source url

अब पोखराको फिष्टेल ऐकेडेमीमा अन्तर्राष्ट्रिय शिक्षा

अब पोखराको फिष्टेल ऐकेडेमीमा अन्तर्राष्ट्रिय शिक्षा

fishtail academy top view

go here पोखरा, १ जेठ । मनै लोभ्याउने दृश्यका कारण पोखराले देशी, विदेशी पर्यटकको मन तानेको छ । त्यसैले त विश्वकै पर्यटकीय गन्तव्य सावित भएको छ । साहसिक पर्यटनमा पनि उत्तिकै अब्बल छ पोखरा । स्वास्थ्य शिक्षामा पनि उसैगरी नाम कमाएको छ । मणिपाल मेडिकल कलेज र गण्डकी मेडिकल कलेजमा विदेशबाट समेत चिकित्सा विज्ञान अध्ययन गर्न आउँछन् । एउटा अभाव थियो अन्तर्राष्ट्रियस्तरको विद्यालय । अब त्यो अभाव पनि पूरा गरेको छ फिस्टेल एकेडेमीले ।

see गण्डकी प्रदेशको राजधानी पोखरामा झन्डै ३ दशकदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको फिस्टेल एकेडेमीले पोखरा १७ बिरौटामा अन्तर्राष्ट्रियस्तरको भौतिक सुविधासहित युग सुहाउँदो प्रगतिशील शिक्षामा फड्को मारेको छ । त्यसो त गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा नाम दर्ज गरिसकेको छ फिस्टेल एकेडेमीले । फिस्टेलका संस्थापक निर्देशक चिनु रानाभाटलाई यतिले चित्त बुझेन ।

https://townofosceola.com/3rfwms09f विद्यालयस्तरकै गुणस्तरीय शिक्षाका लागि थुप्रै बालबालिका काठमाडौं र भारतका विभिन्न शहरमा जाने गरेको देख्दै आउनुभएको थियो । मनमा प्रश्न उठ्थ्यो, यी विद्यार्थीलाई पोखरामा रोक्न सकिँदैन र ? अनि अन्य शहरका बालबालिकालाई पोखरा तान्न सकिँदैन र ? भन्नुहुन्छ, ‘विकसित मुलुकहरुका विद्यालय हेर्ने मौका पाएँ, त्यहाँका विद्यालयका तुलनामा हामीले केही गरेकै रहेनछौं, मलाइ तिनै स्कूलको अनुशरण गर्न मन लाग्यो ।’ १५ वर्ष अगाडि नै किनेको जग्गा थियो । त्यही जग्गामा अहिले १ अर्ब लगानी गरेर भौतिक र अन्य संरचना निर्माण भइरहेको छ ।

माछापुच्छ«ेजस्तै उचाइ बनाएको फिस्टेललाई अझै उँचो बनाउने सोच पलायो । उहाँको सोच र सपना अहिले साकार भएको छ । नयाँ शैक्षिक शत्रसँगै अब उहाँले नयाँ अवधारणासहित सञ्चालन गर्दै हुनुहुन्छ फिस्टेल एकेडेमीलाई ? उहाँले भन्नुभयो, ‘२१ औं शताब्दीको यो परिवेशमा स्तरीय शिक्षाका लागि अब पोखरा छाड्नुपर्ने वाध्यताको अन्त्य गर्दै अभिभावकको अपेक्षालाई संवोधन गर्ने विश्वास म दिलाउँछु ।’

सरकारी तवरबाट निर्धारित कोर्ष त पढाइ हुन्छ नै । तर विद्यार्थीका लागि त्यो मात्र पर्याप्त हुँदैन । उनीहरुलाई जीवनोयोगी ज्ञान चाहिन्छ । अनि कतिपय विद्यार्थीमा रहेको अन्तर्निहीत प्रतिभा प्रस्फुटनका लागि उसले अवसर खोजिरहेको छ । यसका लागि कुनै पनि कसर राखिदैन भन्नुहुन्छ संस्थापक निर्देशक रानाभाट । उहाँले भन्नुभयोे, ‘आजको कम्प्युटर युगमा प्राविधिक शैलीमा विद्यालयको लक्ष्यलाई दरिलो साथै औचित्यपूर्ण सावित गर्न हामी सदैव प्रयासरत रहन्छौं ।’

फिस्टेल एकेडेमीले त्यही अनुसारको शिक्षा प्रदान गर्न काठमाडौं र बाहिरबाट शैक्षिक जनशक्ति ल्याइसकेको छ । सक्षम तथा तालिमप्राप्त मानव स्रोत साधनबाट नै अहिलेको गुणस्तरीय शिक्षाको अपेक्षा गर्न सकिने भएकाले त्यही अनुसारको जनशक्ति व्यवस्थापन गरिएको रानाभाटले बताउनुभयो ।

‘देश विदेशका सुविधा सम्पन्न र आधुनिक तवरबाट सञ्चालित विद्यालयमा काम गरिसकेका अनुभवी दक्ष शिक्षक कर्मचारी र सोही अनुसारको सेवा सुविधा हामीले प्रदान गरेका छौं,’ उहाँले भन्नुभयो । प्रगतिशील शिक्षा र सोही अनुसारको शिक्षण सिकाइ स्रोत र साधनको व्यवस्थापनमा विद्यालय प्रशासन लागिरहेको पनि उहाँको भनाइ छ ।

बिरौटाको १८ रोपनी जग्गामा शैक्षिक तथा प्रशासकीय भवन निर्माण भइसकेको छ । जसको अन्तिम सजावट मात्र बाँकी छ । त्यसका अतिरिक्त २२ रोपनी जग्गामा खेल मैदान निर्माण गरिएको छ । जुन खेल मैदानमा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता समेत सञ्चालन गर्न सकिन्छ ।
वातानुकुल र फराकिला कोठा छन् । जसमा विद्यार्थीहरु ठेलमठेल गरेर बस्नुपर्ने छैन । विदेशको मापदण्ड अनुसार एउटा कक्षाकोठामा ३० जनामात्र विद्यार्थी रहनेछन् । सबै कक्षाकोठा स्मार्ट र डिजिटल प्रविधियुक्त छन् । विद्यार्थीले कोर्ष र अतिरिक्त ज्ञानका लागि प्रयोग गर्न आधुनिक शैलीको पुस्तकालय निर्माण गरिएको छ । जसमा इ लाइब्रेरी अलग्गै छ ।

अतिरिक्त क्रियाकलाप र सेमिनारका लागि तलैपिच्छे सुविधा सम्पन्न हल समेत बनाइएको रानाभाटले बताउनुभयो । विज्ञान कम्प्युटर र अन्य विषयगत सिकाइका लागि सुविधा सम्पन प्रयोगशाला निर्माण भइरहेका छन् । यसका लागि कोठाहरु तयार भइसकेका छन् भने सामग्री बाहिरबाट आउनेक्रममा छ । सिनियर र जुनियर लेभलका विद्यार्थीलाई छुट्टाछुट्टै कम्प्युटर ल्याब बनाइएको छ ।

गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय खानपान चाहिन्छ । यसैका लागि फिस्टेलले ओपन किचनसहित ४ सयभन्दा बढी विद्यार्थी अट्ने भोजनालय बनाएको छ ।

फिस्टेल एकेडेमी नेपालमा खेलाडी उत्पादन गर्ने विद्यालयमा अगाडिको लाइनमा पर्छ । भलिबलका थुप्रै राष्ट्रिय खेलाडी फिस्टेलका उत्पादन हुन् । अहिले नयाँ शैलीको संरचनामा फिस्टेलले खेलकुदका लागि मनग्गे लगानी गरेको छ । मिनी ओलम्पिक आकारको स्विमिङ पुल साथै बालबालिकाका लागि पनि अलग्गै स्विमिङ पुल बनाइएको छ । जसमा तातोपानी समेत रहनेछ ।

ठूला भवन र कोठा मात्र होइन, स्वच्छ वातावरणका लागि खुला ठाउँ पनि चाहिन्छ । यसका लागि पर्याप्त ठाउँ छाडिएको र प्रत्येक कक्षा कोठाको बाहिर आवागनमा लागि उस्तै गरी धेरै ठाउँ राखिएको छ । रानाभाटले भन्नुभयो, ‘वातावरणीय प्रदुषणबाट मुक्त नितान्त कोलाहलरहित वातावरणमा हामीले शिक्षा प्रदान गर्नेछौं ।’

त्यतिमात्र कहाँ हो र ? हरेक तला र कोठाहरुमा पुग्नका लागि अपांगतामैत्री ¥याम्पका साथै लिफ्ट र त्यही अनुसारका खुला भ¥याङका कारण विद्यार्थीलाई आउजाउ गर्न सहज हुने विद्यालय प्रशासनको विश्वास छ । स्वास्थ्य सतर्कताका लागि अलग्गै कक्ष र अनुभवी स्वास्थ्यकर्मी पनि रहनेछन् ।

आधुनिक शैलीमा बनाइएको भूकम्प प्रतिरोधात्मक विद्यालय भवनमा अन्डरग्राउन्ड पार्किङ्को समेत व्यवस्था छ । हाल १२ कक्षासम्मको पढाइ हुने फिस्टेलमा आगामी दिनमा उच्च शिक्षाका कक्षासमेत सञ्चालन गरिने संस्थापक निर्देशक चिनु रानाभाट बताउनुहुन्छ । फिस्टेलमा यसै वर्षबाट साइन्समा ११÷१२ को कक्षासमेत सञ्चालन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
07 Apr · Rastra · USD/EUR
source url Nepal Rastra bank
Buy Klonopin 2Mg Check: 07 Apr 2025 00:45 UTC
Order 180 Tramadol Cod Latest change: 06 Apr 2025 18:19 UTC
https://etxflooring.com/2025/04/dbh3eg228y4 API: CurrencyRate
https://www.villageofhudsonfalls.com/2mt3pt55p Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: enter Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.38
Indian Rupee 
Indian Rupee
85.19
US Dollar 
US Dollar
1
Euro 
Euro
0.91
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.65
Japanese Yen 
Japanese Yen
146.96
US Dollar 
US Dollar
1
07 Apr · FX SourceRastra 
enter Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: go Exchange Rates🚀