https://www.anonpr.net/db3qypb1vrf

एउटै बस्तीमा १३ को मृत्यु

एउटै बस्तीमा १३ को मृत्यु

corona 2

https://audiopronews.com/headlines/64jxg0ja महोत्तरी, ७ जेठ (रासस)। महोत्तरीको भङ्गाहा नगरपालिका–४ को एउटै बस्तीमा पछिल्लो १५ दिनभित्र १३ जनाको मृत्यु भएको छ ।

go कोभिड–१९ बाट रामनगर बस्तीमा दुई सातामा १३ जनाको मृत्यु भएको हो । मृतकमध्ये ५० वर्षीया एक महिलाबाहेक कसैको पिसिआर परीक्षण भएको थिएन । चारैतिर कोभिड–१९ सङ्क्रमणबाट धमाधम मान्छे मर्न थालेपछि बस्तीमा त्रास फैलिएको छ ।

click here मृतकमध्ये अधिकांश ५० वर्ष उमेरको हाराहारीका परेका छन् । रुघाखोकी लाग्ने, सामान्य ज्वरो आउने र पखाला लाग्ने व्यथाले धेरैको मृत्यु भएको सो बस्तीकै बासिन्दा मुकुन्द दाहालले बताउनुभयो । “बिरामी भएपछि दुई जनालाई परिवारजनले अस्पताल पु¥याएका थिए, अरु घरमै मरे” दाहालले भन्नुभयो, “अस्पताल पु¥याइएका दुई जनाको पनि पिसिआर परीक्षण भने गरिएको थिएन ।”

महाव्याधि त्रासले गर्दा मान्छे मर्दा घरका परिवारबाहेक आफन्त पनि अन्त्यष्टिमा सामेल हुन छाडेको दाहालले बताउनुभयो । पछिल्ला केही घटनाका शव त नगरपालिकाले जेसिभीले उठाएर गाड्ने गरेको उहाँको भनाइ छ ।

कोरोनाले एकै वस्तीमा यति धेरैको मृत्यु हुँदा पनि कतैबाट पिसिआर जाँचको सुरसारसम्म नभएको स्थानीय महिला स्वास्थ्य स्वयंसेविका दिपमाया श्रेष्ठ बताउनुहुन्छ ।

आफ्नो वडा बस्तीमा भएको मानवीय क्षति र घरघरैजसो रहेका बिरामीमा कोभिड–१९ को लक्षण रहेको वडाअध्यक्ष अशोककुमार महतोको भनाइ छ । अहिले बिरामी रहेकामध्ये धेरैजसोमा कोभिड–१९ कै लक्षण देखिएको महतो बताउनुहुन्छ ।

बस्तीमा अहिले २०० भन्दा बढी बिरामी रहेका र तीमध्ये गम्भीर प्रकृतिका पाँच जनालाई उपचारार्थ जनकपुर पठाइएको महतोले जानकारी दिनुभयो । “पिसिआर परीक्षण र अन्य जाँच, उपचार सेवाका लागि जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमा निरन्तर सम्पर्कमा छौं” वडाअध्यक्ष महतोले भन्नुभयो, “सबैतिर महाव्याधिको चपेटाले प्रविधि र दक्ष जनशक्तिको तत्काल व्यवस्थापन गर्न नसकिदा ढिलाइ भएको हो ।”

अब बस्तीस्तरमै पिसिआर परीक्षणका लागि स्वाव सङ्कलन र अन्य स्वास्थ्य जाँचको प्रबन्ध मिलाउन लागिएको महतोको भनाइ छ ।

यसैबीच जिल्लाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमा यसबारे जानकारी रहेको र जाँच, उपचारका लागि जनशक्तिको प्रवन्ध गरिने बताउनुभयो ।

जिल्लामा यसपालि गत वैशाख १४ गते कोभिड—१९ सङ्क्रमण पुष्टिले पहिलो मृत्यु भएको थियो । त्यसयता आज (शुक्रबार) बिहान ७ बजेसम्म जम्मा ४१ जनाको सङ्क्रमण पुष्टि भएर मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा यसपालि एक हजार ५३८ जनामा सङ्क्रमण पुष्टि भएको छ । यीमध्ये एक हजार ३८२ जनामा सक्रिय सङ्क्रमण रहेको कार्यालयका कोभिड—१९ स्रोतव्यक्ति प्रतिभा सिंहले जानकारी दिनुभयो ।

यसपालि ११५ जनाले सङ्क्रमण जितेका छन् । गतवर्ष वैशाखदेखि कात्तिकसम्म १८ जनाको सङ्क्रमणले मृत्यु भएको थियो भने दुई हजार १४१ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

गतवर्ष सक्रिय सङ्क्रमितको सङ्ख्या भने ९०० को हाराहारीमा रहेको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Currency Converter
€0.88
12 Apr · Rastra · USD/EUR
go here Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
⚡You can install this WP plugin on your website from the WordPress official website: https://kirkmanandjourdain.com/14epxqw Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
137.67
Indian Rupee 
Indian Rupee
86
US Dollar 
US Dollar
1
Euro 
Euro
0.88
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.6
Japanese Yen 
Japanese Yen
142.66
US Dollar 
US Dollar
1
12 Apr · FX SourceRastra 
Buy Clonazepam 2Mg Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
⚡You can install this WP plugin on your website from the WordPress official website: go site Exchange Rates🚀