https://kanchisilksarees.com/rfvn4sjku4 काठमाडौँ, २५ फागुन (रासस) । नेपालमा दुई करोड ४७ लाख ३५ हजार जनसङ्ख्याका पहुँचमा इन्टरनेट सेवा पहुँच पुगेको छ ।
Buy Soma 350 Mg Online नेपाल दूरसञ्चार प्राधिकरणले हालै यहाँ सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको तथ्याङ्क अुनसार मङ्सिर मसान्तका तुलनामा पुस महिनामा तीन लाख ८८ हजार बढी प्रयोगकर्ता थपिएका छन् ।
https://www.annarosamattei.com/?p=7k0ncngaja मङ्सिरमा कूल २ करोड ४३ लाख ४७ हजार १५७ जनाको पहुँचमा इन्टरनेट सेवा थियो । कूल जनसङ्ख्यामध्ये ८२ दशमलव ७९ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा पुगेको तथ्याङ्कमा उल्लेख छ ।
प्राधिकरणले जनसङ्ख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसङ्ख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ ।
प्राधिकरणको तथ्याङ्क अनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ । गत पुससम्म मोबाइल इन्टरनेटको हिस्सा ६० दशमलव ३४ प्रतिशत छ ।
एक करोड १२ लाख बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको र यसमा सबैभन्दा धेरै नेपाल टेलिकमको ८६ लाख ३४ हजार र एनसेलको २५ लाख ६६ हजार रहेको जनाइएको छ ।
त्यस्तै फोरजी प्रयोगकर्ता ६६ लाख ८९ हजार १०३ र इभिडियो प्रयोगकर्ता १ लाख ३६ हजार पाँच सय ७३ रहेका छन् । प्राधिकरणको तथ्याङ्क अनुसार फोरजीको प्रयोगकर्तामध्ये सबैभन्दा धेरै एनसेलका रहेका छन् ।
गत पुस मसान्तसम्म एनसेलका फोरजी प्रयोगकर्ता ४० लाख ८६ हजार १३९ रहेका छन् । नेपाल टेलिकमका फोरजी प्रयोगकर्ता २३ लाख ८३ हजार २५६ र स्मार्ट टेलिकमका २ लाख १९ हजार रहेका छन् ।
यस्तै फिक्स ब्रोडब्याण्डको हिस्सा २१ दशमलव ६८ प्रतिशत छ । यसमा एडिएसएलका ८ लाख ६४ हजार र एफटिटिएच इन्टरनेट ५६ लाख ११ हजार रहेका छन् ।
भर्खरै
अमेरिका स्वर्णिम युगमा प्रवेश गर्यो : राष्ट्रपति डोनाल्ड जे ट्रम्प
विमान दुर्घटनाका साक्षी भन्छन्, कान्लामा नठोक्किएको भए जहाज सिधै बस्तीमा पस्ने थियो
बजेटबारे सांसदको चर्को असन्तुष्टि
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक नियुक्त
पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षाको सुनिश्चितता
कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं