डोटी, २७ वैशाख (रासस)। जिल्लामा गए रातिदेखि परेको असिना तथा हावाहुरीले लाखौँ मूल्य बराबरको तरकारी तथा फलफूल खेतीमा नोक्सानी गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार बडिकेदार, बोगटानफुड्सिल, जोरायल गाउँपालिकाका विभिन्न वडामा परेको असिना तथा हावाहुरीले तरकारीलगायतका बालीमा नोक्सान गरेको छ ।
उहाँका अनुसार किसानले फलाएका काउली, टमाटरलगायत दाना लाग्दै गरेका अनार, आरुवखडा, अमिलो, सुन्तला, आँप, मौसमी, जुनारमा बढी क्षति पु¥याएको छ ।
यसैगरी अदुवा, प्याजलगायतका अन्य बालिनाली पनि क्षति भएको बताइएको छ । वर्षभरिको नगदेबालीका रुपमा लिइँदै आएका अदुवा, बेसार, सुन्तला, आप, मौसमी र सुन्तलाका दाना असिनाले झराएपछि किसान निरास भएको बडिकेदारका स्थानीयवासी तथा सञ्चारकर्मी यम चन्दले जानकारी दिनुभयो ।
भर्खरै
“ नमस्ते फर्निचर” को अर्को आउटलेट हेरिसबर्गमा
संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज
दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा : ऊर्जामन्त्री
लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी
सुनकोशी मरिण डाइभर्सन : १२ किलोमिटर सुरुङ खनियो, ब्रेक थ्रुको तयारी
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं