https://lavozdelascostureras.com/ao4226tzdch पोखरा, ६ माघ । नेपाल मुस्लिम संघको गण्डकी प्रदेश स्तरीय भेला पोखरामा शनिवार सम्पन्न भएको छ ।
Buy Soma Online Us Pharmacy नेपाल मुस्लिम संघ केन्द्रीय समितिको आयोजना तथा कास्की शाखाको व्यवस्थापनमा भेला भएको हो ।
follow भेला उद्घाटन गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार विरुद्व संसद र सडकबाट शशक्त कदम चाल्नु पर्ने समय भएको बताए ।
एक वर्षसम्म सरकारका गतिविधि चुपचाप सहदै आएको तर अब अति भएको भन्दै उनले शशक्त अघि बढ्नु पर्ने अवस्था आएको उल्लेख गरे ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले सरकारले मुस्लिम समुदायको मुख्य पर्व बकर इदको विदा समेत कटौती गरेर अपमान गरेको बताए ।
उनले काँग्रेस सवै धर्मलाई उत्तिकै सम्मान गर्ने भन्दै जतिसक्दो धेरै मुस्लिमलाई पार्टीमा संगठित बनाउन आग्रह गरे ।
काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले विगतको इतिहास मेटाएर र विकास भत्काएर सरकारले पूरुषार्थ प्रदर्शन गरेको बताए ।
उनले काँग्रेसलाई गालि गर्ने, कर्मचारी आतंकित पार्ने र भ्रष्टाचार गर्ने बाहेक सरकारले केही गर्न नसकेको टिप्पणी गरे ।
बरिष्ठ नेता पौडेलले देउवा र पौडेल काँग्रेस नभई काँग्रेस मात्र भएर अघि बढ्न आग्रह गरे ।
नेपाली काँग्रेसका महामन्त्री शंशाक कोइरालाले काँग्रेसले जनतालाई सडक, विद्यालय, अस्पताल दिएको भन्दै कम्युनिष्टले भ्रष्टाचार र मंहगी बाहेक केही दिन नसकेको दावी गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री तारानाथ रानाभाट, केन्द्रीय सदस्यहरु जीवन परियार, सुरेन्द्र पाण्डे, अर्जुन जोशी, फर्मुला मन्सुर, प्रदिप पौडेल, कास्की काँग्रेसका सभापति कृष्ण केसी, पूर्वसभापति शुक्रराज शर्मा, पूर्वमन्त्री यज्ञबहादुर थापा, मुस्लिम संघका केन्द्रीय उपाध्यक्ष हाजि रफिक मियाँ, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत, नेपाल महिला संघकी केन्द्री उपाध्यक्ष सरस्वती तिवारी, नेपाल मुस्लिम संघ कास्कीका अध्यक्ष हारुन खान पठान, सहित्यकार हनिफ मियाँ लगायतले बोलेका थिए ।
नेपाल मुस्लिम संघका केन्द्रीय अध्यक्ष अब्दुल सतारको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष डा. अताबुल मन्सुरले स्वागत र महासचिव मोखतार अहमद्ले कार्यक्रम संचालन गरेका थिए ।
Notifications
भर्खरै
इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा प्रधानमन्त्री : ओली
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं