कास्की, २८ साउन रासस० ।गण्डकी प्रदेश खेलकूद परिषद्का उपाध्यक्षमा जिल्ला बाँस्केटबल सङ्घका अध्यक्षसमेत रहनुभएका ध्वजकुमार गुरुङ नियुक्त हुनुभएको छ ।
प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले उहाँलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहनुभएका भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले जानकारी दिनुभयो ।
स्याङजाको वालिङ नगरपालिका– १२ सिर्सेकोट कोखे घर भई उहाँ हाल पोखरा–१० मा बसोबास गर्दै आउनुभएको छ ।
यसअघि उपाध्यक्षमा नियुक्त नारायण पुन परिषद्को बैठकमा उपस्थित नभएका कारण गत साउन १३ गते ७ दिने सार्वजनिक सूचना जारी गरिएकामा सम्पर्कमा नआएको र स्पष्टीकरणको जवाफ नआएकाले उहाँलाई पदमुक्त गरी रिक्त पदमा गुरुङलाई नियुक्त गरिएको छ ।
नेपाल राष्ट्रिय ह्याण्डबल टोलीका सदस्यसमेत रहनुभएका गुरुङ पश्चिमाञ्चलको ह्याण्डबल टोलीको कप्तानीसमेत सम्हाल्नुभएको थियो । उहाँका कप्तानीमा पाँचौं राष्ट्रिय खेलकूदमा पश्चिमाञ्चलले पुरुषतर्फ स्वर्ण पदक जितेको थियो ।
यसैगरी मन्त्रिपरिषद्को बैठकले नवलपुरको मुकुन्दपुर–आहाले–रतनपुर–कोटथर डाँडाझेरी हुँदै बुलिङटार सडकलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने निर्णय गर्दै वन क्षेत्रको चार दशमलव छ हेक्टर जग्गा प्राप्ति तथा रुख कटानका लागि सङ्घ सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरसको रोकथाम नियन्त्रणका लागि अस्थायी दरबन्दीमा काम गर्दै आएका ४४४ जनाको दरबन्दी असार मसान्तमा सकिएकामा यही साउन १ देखि असोज मसान्तसम्म थप गर्ने निर्णय गरेको मन्त्री खड्काले जानकारी दिनुभयो ।
भर्खरै
इटहरी गोल्डकप : त्रिभुवन आर्मी फाइनलमा
खेल क्षेत्रमा राजनीतिकरण बन्द गरौँ : खेलकुदमन्त्री श्रेष्ठ
बेगनास तालमा राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता सुुरु
आइसिसी अध्यक्ष नेपालमा : क्रिकेट विकासमा सहयोग गर्ने प्रतिबद्धता
चौध वर्षपछि एनआरटीले जित्यो बुढासुब्बा गोल्डकप उपाधि
बुढासुब्बा गोल्डकप : मोरङ फाइनलमा
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं