Soma 350Mg Online पोखरा, २२ असोज। विजयादशमी अवसरमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले नवदुर्गा महोत्सव-२०७५ आयोजना गर्ने भएको छ।
https://kanchisilksarees.com/x2qbe3j3 समितिले सोमबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो। समितिले २०६४ सालेदेखि नियमित रुपमा नवदुर्गा महोत्सव गर्दै आएको छ। यसपालि महोत्सवअन्तर्गत घटस्थापनामा नवदुर्गा शोभायात्रा गरिने छ। शोभायात्रामा विन्ध्यवासिनी देवीका नौ रुपको स्वरुप नवकन्याका नौ रथ, विन्ध्यवासिनी मन्दिरको झाँकी मुख्य आकर्षणका रुपमा रहने समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए।
https://musicboxcle.com/2025/04/954xcxlket उनका अनुसार शोभायात्रामा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, आमा समूह, भजन समूह, भक्तजन लगायतको सहभागिता रहने छ। मन्दिर परिसरबाट शुरु हुने शोभायात्रा पोखराका विभिन्न स्थान परिक्रमा गर्नेछ। घटस्थापनादेखि नवमीसम्म श्रीमद्भागवत् ज्ञानमहायज्ञ हुने र महायज्ञमा पण्डित निजानन्द पौडेलले संगीतमय झाँकी सहितको प्रवचन गर्ने छन्।
र्ँपर्व विशेषका गतिविधिमध्ये दसैंमा नवदुर्गा महोत्सव गर्दै आइरहेका छौं, समिति अध्यक्ष श्रेष्ठले भने, र्ँपर्व विशेषका पूजनोत्सव, धार्मिक गतिविधि र आध्यात्मिक प्रवचनको माध्यमबाट धर्म र संस्कृतिको संरक्षणमा क्रियाशील छौं।’
उनले महोत्सव सम्पन्न गर्न विभिन्न २८ वटा उपसमिति र सल्लाहकार समिति गठन गरिएको बताए। यस्तै, समिति सचिव तीथ श्रेष्ठले दसैं-तिहारबीचमा मठमन्दिरको सम्मेलन गर्ने तयारी गरिएको जानकारी दिए। गण्डकी प्रदेशमा धार्मिक पर्यटनको प्रचूर सम्भावना रहेकाले धार्मिक संघसंस्थाबीच छलफल गर्न सम्मेलन गर्न लागिएको उनको भनाइ छ। सम्मेलनले धार्मिक पर्यटनको विकासका लागि राज्यको ध्यान खिच्न सक्ने बताइएको छ।
मठमन्दिरबीच समन्वय, अन्तरसम्बन्ध र मन्दिर संचालनको अनुभव आदानप्रदान गर्न लागि सम्मेलन महत्वपूर्ण हुने विश्वास लिइएको छ।
– अादर्श समाज सम्वाददाता
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं