काठमाडौँ, २१ फागुन (रासस)। ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएका तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको जीवनवृतान्त समेटिएको पुस्तक ‘स्मृतिमा रवीन्द्र अधिकारी’को लोकार्पण गरिएको छ ।
रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा उक्त स्मृतिग्रन्थ सार्वजनिक गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र सो प्रतिष्ठानका अध्यक्ष विद्या भट्टराईले संयुक्त रुपमा पुस्तकको सार्वजानिक गरेका थिए । पुस्तकमा स्व अधिकारीका बहुआयामिक योगदानका विषयमा १२२ लेखकका लेख समेटिएका छन् ।
प्रतिष्ठानका सल्लाहकार प्राडा हेमनाथ पौडेलले अधिकारीको दोस्रो स्मृति दिवसका सन्दर्भमा पारेर सार्वजनिक गरिएका पुस्तकमा अधिकारीले जीवनकालमा गरेका गतिविधि र योगदानका विषय समावेश गरिएको जानकारी दिए ।
उनका अनुसार पुस्तकका शुरुआती खण्डमा अधिकारीको जीवन वृत्तान्त र अर्का भागमा ३१ राजनीतिज्ञका संस्मरणात्मक लेख समावेश गरिएको छ । अधिकारीले प्राज्ञिक तथा सामाजिक क्षेत्रमा गरेको योगदानको विषयमा ७६ लेखकका लेख पनि उक्त पुस्तकमा राखिएको छ । अन्य २१ लेखकले पारिवारिक संस्मरण लेखेका छन् भने अधिकारीले राजनीतिक जीवनमा दिएको अन्तरवार्ता तथा मन्तव्यलाई पनि पुस्तकमा समावेश छ ।
यस्तै वैचारिक विषय, हस्तलिखित सामग्री, शोक पुस्तिकाका अंश, श्रद्धाञ्जलि र समवेदनामा विशिष्ट व्यक्तिबाट व्यक्त अभिव्यक्ति र उनी सहभागि भएका महत्वपूर्ण कार्यक्रमका तस्वीर पनि पुस्तकका सामग्री रहेको प्राडा पौडेलले जानकारी दिए ।
प्रतिष्ठानका अर्का सल्लाहकार भरतराज पहारीले अधिकारी स्कुल पढ्दादेखि नै सामाजिक क्षेत्रमा लागेकाले पनि छोटो समयमै लोकप्रिय नेता बन्न सफल भएको बताए ।
उनका सहकर्मी तथा सँगैका विद्यार्थी नेता लेखनाथ न्यौपानेले विद्यार्थी आन्दोलन र यातायातमा विद्यार्थी सहुलियत लागू गराउने सन्दर्भमा अधिकारीको योगदान भुल्न नहुनेमा बताए ।
अर्थविज्ञ डा सुर्यराज आचार्यले आर्थिक सामाजिक रुपान्तरणमा राजनीतिलाई अर्थतन्त्रसँग जोड्नुपर्छ भन्ने कमै नेतामध्ये स्व अधिकारी भएको बताए ।
सांसद विन्दा पाण्डेले जस्तो सुकै अफ्ठ्यारो परिस्थितिमा पनि धैर्यताका साथ काम गर्न सक्ने असल नेताको रुममा अधिकारीलाई चिनेको बताए ।
मौसममा आएको खराबीका कारण दुई वर्षअघि फागुन १५ गते ताप्लेजुङको पाथिभराबाट फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परी अधिकारीको निधन भएको थियो ।
भर्खरै
विमान दुर्घटनाका साक्षी भन्छन्, कान्लामा नठोक्किएको भए जहाज सिधै बस्तीमा पस्ने थियो
बजेटबारे सांसदको चर्को असन्तुष्टि
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक नियुक्त
पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षाको सुनिश्चितता
कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु
शक्ति राष्ट्रबीचको टकराव साना मुलुकको चुनौती : प्रधानसेनापति शर्मा
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं