पोखरा म्याराथन अन्तर्गत ह्विल चियर र दृष्टिविहिन दौड

पोखरा म्याराथन अन्तर्गत ह्विल चियर र दृष्टिविहिन दौड

8

पोखरा,२३ फागुन । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिवार ह्विल चियर र दृष्टिविहिन महिला तथा पुरुष दौड सम्पन्न भएको छ ।

“१५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन” अन्तर्गत सम्पन्न प्रतियोगितामा ह्विल चियर पुरुषतर्फ शुरेस गौली प्रथम भएका छन भने भरत अधिकारी दोस्रो र भरत विक्रम बानियाले तेश्रो स्थान हात पारेका छन् । उनीहरुले क्रमश नगद ७, ५ र ३ हजार सँगै मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।

ह्विल चियर महिला दौडतर्फ अन्जु बराल प्रथम भइन् भने प्रवित्रा विक दोस्रो र धना मगरले तेश्रो स्थान हात पारेकी छन् । महिला ह्विल चियर दौडतर्फ विजेताले क्रमश नगद ७, ५ र ३ हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे ।

यसैगरी दृष्टिविहिन पुरुष दौडतर्फको उपाधि सुनिल राना मगरले हात पारे । उनले उपाधि सँगै नगद ७ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । प्रमोद दाहाल दोश्रो र प्रेम क्षेत्रीले तेश्रो स्थान हात पारे । उनीहरुले दुवैले क्रमश ५ हजार र ३ हजारका साथमा मेडल र प्रमाणपत्र हात पारे ।

महिला दृष्टिविहिन दौडतर्फ विनिता पुन प्रथम भइन् भने माया गौतमले दोश्रो स्थान र सृजना परियार तेश्रो स्थान प्राप्त गर्दै क्रमश नगद ७, ५ र ३ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्न सफल भए ।

विजेताहरुलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य सम्पन्न श्रेष्ठ, गैर आवाशिय नेपाली संघ यूकेका पूर्व अध्यक्ष मुछेत्र गुरुङ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी लगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

यस अघि कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले प्रतियोगिताका निर्णायकहरुलाई झण्डा हस्तान्तरण गरी प्रतियोगिता उद्घाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
07 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 07 Sep 2024 00:20 UTC
Latest change: 06 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.32
Indian Rupee 
Indian Rupee
83.91
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.48
Japanese Yen 
Japanese Yen
143.05
US Dollar 
US Dollar
1
07 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 07 Sep 2024 00:20 UTC
Latest change: 06 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀