कोभिड पीडितका सेवामा जुटेका उदाहरणीय युवा

कोभिड पीडितका सेवामा जुटेका उदाहरणीय युवा

SR_Rampur-rampur aspatal covid biramilai khana

रामपुर अस्पतालमा उपचाररत बिरामीलाई खाना लिएर जाने तयारी गर्दै युवा । रामपुर युवा क्लबले अस्पतालमा उपचाररत कोभिडका बिरामी, उनीहरुका कुरुवा, उपचारमा संलग्न स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई दैनिक बिहान बेलुका निःशुल्क खाना खुवाउँदै आएका छन । तस्बिर ः सुशीला रेग्मी÷रासस

सुशीला रेग्मी

रामपुर (पाल्पा), १० साउन (रासस) । रामपुर अस्पतालको आइसोलेशनका श्ययामा बिरामीे छटपटाइरहेका छन् । बाहिर बिरामीका आफन्त खानाका खोजीमा भौतारिँदै छन् । आफन्तले बिरामीलाई खाना जुटाउन सकेनन् । यो दृश्यलाई नियाल्दै थिए रामपुरका युवा सुन्दर कँडेल ।

उहाँ अस्पतालमा कोभिडका बिरामीलाई आइसोलेशनमा राखेर उपचार शुरु गर्न थालेको खबर सुनेपछि त्यहाँको अवस्था बुझ्न अस्पताल परिसरमा पुग्नुभएको थियो । केहीबेर अस्पताल परिसरमा बसेर त्यहाँको दृश्य नियाल्दै जाँदा बिरामीका आफन्त खानाका खोजीमा नजिकैका होटलमा पसे । व्यवसायीले कोभिडका बिरामीलाई खाना खुवाउन भने चासो देखाएनन् ।

उहाँ बिरामीका निम्ति केही सहयोग गर्ने मनसायले रामपुर युवा क्लबमार्फत बिहान साँझ खाना खुवाउने अभियानमा युवालाई हातेमालो गर्दै अग्रसर भएर जुट्नुभयो । क्लबका युवा मिलेर केही रकम आफैँबाट सङ्कलन गरी अस्पतालमा उपचाररत कोभिडका बिरामी, कुरुवा, उपचारमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई दैनिक बिहान साँझ खाना खुवाउने अभियान थालियो ।

गत वैशाख अन्तिम साता सो अस्पतालमा आइसोलेशन सञ्चालनमा आएको थियो भने यसकोे दुई दिनपछि वैशाख ३० गतेदेखि दैनिक क्लबले निःशुल्क खाना खुवाउने अभियान शुरु गरेको हो । यो अभियान अहिले पनि निरन्तर चलिरहेको छ ।

अस्पताल आसपासमा रहेका होटल व्यवसायीले आफूहरूमा सङ्क्रमण सर्ने डरले खाना खुवाउन अस्वीकार गरेको देखेपछि सो समस्यालाई मध्यनजर गर्दै निःशुल्क खाना खुवाउने अभियान शुरु गरिएको कँडेलले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “पैसा तिरेर खान्छुभन्दा पनि खाना खाने ठाउँ छैन बिरामीलाई, यस्तो अवस्था देखेपछि क्लबका युवाले केही रकम उठाएर हामी आफैँबाट खाना खुवाउने अभियान सुरुवात ग¥यौँ ।”

टाढाका बिरामीलाई घरबाटै खाना पकाएर अस्पतालसम्म ल्याउन अप्ठ्यारो स्थिति थियो भने अर्कोतर्फ होटलले पनि खाना खुवाउन नमानेको बिरामीका आफन्तले गुनासो पोखेपछि हामी आफैँले खाना बनाएर अस्पतालमा पु¥याउने गरिदिएको रामपुर युवा क्लबका अध्यक्ष छमबहादुर दरैले जानकारी दिनुभयो ।

अभियानलाई देश तथा विदेशमा रहेका विभिन्न व्यक्ति, सङ्घसंस्थाबाट सहयोग रकम प्राप्त भइरहेको उहाँले बताउनुभयो । हालसम्म करीब तीन लाख बढी रकम सहयोग जुटेको छ । सात जनाबाट खाना खुवाउन शुरु गरेको क्लबले एक दिनमा ३२ जनासम्मलाई खाना खुवाएको तथ्याङ्क छ ।

ट्राभल डेन्टिस्टरी नेपाल एवं होराइजन डेण्टल क्लिनिक रामपुरले खाना बनाउने तथा विभिन्न सहयोगको व्यवस्थापन मिलाएको छ । गाउँगाउँमा दोस्रो चरणअन्तर्गत कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जान थालेपछि २०७८ वैशाख १७ गतेदेखि जिल्ला प्रशासन कार्यालय पाल्पाले निषेधाज्ञा जारी गरेपछि सवारी साधन सञ्चालनमा रोक लगाइयो ।

अस्पतालदेखि टाढाका बिरामीलाई दैनिक बिहान साँझ घरबाटै खाना ल्याएर खुवाउन सम्भव थिएन । यस्तो परिस्थितिमा युवाले सामाजिक भावनाका साथ थालनी गरेको यो कार्य नमूना रहेको र बिरामीलाई पनि कोरोनासँगको लडाई लड्न ठूलो हौसला प्रदान गरेको समाजसेवी लेखनाथ शर्मा मरासिनीले बताउनुभयो ।

पूर्वखोला गाउँपालिका– १ सिलुवाका गणेश विक कोभिडबाट निको भएपछि अहिले तङ्गँ्रदै हुनुहुन्छ । आठार दिनसम्म अस्पतालको आइसोलेशन कक्षमा बसेका दुवै आँखा नदेख्ने उहाँ दिन प्रतिदिन हृष्टपुष्ट हुँदै जानुभएको छ । स्वास्थ्यकर्मीले गर्ने मित्रवत् व्यवहार, उपचारमा विशेष चासो, अस्पतालकै श्ययामा स्वास्थ्यवद्र्धक खाना खान पाएको उहाँले बताउनुभयो ।

“घरबाट अस्पतालसम्म एकतर्फी पैदल तीन घण्टाभन्दा बढीको समय हिँड्नुपर्छ, सवारीसाधन सबै कोरोनाले बन्द थिए, पैदल हिँडेर घरबाट खाना ल्याएर बिरामीलाई खुवाउन परिवार आफन्तलाई निकै कष्ट थियो, यस्तो अवस्थामा युवाले आफैँ स्रोत जुटाएर अस्पतालकै श्ययामा घरकै खानाको आभास दिलाउने स्वस्थकर खाना खुवाउनुभयो”, उहाँले भन्नुभयो ।

अस्पतालले बिरामीलाई गरेको मित्रवत् व्यवहार र रामपुर युवा क्लबले खाना खुवाएर बिरामीलाई छिटो निको हुन हौसला बढाएको विकले बताउनुभयो । उहाँ भन्नुभयो, “मैले दुवै आँखा नदेखे पनि खानाको स्वाद स्वास्थ्यवद्र्धक छ, अस्पतालमा बस्दा उपचार तथा खानाका लागि आर्थिक समस्या पनि भएन, समयसमयमा अस्पतालकै श्ययामा खानाको व्यवस्था, स्वास्थ्यकर्मीको रेखदेख, औषधि उपचारले म छिट्टै नै कोरोना जित्न सफल भएँ ।”

त्यस्तै रामपुर – ६ मैदानबारीका माधव पङ्गेनीले गत असार १० गतेदेखि २४ गतेसम्म अस्पतालको आइसोलेशन कक्षमा रहँदा पारिवारिक वातावरणमै बसेको अनुभूति भएको बताउनुभयो । युवाले गरेको यस उदाहरणीय कार्यमा उहाँले आफू कोभिड निको भएपछि अभियानलाई निरन्तरता दिन रु एक हजार ५०० रकम युवाक्लबलाई हस्तान्तरण पनि गर्नुभएको छ ।

सामाजिक भावना राखेर क्लबमा आबद्ध युवाले गरेको कार्यले अस्पतालमा उपचाररत बिरामी, कुरुवालाई राहत पुगेको बिरामीका आफन्त दुर्गाप्रसाद भट्टराई बताउनुहुन्छ । “अस्पतालमा बसेको अनुभूति जस्तो नि खासै भएन, घरमै बसेर आफैँले बनाएको खाना खाएको अनुभूति भएको छ, कोरोनाको महामारीमा होटल धनीले खाना खुवाउन अस्वीकार गरेपछि घरबाटै दैनिक बिहान साँभm खाना बोकेर ल्याउने सहज स्थिति छैन, यस्तो अप्ठ्यारोमा रामपुर युवा क्लबले गरेको सहयोग अति नै राम्रो छ”, उहाँले भन्नुभयो ।

दैनिक बिहान साँझ पाँचदेखि सात जनासम्म युवा मिलेर खाना बनाउने, अस्पतालमा लिएर जाने काम गरिरहेको ट्राभल डेन्टिस्टरी नेपालका अध्यक्ष एवं होराइजन डेण्टल क्लिनिकका सञ्चालक डा शङ्कर श्रेष्ठले बताउनुभयो । “हामी दैनिक फरकफरक तरकारी, फलफूल, मासु, दालको व्यवस्थापन मिलाएका छौँ, अस्पतालमा बिरामी थपघटसँगै खाना खानेको थपघट हुन्छ, कसैले मासु खाने÷नखाने हुनुहुन्छ हरेक दिन बिहान साँझ आइसोलेशनमा डा सँग बुझेर मात्रै खानाको तयारी गरी अस्पताल पु¥याउने गरेका छौँ”, उहाँले भन्नुभयो ।

युवाले गरेको यस सामाजिक कार्यले अहिले यस क्षेत्रसहित विदेशमा रहेका युवाले पनि सहयोगी हात अगाडि बढाइरहेका छन् । विभिन्न क्षेत्रबाट सहयोग रकम जुटेकाले पनि युवालाई यो काममा उत्साह थपेको छ ।

अस्पतालको कोभिड वार्डभित्र एक जना र आकस्मिक कक्षमा उपचारमा आउँदा चार बिरामीको मृत्यु भएको आइसोलेशनका स्थानीय स्रोत व्यक्ति डा वासुदेव सुवेदीले जानकारी दिनुभयो । अस्पतालमा उपचाररत कोरोनाका बिरामीको अवस्था सामान्य रहेको र धेरै बिरामी निको भएर घर फर्किएको उहाँले जानकारी दिनुभयो ।

आइसोलेशन कक्षमा चिकित्सक, नर्स सहित अन्य स्वास्थ्यकर्मी सुरक्षागार्ड गरी दैनिक पाँच÷छ रेखदेखमा अस्पतालले व्यवस्था मिलाएको छ भने बिरामी र कुरुवा पनि रहने व्यवस्था छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा विजय परियारले अप्ठ्यारो परेका अवस्थामा क्लबले खानाको व्यवस्थापन गरी उदाहरणीय काम गरेको बताउनुभयो । क्लबले हालसम्म करीब दुई हजार ५०० भन्दाबढी बिरामी , कुरुवा, उपचारमा संलग्न चिकित्सक र सुरक्षाकर्मीलाई खाना वितरण गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
20 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 19 Sep 2024 20:30 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.9down
Indian Rupee 
Indian Rupee
83.65down
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.47down
Japanese Yen 
Japanese Yen
143.13up
US Dollar 
US Dollar
1
20 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 19 Sep 2024 20:30 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀