकार्य गरेर अगाडि बढेको बताउनुभयो ।

कार्यक्रममा पोखरा महानगर पालिकाका प्रवक्ता तथा वडा नंं. ५ का वडाध्यक्ष धनबहादुर नेपाली, वडा नं. ६ का वडाध्यक्ष जगत पहारी, नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारी, जिल्ला प्रहरी कार्यलय कास्की महिला सेलकी समिक्षा थापा, नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सूर्य प्रसाद ढकाल, गैसस महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष गोपाल खड्का, शान्तिका लागि नगारिक समाजको सञ्जालका संयोजक विष्णु वराल, इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेल, राष्ट्रिय मानव अधिकार आयोगका मानवअधिकार अधिकृत टंक खनाल, महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीकी अध्यक्ष इन्द्रा शर्मा, गैसस महासंघ कास्कीका सचिव वुद्धि बहादुर थापा, कोपिला नेपालका संस्थापक प्रकाशराज वाग्लेले बोल्नुभएको थियो ।

कोपिला नेपालका अध्यक्ष प्रेम बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मी शाहीले स्वागत र सचिव अनिषा नेपाली सञ्चालन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
20 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 20 Sep 2024 00:35 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.9
Indian Rupee 
Indian Rupee
83.65
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.47
Japanese Yen 
Japanese Yen
143.13
US Dollar 
US Dollar
1
20 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 20 Sep 2024 00:35 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀