काठमाडौँ, २८ फागुन (रासस)।नेकपा (एमाले) ले प्रदेश कमिटीका पदाधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सातवटै प्रदेशका इन्चार्ज, अध्यक्ष र सचिव हेरफेर गरेको हो ।
नेकपा (माओवादी केन्द्र)बाट आउनुभएका गृहमन्त्री रामबहादुर थापा , लेखराज भट्ट र प्रमु साहलाई प्रदेश कमिटीको जिम्मेवारी दिइएको छ । थापालाई वाक्ष्मती प्रदेशका इन्चार्ज, साहलाई प्रदेश–२ का अध्यक्ष र भट्टलाई सुदूरपश्चिम इन्चार्ज तोकिएको वाग्मती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले जानकारी दिए ।
उनका अनुसार एमालेका प्रवक्तामा प्रदीपकुमार ज्ञवाली, प्रदेश–१ का इन्चार्जमा सुवासचन्द्र नेम्वाङ, अध्यक्षमा देवराज घिमिरे र सचिवमा विनोद ढकाल, प्रदेश–२ का इन्चार्जमा सत्यनारायण मण्डल, अध्यक्षमा साह र सचिवमा सुमन प्याकुरेल, वाग्मती प्रदेशका इन्चार्जमा थापा, अध्यक्षमा पोखरेल र सचिवमा खेम लोहनी, गण्डकी प्रदेशका इन्चार्जमा पृथ्वीसुब्बा गुरुङ, अध्यक्षमा जगत विश्वकर्मा र सचिवमा गोविन्द नेपालीलाई चयन गरिएको छ ।
यस्तै लुम्बिनीका इन्चार्जमा शंकर पोखरेल, अध्यक्षमा लीला गिरी, सचिवमा खेममान खड्का, कर्णाली प्रदेशका इन्चार्जमा यमलाल कँडेल, अध्यक्षमा गुलाबजंग शाह र सचिवमा धर्मराज रेग्मी, सुदूरपश्चिमका इन्चार्जमा लेखराज भट्ट, अध्यक्षमा कर्ण थापा र सचिवमा राजेन्द्रसिंह रावल रहेका छन् ।
यस्तै वाग्मती प्रदेशका अध्यक्ष पोखरेलका अनुसार एमालेको दशौं महाधिवेशन आगामी मङ्सिर २ देखि ६ गतेसम्म गर्ने निर्णयसमेत भएको छ । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्य भने सहभागी थिएनन् ।
यसअघि एमालेको नवौँ महाधिवेशन २०७१ असारमा भएको थियो । एमाले र माओवादी केन्द्रबीचको एकता पछि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० बनेको थियो । यही फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले दुई पार्टी मिली बनेको नेकपालाई मान्यता नदिएपछि एमाले र माओवादी केन्द्र व्यूँतिएको थिए ।
भर्खरै
विमान दुर्घटनाका साक्षी भन्छन्, कान्लामा नठोक्किएको भए जहाज सिधै बस्तीमा पस्ने थियो
बजेटबारे सांसदको चर्को असन्तुष्टि
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक नियुक्त
पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षाको सुनिश्चितता
कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु
शक्ति राष्ट्रबीचको टकराव साना मुलुकको चुनौती : प्रधानसेनापति शर्मा
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं