काठमाडौँै २४ फागुन (रासस)। देशभरमा आज ८९ जना सक्रिय सङ्क्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा ४१ जना सङ्क्रमण मुक्त भएका छन् ।
आज थपिएका सङ्क्रमितमध्ये पुरुष ४९ र महिला ४० रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज सङ्क्रमणमुक्त भएका ४१ समेत गरी आजसम्म दुई लाख ७० हजार ९२७ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
आजसम्म निको हुने दर ९८ दशमलव छ प्रतिशत रहेको छ । योसँगै जम्मा सङ्क्रमितको सङ्ख्या दुई लाख ७४ हजार ८१० पुगेको छ । काठमाडौँमा ४५ ललितपुर छ र भक्तपुर छ गरी ५७ नयाँ सङ्क्रमित फेला परेका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी चार हजार ३९९ नमूना परीक्षण भएको थियो । हालसम्म २१ लाख ९७ हजार २३५ नमूना परीक्षण भइसकेको छ ।
प्रति १० लाख जनसङ्ख्यामा ७५ हजार ४११ परीक्षण भएको बताइएको छ । कोभिड–१९ कारण हालसम्म देशभरका तीन हजार ११ को मृत्यु भइसकेको छ । हाल क्वारेन्टाइनमा रहेकाको सङ्ख्या ५५ रहेको बताइएको छ ।
सरकारले सञ्चालन गरेको खोप कार्यक्रमबाट लक्षित पेशा वा उमेर समूहका कोही पनि छुट्न नदिन स्थानीय सरकारले ध्यान दिनुपर्नेमा प्रवक्ता जागेश्वर गौतमले जोड दिए ।
नागरिकले पनि खोप लगाएपछि पनि दूरी कायम गर्नुपर्ने र हातको सफाइमा ध्यान दिनुपर्ने उनले बताए । यही फागुन २३ गते आइतबारबाट ६५ वर्ष पूरा भएका नागरिकलाई खोप सञ्चालन भइरहेकामा कतिपयले उमेर खुल्न कागजात नभएकाले खोप लगाउन नपाएको भनी गुनासो आएको उनले बताए । उनले भने, “कागजात नभएकाको हकमा वडा कार्यालयले सिफारिस बनाएर सहजीकरण गर्नुपर्छ ।”
सरकारले १७ लाख ८२ हजार ४६९ जनालाई खोप लगाउने लक्ष्य लिएको छ । आइतबारसम्म यो लक्ष्यको नौ दशमलव २८ अर्थात एक लाख ६५ हजार ४२८ ले खोप लगाएका छन् ।
खोप लगाउनका लागि प्रदेश १ मा ४४२, प्रदेश २ मा २४१, बागमती २२१ र गण्डकी प्रदेशमा ४२८ केन्द्र तोकिएको छ । त्यस्तै, लुम्बिनी प्रदेश ५९९, कणार्ली १७१ र सुदूरपश्चिम प्रदेशमा ३१७ केन्द्र तोकिएको छ ।
भर्खरै
विमान दुर्घटनाका साक्षी भन्छन्, कान्लामा नठोक्किएको भए जहाज सिधै बस्तीमा पस्ने थियो
बजेटबारे सांसदको चर्को असन्तुष्टि
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक नियुक्त
पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षाको सुनिश्चितता
कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु
शक्ति राष्ट्रबीचको टकराव साना मुलुकको चुनौती : प्रधानसेनापति शर्मा
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं