पोखरा, १३ वैशाख ।पोखरा उद्योग वाणिज्य संघले स्वास्थ्य सुरक्षाका सम्पूर्ण प्रबन्धसहित व्यापार व्यवसाय संचालन गर्न व्यवसायीहरुसँग आग्रह गरको छ ।
कोभिड–१९ को दोस्रो लहरले जनजीवन असहज बनेको बेला संघले दैनिक उपभोग्य बस्तुको सहज आपूर्ति गर्न तथा ढुवानी कार्यलाई पारदर्शी, सरल र प्रभावकारी बनाउन तथा आम उपभोक्ता तथा नागरिकहरुसँग सामान किनमेल गर्दा आवश्यक दूरी कायम गर्न, अनावश्यक भीडभाड नगर्न एवं अनिवार्य रुपमा माक्सको प्रयोग गर्नका लागि अनुरोध पनि गरेको छ ।
संघका महासचिव सुरेन्द्रमान बिजुक्छेद्धारा आइतबार जारी विज्ञप्तिमा कोभिड–१९ को दोस्रो लहरले ल्याएको विपत्तिवाट नागरिकलाई जोगाउन स्वास्थ्य सुरक्षाको यथोचित प्रबन्ध गर्न र सरकारबाट प्रदान हुने स्वास्थ्य सेवाप्रति जनतालाई आश्वस्त बनाउन तीनवटै सरकार तथा सरोकारवाला निकायहरुसँग जोडदार माग गरिएको छ ।
संघले उद्योग÷व्यवसाय लयमा फर्कदै गर्दा पुनः ‘मिनि लकडाउन’को अवस्था आउनु निजी क्षेत्रको लागि दुर्भाग्यपूर्ण अवस्था भएको ठहर गरेको छ ।
‘सरकारवाट घोषित राहतका प्याकेजको पर्खाइको क्षणमा आएको यो विपत्तिले हामीलाई कहां पु¥याउँछ, थाहा छैन तर कोभिडको दोस्रो लहर भित्रिएको पुष्टि भैसकेको वर्तमान अवस्थामा नेपाल सरकार स्वास्थ्य मन्त्रालयले तोकेका मापदण्ड पालना गर्नु हामी सबैको दायित्व र कर्तव्य हो’,विज्ञप्तिमा भनिएको छ,‘ फेरि लकडाउन हुनु भनेको कोमामा पुगेको व्यापार व्यवसाय पूर्ण रुपमा बन्द हुनु हो । हामीलाई ढोका बन्द गरेर बस्ने छुट छैन र हुँदैन पनि ।’
विज्ञप्तिमा संकटको बेला उद्योगी ÷ व्यवसायी माथी दायित्व थपिने उल्लेख गर्दै सुरक्षित रहंदै बजारलाई गतिशिल बनाउने तथा एक वर्ष थलिएर ऋणात्मक बनेको अर्थतन्त्रलाई उकास्ने सरकारी निति अनुरुप तयार हुनु पनि निजी क्षेत्रको कर्तव्य भएको उल्लेख गरिएको छ ।
भर्खरै
“ नमस्ते फर्निचर” को अर्को आउटलेट हेरिसबर्गमा
संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज
दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा : ऊर्जामन्त्री
लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी
सुनकोशी मरिण डाइभर्सन : १२ किलोमिटर सुरुङ खनियो, ब्रेक थ्रुको तयारी
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं