विदेशमा भन्दा स्वदेशमा धेरै कमाउँदै ज्ञानेन्द्र

विदेशमा भन्दा स्वदेशमा धेरै कमाउँदै ज्ञानेन्द्र

money

पन्ध्र वर्षभन्दा बढी समय रोजगारीका लागि विभिन्न देशमा बिताउनु भएका ज्ञानेन्द्र चापागाई क्षेत्री अहिले भरतपुरमा आफ्नै व्यवसायमा रमाउनुभएको छ ।

भरतपुरमा कार सजावट र किनबेचको व्यवसाय गर्नुभएका उहाँ विदेशको भन्दा यहाँको कमाइमा सन्तुष्ट हुनुहुन्छ । भरतपुर महानगरपालिका वडा नं. १० रिजाल चोकमा उहाँको कान्तिपुर कार डेकोर एण्ड ज्याकवास सेन्टर वीथ रिकण्डिसन रहेको छ ।

हरेक दिन बिहान सबेरैदेखि साँझ अबेरसम्म कामदार कर्मचारीसँगै उहाँ काममा व्यस्त हुनुहुन्छ । मिलनचोकमा घर भएका ज्ञानेन्द्र स्नातक अध्ययनका क्रममा विदेशिनु भयो ।

विसं २०५७ मा मकाउ जानु भएका उहाँले चार वर्ष त्यहाँ बिताउनुभयो । मासिक एक लाख कमाइ हुने भए पनि चित्त नबुझेपछि उहाँ कोरिया पुग्नुभयो । सात वर्षको कोरिया बसाइमा मासिक रु.१ लाख ३० हजार हाराहारी कमाइ थियो । त्यसबाट उहाँ सन्तुष्ट हुन सक्नु भएन ।

त्यसपछि युएई पुग्नुभयो । त्यहाँ चार वर्ष ६ महिना बसाइ अन्यत्र जस्तै कमाइ भएपनि त्यहाँ छोडेर स्वदेश फर्किनु भयो । लगत्तै भरतपुर विमानस्थल नजिकै यो व्यवसाय शुरु गर्नुभयो । झण्डै रु.४० लाखको संरचना निर्माण गरी व्यवसाय थालेपनि विस्तार भएसँगै उहाँले फराकिलो ठाउँ खोज्नु भयो ।

यही क्रममा तीन वर्षपछि उहाँ रिजाल चोक आइपुग्नुभयो । दुई कठ्ठा जमिनमा संरचना निर्माण गरी कारको सजावट, सरसफाइ, पार्टस् बिक्री र पुराना कार किनबेचको व्यवसाय ज्ञानेन्द्रले गर्नुभएको छ ।

यो व्यवसायमा उहाँको लगानी झण्डै दुई करोड पुगिसकेको छ । क्याम्पस पढाउँदै गर्नुभएकी श्रीमती सुलोचना प्याकुरेल क्षेत्रीले पनि फुर्सदको समयमा व्यवसायमा साथ दिँदै आउनु भएको छ ।

दिउँसोको समयमा सुलोचनाले व्यवसाय हेर्नुहुन्छ भने उहाँ बजार प्रवद्र्धनमा जुट्नुहुन्छ । नौ जना कामदार कर्मचारीलाई रोजगारी दिएर व्यवसाय गरिरहनु भएका उहाँले भन्नुभयो “मैले विदेशमा मिहिनेत गर्नुपर्छ भन्ने सिकेको कुरा स्वदेशमा आएर कार्यान्वयनमा ल्याएको छु ।”

दैनिक १४ घण्टा हाराहारी काममा खट्ने उहाँ शनिबारको दिन परिवारसँगै रमाउने गर्नुहुन्छ । कोरियामा जस्तै गरी सातामा एक पटक कामदार कर्मचारी सहित खानपान गराउने उहाँको प्रचलन रहेको छ ।

आम्दानी कस्तो छ ? भन्ने जिज्ञासामा उहाँ भन्नुहुन्छ, “विदेशको भन्दा झण्डै दोब्बर यहाँ कमाउँछु । यसमा मेरो कडा मिहिनेत छ ।” अब विदेश जानुहुन्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो “अमेरिकाले भिसा पठायो भने पनि म जान्न ।”

ज्ञानुका नामले परिचित उहाँका अहिले भरतपुर क्षेत्रमा राम्रै सेवाग्राही छन् । मिजासिलो स्वभाव र मीठो बोलिका कारण सेवाग्राहीको मन जित्न सक्नु भएका उहाँको कर्म देखेर पनि धेरै प्रभावित हुने गरेका छन् । विदेश जान खुट्टा उचाल्नेहरुलाई स्वदेशमै श्रम गर्न उहाँले सुझाव दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
20 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 20 Sep 2024 00:35 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.9
Indian Rupee 
Indian Rupee
83.65
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.47
Japanese Yen 
Japanese Yen
143.13
US Dollar 
US Dollar
1
20 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 20 Sep 2024 00:35 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀