पोखरा, ८ भदौं । लायन्स क्लब अफ पोखरा राइजिङ स्टारको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रक्तदान कार्यक्रममा ५७ युनिट रगत संकलन भएको छ । कार्यक्रममा बोल्दै एसिस्टेन्ट को चिफ एड्भाइजर तथा गण्डकीका रक्तदान प्रमुख महेश पौडेलले क्लबले रक्तदान कार्यक्रम गरेर उदाहरणीय कार्य गरेको बताउनुभयो ।
क्लबका अध्यक्ष टंक ढकालको अध्यक्षतामा भएको कार्यक्रममा क्लस्टर ११ का क्लस्टर प्रमुख ठाकुरप्रसाद अधिकारी, क्लबका पूर्व अध्यक्ष तथा एलसिआइएफ कोअर्डिनेटर लेखनाथ पौडेल, रिजन २३ का रिजन चेयरपर्सन प्रकाशसिंह भण्डारी, क्लबका संस्थापक अध्यक्ष तथा जोन चेयरपर्सन विष्णुप्रसाद सुवेदी, निर्वतमान अध्यक्ष तथा डिष्ट्रिक कमिटि चेयरपर्सन चोकबहादुर गुरुङ, नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञावली, कार्यक्रम संयोजक रामचन्द्र पौडेल, सचिव थममसिंह गुरुङले बोल्नुभएको थियो ।
यसैगरी लायन्स क्लब अफ पोखरा हेमजाले अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । क्लबमा नयाँ सदस्य थप गर्ने उद्देश्यले अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो ।
अभिमुखिकरण कार्यक्रममा विभिन्न पेशा व्यवसायमा आवद्ध १२ जना नयाँ सदस्यको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै जिएमटि कोअर्डिनेटर बालकृष्ण शर्माले समाजसेवामा लायन्स क्लब अग्रस्थानमा रहेको बताउनुभयो।
लायन्स क्लब अफ पोखरा हेमजाका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा एलसिआइएफ कोअर्डिनेटर मोतिराज तिमिल्सिना, रिजन चेयर पर्सन जिवन गोर्खाली, जोन चेयर पर्सन केशवशरण पौडेल, पूर्व अध्यक्ष राजेन्द्रबहादुर सापकोटा, सचिव सन्तमान श्रेष्ठले बोल्नुभएको थियो ।
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं