एक्कासी सांसद हराएपछि गण्डकी प्रदेशसभामा हंगामा, बैठक स्थगित

एक्कासी सांसद हराएपछि गण्डकी प्रदेशसभामा हंगामा, बैठक स्थगित

gandaki sava

पोखरा, १५ वैशाख । गण्डकी प्रदेशसभाको बुधबारको बैठक अन्ततः स्थगित भएको छ ।

मुख्यमन्त्री पृथ्वीसब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि आज मतदान हुने भएका कारण बैंठकलाई राष्ट्रिय रुपमा निकै चासो र महत्वका साथ हेरिएको थियो । गण्डकी प्रदेशसभाको आजका बैठकले सबैको ध्यान खिचेको थियो ।

सदन चलिरहँदा आफ्नो पार्टीका सांसद खिमविक्रम शाही सम्पर्कमा नआएको भन्दै उहाँको अवस्था सार्वजनिक माग गर्न राष्ट्रिय जनमोर्चा नेपालले प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गरेको थियो ।

पार्टीका सचेतक पियारी थापाले उहाँको अवस्था सार्वजनिक गर्न, निजको जीवन रक्षा गर्न र निज सार्वजनिक नभएसम्म सदनको कारबाही सञ्चालन नगर्न माग गर्नुभएको थियो ।

सोही बमोजिम प्रदेश सभा सचिव हरिराज पोखरेलले सूचना जारी गर्दै थापाले निवेदन दिएको अवस्थामा निवेदन माथि सम्बोधन नगरी बैठक सञ्चालन गर्न उपयुक्त नभएकोले अर्को सूचना नभएसम्मका लागि आजको बैठक स्थगित भएको जनाउनुभयो ।

यसैबीच, राजमोका संसदीय दलका नेता कृष्ण थापाले आफ्ना सांसद शाही दिउँसो १ बजेसम्म सम्पर्कमा रहेको बताउनुभयो ।

स्रोतका अनुसार सांसद शाही पोखराको चरक मेमोरियल अस्पतालको आइसियूमा उपचारमा रहनु भएको छ ।

यसैगरी बैठकमा स्वतन्त्र सांसद दीपक मनाङ्गे (राजीव गुरुङ) पनि उपस्थित हुनु भएन ।

प्रदेशसभा चलिरहँदा जनमोर्चाका सांसद उपस्थित नभएपछि अविश्वासको प्रस्तावमा समर्थन जनाएका दलका सांसदहरु खोजीमा लाग्नु भएको थियो । पछि मुख्यमन्त्री गुरुङ पनि झण्डै ४५ मिनेट जति प्रदेशसभाबाट बाहिरिएर पुनः उपस्थित हुनु भएको थियो ।

प्रदेशमा कुल ६० सांसदमध्ये एमालेका २७, काँग्रेसका १५, माओावदी केन्द्रका १२, जनमोर्चाका ३, जनता समाजवादी पार्टी (जसपा) का २ तथा स्वतन्त्र १ सांसद छन् । बहुमत मत पुग्न ३१ सदस्य आवश्यक पर्छ ।

काँग्रेससहितका दलहरुले भावी मुख्यमन्त्री कृष्ण चन्द्र नेपालीलाई अघि सार्दै गत वैशाख २ मा दर्ता गरेको अविश्वासको प्रस्तावमाथि बैठकमा सांसदहरुले बोल्ने क्रम जारी थियो ।

बैठक अनिश्चितका लागि स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
19 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 19 Sep 2024 00:05 UTC
Latest change: 18 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.01
Indian Rupee 
Indian Rupee
83.71
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.47
Japanese Yen 
Japanese Yen
141.66
US Dollar 
US Dollar
1
19 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 19 Sep 2024 00:05 UTC
Latest change: 18 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀