पोखरा १३ र याङ्जाकोटमा काँग्रेस जागरण, दोषारोपण नगरौं, जिम्मेवारी वहन गरौ – शर्मा

पोखरा १३ र याङ्जाकोटमा काँग्रेस जागरण, दोषारोपण नगरौं, जिम्मेवारी वहन गरौ – शर्मा

sukraj sharma

पोखरा, ५ असोज । नेपाली काँग्रेस जागरण अभियान अन्तर्गत दोस्रो चरणमा क्षेत्र नं १(ख) कास्कीका विभिन्न स्थानमा जागरणसभा भएको छ ।

त्यसक्षेत्र अन्तर्गत पोखरा १३ र मादी गाउँपालिकाको याङ्जाकोटमा छुट्टाछुट्टै जागरणसभा भएको जिल्ला सदस्य एवं प्रचार संयोजक नवीन सिग्देलले जानकारी दिए ।

पोखरा १३ मा आयोजित जागरणसभासँगै वडा कार्यसमिति पोखरा १३ समायोजन गरिएको छ । सो वडाको सभापतिमा विष्णु बराल चयन भएका छन् ।

जागरणसभामा काँग्रेस नेता शुक्रराज शर्माले पार्टीभित्र एकअर्कालाई दोषरोपण गर्ने र आफूले जिम्मेवारी वहन नगर्ने प्रवृत्ति मौलाउदा पार्टीमा क्षति पुगेको बताए । उनले पार्टी सुधार्न जागरण अभियान सार्थक बन्ने उल्लेख गरे ।

पूर्व मन्त्री यज्ञबहादुर थापाले नयाँ ढंग र सोच पार्टीलाई आवश्यक रहेको औल्याए ।

त्यस अवसरमा कास्की काँग्रेस सचिव देवेन्द्र रानाभाट, क्षेत्र नं १(ख) सभापति कृष्ण कोइराला, काँग्रेस पोखरा महानगर सभापति बजिरमान श्रेष्ठ, महाधिवेशन प्रतिनिधि किशोरदत्त बराल, नेतृ सरस्वती गुरुङ, नेपाली काँग्रेस कास्कीका सदस्य एवं नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल,नेपाल तरुण दल कास्कीका उपसभापति दीपक गुरुङ, नेपाल महिला संघ पोखरा महानगर सभापति माया बराल र क्षेत्रीय प्रतिनिधि शिरोमणि बरालले बोलेका थिए ।

वडा कार्यसमिति सभापति विष्णु बरालको अध्यक्षतामा भएको कार्यक्रममा अर्का सभापति अर्जुन सिग्देलले स्वागत र महिला संघ क्षेत्र नं २ कास्की सचिव रामकुमारी पौडेलले सञ्चालन गरेकी थिइन् ।

उता याङ्जाकोटमा आयोजित कार्यक्रममा पार्टीलाई योगदान पु¥याएका टेकनसिंह गुरुङ, कर्णबहादुर गुरुङ, कृष्णलाल सापकोटा, केशव सापकोटा, किर्तिमान गुरुङ, देवीलाल रानाभाट, चन्द्रकान्त सापकोटा, रामबहादुर लामा, दत्तबहादुर सापकोटा, ज्येष्ठ सदस्य पुण्यप्रसाद सापकोटा र खिमावती सापकोटालाई सम्मान गरिएको छ ।

त्यस्तै, मृत्युपर्यन्त किताबसिंह गुरुङ, चित्रबहादुर गुरुङ, दलबहादुर गुरुङ, लालबहादुर गुरुङ, लालबहादुर रानाभाट, वीरबहादुर परियारलाई सम्मान गरिएको थियो ।

त्यस अवसरमा काँग्रेस केन्द्रीय सदस्य जीवन परियार, पूर्व मन्त्री यज्ञबहादुर थापा, काँग्रेस क्षेत्र नं १ कास्की सभापति बिर्जमान गुरुङ, महासमिति सदस्य गिरिराज गौतम, प्रदेश सभापति कृष्ण कोइराला, नीति तथा प्रशिक्षण प्रतिष्ठान सदस्य किशोरदत्त बराल, सरस्वती गुरुङ, महाधिवेशन प्रतिनिधि परशुराम बि पोखरेल, जिल्ला सदस्य गौरी सापकोटा, नवीन सिग्देल, वडाध्यक्ष यम गुरुङले बोलेका थिए ।

नेपाली काँग्रेस मादी गाउँपालिकाका सभापति देवीजंग गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष मनबहादुर गुरुङले स्वागत र सचिव भानु ढकालले सञ्चालन गरेका थिए ।

जागरण समापन भरतपोखरीमा
काँग्रेस जागरण अन्तर्गत दोस्रो चरण कास्कीमा असोज ७ गते वर्तमान सरकार विरुद्व प्रदर्शन गरी भरतपोखरीमा समापन गरिने भएको छ ।

कास्की काँग्रेसको शनिवारको बैठकले केन्द्रीय सदस्य एवं पूर्व अर्थमन्त्री महेश आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम गरी समापन गर्ने निर्णय गरेको हो ।

बैठक कास्की काँग्रेसका कार्यवाहक सभापति आइबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

भदौ २४ देखि शुरु भएको काँग्रेस जागरणको दोस्रो चरणमा कास्कीका तीन वटै निर्वाचन क्षेत्रका वडातहसम्म विविध कार्यक्रम सञ्चालन भैरहेको जिल्ला सदस्य एवं प्रचार संयोजक नवीन सिग्देलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

लमजुङमा सुन्तला उत्पादनमा ह्रास
‘टिकटक चलेको भए खबर गरौँ’
आज गाई पूजा, पशुपतिमा गरियो सामूहिक गाई पूजा
तिहारको दोस्रो दिन: धनधान्यकी देवी लक्ष्मी पूजा

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
20 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 19 Sep 2024 20:30 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.9down
Indian Rupee 
Indian Rupee
83.65down
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.47down
Japanese Yen 
Japanese Yen
143.13up
US Dollar 
US Dollar
1
20 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 19 Sep 2024 20:30 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀