टीकापुर, २१ चैत (रासस) । कैलालीको जानकी गाउँपालिका–६ मा हात्तीको आक्रमणबाट एकको ज्यान गएको छ ।
शुक्रबार जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका ६० वर्षीय मन्सराम डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कायालय टीकापुरले जानकारी दिएको छ ।
प्रहरी निरीक्षक अरुण बमले तरकारीका लागि निउरोको साग टिप्न गएका चौधरीको हात्तीको आक्रमणबाट मृत्यु भएको जानकारी दिए । चौधरीको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।
पछिल्लो समय वन जङ्गलभित्र र आसपासका क्षेत्रमा जङ्गली जनावरले मानिसलाई आक्रमण गर्ने क्रम बढेको छ । लायकपुर सामुदायिक वन समितिका अध्यक्ष हरिहर गिरी वन जङ्गल विनास हुँदा वन्यजन्तुको आहाराको अभावले जङ्गली जनावर जङ्गल बाहिर निस्कने, जङ्गलमै पनि आक्रमण गर्नेजस्ता घटना बढेको बताए ।
“जङ्गली जनावरका लागि आवश्यक आहाराका बारेमा पनि सोच्न आवश्यक भएको छ”, उनले भने , “उनीहरुको वासस्थान सुरक्षामा पनि चुनौती बढेको छ । जसले मानिस नै जोखिममा पर्न थालेका छन् ।”
भर्खरै
विमान दुर्घटनाका साक्षी भन्छन्, कान्लामा नठोक्किएको भए जहाज सिधै बस्तीमा पस्ने थियो
बजेटबारे सांसदको चर्को असन्तुष्टि
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक नियुक्त
पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षाको सुनिश्चितता
कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु
शक्ति राष्ट्रबीचको टकराव साना मुलुकको चुनौती : प्रधानसेनापति शर्मा
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं