रेबिजबाट एकै गाउँका तीन जनाको मृत्यु

रेबिजबाट एकै गाउँका तीन जनाको मृत्यु

death body scatch

राजकुमार पराजुली

काभ्रेपलाञ्चोक, २५ असार (रासस)। प्राणघातक रोग रेबिजबाट काभ्रेपलाञ्चोकमा तीन जनाको मृत्यु भएको छ ।

एक महीनाको अवधिमा जिल्लाको एकै गाउँका आठ वर्षीय बालकसहित तीनको मृत्यु भएको हो । मृत्यु हुनेमा चौँरीदेउराली गाउँपालिका–६ का आठ वर्षीय सुशन पहरी, ४४ वर्षीय सुब्बा लामा र ८० वर्षीय तेजप्रसाद पन्त रहेका छन् ।

पहरीको गत वैशाख १० गते र अन्य दुईको गत चैत २९ गते उपचारका क्रममा मृत्यु भएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

यसैगरी २०७६ साल माघ १७ गते धुलिखेल नगरपालिका–४ का २२ वर्षीय राधाकृष्ण मगरको रेबिज रोगबाट मृत्यु भएको केन्द्रले जनाएको छ ।

मगरले ढलमा खसेको सानो कुकुरलाई निकाल्ने क्रममा टोकेपछि परीक्षणमा रेबिज पोजेटिभ देखिएको थियो । मृत्यु भएका चारै जनालाई कुकुरले टोकेका कारण रेबिज रोग लागेको थियो ।

रेबिजका कारण २०७७ मङ्सिरमा धुलिखेल–४ कै एक गाईकोसमेत मृत्यु भएको थियो । उक्त गाईलाई पनि सङ्क्रमित कुकुरले नै टोकेको थियो । दुई महीनाअघि चौँरीदेउरालीमा रेबिजबाट मानिसको मृत्यु भएपछि केन्द्रले सामुदायिक तथा छाडा कुकुरसँग सावधानी अपनाउन आग्रह गर्दै आएको छ ।

केन्द्रले चौंरीदेउराली गाउँपालिकामा तीनको मृत्यु भएपछि, बनेपा नगरमा गत साल पुस तथा धुलिखेल नगरमा यही असार ८ गते सामुदायिक तथा छाडा कुकुरमा रेबिजको नमूना परीक्षण गरेको छ ।

नमूना परीक्षण गरिएका कुकुरमा रेबिजको भाइरस भेटिएपछि चौँरीदेउरालीमा यसविरुद्धको २०० भ्याक्सिन पठाइएको केन्द्रले जनाएको छ ।

केन्द्रले प्राणघातक रोग रेबिजबाट मानिसको मृत्यु हुन थालेपछि जिल्लाका बनेपा, धुलिखेल र पनौती नगरपालिकामा गरेको सर्वेबाट सात हजार ५०० सामुदायिक तथा छाडा कुकुर रहेको जनाएको छ ।

यसमध्ये तीन हजार कुकुरलाई रेबिजविरुद्धको भ्याक्सिन लगाउँदै स्थायी बन्ध्याकरण गरिएको केन्द्र प्रमुख डा मोगलप्रसाद शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “यी तीन नगरपालिकाको बाँकी कुकुरलाई क्रमशः भ्याक्सिन लगाउँदै बन्ध्याकरण गरिनेछ ।”

उहाँका अनुसार जिल्लाको १३ स्थानीय तहमा कुकुरको सर्वेगर्दै भ्याक्सिन तथा बन्ध्याकरण कार्यक्रम बिस्तार गर्दै लगिनेछ । सम्भावित जोखिम न्यूनीकरण गर्न हाल दुई हजार भ्याक्सिन केन्द्रमा ल्याइएको छ ।

यसैबीच केन्द्रमा हाल सामुदायिक तथा छाडा कुकुरको स्थायी बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप कार्यक्रम सञ्चालन गरिएको छ ।

वाग्मती प्रदेशस्थित पशुपक्षी तथा मत्स्यविकास निर्देशनालाय हेटौँडाको सौजन्य तथा नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टर (नार्क)को प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा १०० कुकुरलाई रेबिजविरुद्धको खोप तथा स्थायी बन्ध्याकरण गर्ने योजना छ ।

सामदायिक र छाडा कुकुरलाई रेबिजविरुद्धको खोप र स्थायी बन्ध्याकरण तथा रोगबारे जनचेतना फैलाउँदा रोगको न्यूनीकरण गर्न सकिने जनाइएको छ ।

रेबिज के हो र यसबाट कसरी बच्ने ?

रेबिज जनावरको टोकाइका क्रममा ¥यालबाट सर्ने प्राण घातक रोग हो । यो रोग लागेपछि त्यसको सङ्क्रमण स्नायू प्रणालीमा हुन्छ र रोग लागेको व्यक्ति वा जनावरले असामान्य स्वभाव देखाउँछ ।

विशेषगरी यो रोगबाट सङ्क्रमित कुकुर, बिरालो, मुसा वा जङ्गली जनावरको टोकाइबाट सर्ने प्रमुख शाहले बताउनुभयो । यो प्राण घातक रोग भएपनि आत्तिनुपर्ने रोग नभएको उहाँको भनाइ छ ।

रेबिज विरुद्धको खोप आइसकेको र टोकाइपूर्व नै त्यस्तो खोप लगाउँदा रोगबाट बच्न सकिन्छ । यस्तै त्यस्ता जनावरले टोकेमा तत्काल साबुन पानीले घाउ धोएर तत्काल चिकित्सकको सल्लाहअनुसार उपचार गरे पनि रेबिजबाट बच्न सकिन्छ ।

तर बहुलाएको कुकुर वा त्यस्तो रोग लागेको शङ्का लागेका जनावरले टोकेपछि पनि हेलचेक्रयाई गरी रेबिजविरुद्धको खोप लगाउन ढिलाइ गरे मानिसको ज्यानै जाने उहाँको भनाइ छ ।

यस्तै रोग लागेको जनावरको ¥याल घाउमा परेमा वा त्यस्तो जनावरको जुठो खाएमा पनि रेबिज रोग सर्छ । स्वास्थ्य तथ्याङ्कअनुसार नेपालमा वर्षेनी २०० बिरामीको रेबिजका कारण मृत्यु हुने गरेको छ ।

प्राणघातक रेबिज रोग नियन्त्रणको लागि अन्तर्राष्ट्रियरुपमा जनचेतना जगाउन तथा सरोकारवालाबीच ऐक्यबद्धता प्रकट गर्न प्रत्येक अङ्ग्रेजी वर्षको सेप्टेम्बर २८ को दिनलाई ‘अन्तर्राष्ट्रिय रेबिज दिवस’का रुपमा मनाउने गरिएको छ ।

विश्वमा आगामी सन् २०३० सम्ममा रेबिज रोग उन्मूलन गर्ने लक्ष्य लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

लमजुङमा सुन्तला उत्पादनमा ह्रास
‘टिकटक चलेको भए खबर गरौँ’
आज गाई पूजा, पशुपतिमा गरियो सामूहिक गाई पूजा
तिहारको दोस्रो दिन: धनधान्यकी देवी लक्ष्मी पूजा

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
20 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 20 Sep 2024 00:35 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.9
Indian Rupee 
Indian Rupee
83.65
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.47
Japanese Yen 
Japanese Yen
143.13
US Dollar 
US Dollar
1
20 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 20 Sep 2024 00:35 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀