see पोखरा,२४ फागुन । पोखरा १६ छोरेपाटनमा रहेको गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन(क्यूएए) प्रमाणपत्र प्राप्त गरेको छ ।
Tramadol Buying क्याम्पसले सबै प्रक्रियामा सफलता प्राप्त गरेकाले विश्वविद्यालय अनुदान आयोगले पुष १६ गते गुणस्तर सुनिश्चितता तथा प्रत्यायन गर्ने निर्णय गरी फागुन १४ गते सोको प्रमाणपत्र दिएको पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।
follow site अयोगले गुणस्तरका लागि तोकेको ८ मापदण्ड र त्यस अन्तर्गत १ सय २० वटा सुचाङ्कको आधारमा संस्थाले स्व–अध्ययन प्रतिवेदन तयार गरी विश्वविद्यालय अनुदान आयोगमा पेश गर्नुपर्दछ ।
सो प्रतिवेदनको प्राविधिक अध्ययनका लागि विदेशी विज्ञ सहितको टोलीले विभिन्न चरणमा अनुगमन भ्रमण, सरोकारवालासँग अन्तरक्रिया तथा मू्ल्याङ्कनको आधारमा क्यूएए प्रमाणपत्र प्रदान गर्न उपयुक्त देखिएमा विश्वविद्यालय अनुदान आयोगमा सिफारिस गर्दछ ।तत् पश्चात विश्वविद्यालय अनुदान आयोगको वैठकले क्यूएए प्रमाणपत्र प्रदान गर्ने निर्णय गर्दछ ।
यस पटक गण्डकी प्रदेदशका ३ सहित नेपालमा ४ वटा क्याम्पसले क्यूएए प्रमाणपत्र प्राप्त गरेको गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मराज बरालले जानकारी दिए।
२०५६ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त गरी विएड कार्यक्रम सञ्चालन गरेको यस क्याम्पसले हाल स्नातक तह तर्फ ४ र स्नाकोत्तर तह तर्फ १ कार्यक्रम सञ्चालन गरेको छ । २०६६ सालदेखि विविएस, २०७४मा एमविएस र २०७५ सालदेखि विएचएम र विआइएम कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
क्याम्पसले प्राविधिक, व्यवसायीक शिक्षालाई प्राथामिकतामा राखि आफ्ना स्वायत्त कार्यक्रमहरु अघि बढाउने र क्याम्पसले प्रदान गर्ने शिक्षालाई अनुसन्धानात्मक बनाउदै गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य लिएको क्याम्पस सञ्चालन समितिका अध्यक्ष प्रा.डा.टंकराज अधिकारीले जानकारी दिए ।
कार्यक्रममा वडा नं. १६ का वडा अध्यक्ष तीर्थराज अधिकारी, क्याम्पस सञ्चालक समितिका संस्थापक अध्यक्ष खगराज शर्मा, कोषाध्यक्ष ज्ञाज शर्मा प्रचारप्रसार समितिका संयोजक युवक लामिछानेले बोलेका थिए ।
पत्रकार सम्मेलन अघि पोखरा नगर परिक्रमा गरी प्रभातफेरी कार्यक्रम गरिएको थियो ।
भर्खरै
अमेरिका स्वर्णिम युगमा प्रवेश गर्यो : राष्ट्रपति डोनाल्ड जे ट्रम्प
विमान दुर्घटनाका साक्षी भन्छन्, कान्लामा नठोक्किएको भए जहाज सिधै बस्तीमा पस्ने थियो
बजेटबारे सांसदको चर्को असन्तुष्टि
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक नियुक्त
पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षाको सुनिश्चितता
कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं