follow site पोखरा, २५ साउन । नेपाल महिला संघको ७१ औं स्थापना दिवसको अवसरमा पोखरामा बिहीबार प्रशिक्षण कार्यक्रम गरिएको छ ।
follow site नेपाल महिला संघ कास्कीले सामसामयिक राजनीतिक घटना क्रममा कम्युनिष्ट सरकार र महिला संघको इतिहासका विषयमा प्रशिक्षण कार्यक्रम गरेको हो ।
enter site कार्यक्रममा पाँच सय जना महिला सहभागि थिए । कार्यक्रममा युवा नेता देवराज चालिसे र नेपाल महिला संघकी केन्द्रीय सदस्य कल्याणि रिजालले सहजिकरण गरेका थिए ।
कार्यक्रममा बोल्दै राष्ट्रियसभा सदस्य बृन्दादेवी रानाले अझै पनि कुनै न कुनै रुपमा महिलामाथिको दमन कायम नै रहेको बताईन् । उनले महिला हिंसा बढिरहेको भन्दै त्यसलाई रोक्नका लागि प्रयास जरुरी भएको उल्लेख गरिन् ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीले हरेक क्षेत्रमा महिलाको भुमिका प्रशंसनीय भएको बताए ।
नेपाल महिला संघ कास्कीकी सभापति कोपिला रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति गौरी सापकोटाले स्वागत, सचिवद्वय सीता गुरुङ र कमला बरालले कार्यक्रम संचालन गरेका थिए ।
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं