Cheap Clonazepam Online पोखरा, २२ फागुन । मादी गाउँपालिका वडा नं ५ सुनपँदालीफाटस्थित ओमकारेश्वर शिव मन्दिरमा हुने श्रीमद्भागवत् विराट ज्ञान महायज्ञको तयारी पूरा भएको छ ।
see ओमकारेश्वर शिवालय सेवा समितिले गर्न लागेको महायज्ञ फागुन २३ देखि ३० गतेसम्म चल्ने छ ।
https://www.anonpr.net/80v9echo ६ फिटका एक सय आठ ओटा जलधारा सहितको शिवलिङ्ग र विष्णु शैया बनाउनका लागि अर्थ संकलन गर्ने उदेश्यले महायज्ञ आयोजना गर्न लागिएको महायज्ञ मूल आयोजक समितिका संयोजक भुपेन्द्रप्रसाद अधिकारीले बताए ।
त्यस्तै, मन्दिर संचालनका लागि अक्षयकोष स्थापना गर्ने तथा संस्कृत विश्वविद्यालय स्थापनाका लागि समेत पहल गर्ने बताइएको छ ।
महायज्ञबाट दुई करोड रुपैया संकलन गर्ने लक्ष्य रहेको महायज्ञ मूल आयोजक समितिका सचिव कृष्णप्रसाद गौतमले जानकारी दिए । महायज्ञ सम्पन्न गर्न १८ देखि २० लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ ।
महायज्ञ उद्घाटनपूर्व २३ गते कलशयात्रा निकालिने छ । पोखरा – १३ काँहुखोलाबाट शुरु हुने कलशयात्रा विभिन्न स्थान परिक्रमापछि महायज्ञस्थल पुगेर उद्घाटन समारोहमा परिणत हुने छ ।
महायज्ञसँगै तुलादान, ब्रतबन्ध, योग शिविर, चौरासी पूजा, ग्रहशान्ति, सहस्र शिव पूजा अर्चना, संङ्गितमय प्रवचन गरिने छ । महायज्ञमा युवा पण्डित कमलनयन गौतमले भागवत् वाचन गर्ने छन् ।
कास्कीको पूरानो प्राचिन मन्दिर भइकन पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेकाले महायज्ञले मन्दिरको प्रचारप्रसारमा समेत टेवा पु¥याउने अपेक्षा गरिएको छ ।
यसअघि १४ वर्ष पहिलेपनि महायज्ञ आयोजना गरिएको थियो । त्यतिबेलाको महायज्ञबाट संकलित रकमबाट सभाहल सहितको भवन निर्माण गरिएको थियो ।
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं