एकल साँझमा भक्कानिए वसन्त

एकल साँझमा भक्कानिए वसन्त

Ekal-Sanjh-690×518

पोखरा, १५ वैशाख । एकल साँझका लागि जब उनी माइक्रोफोन समात्दै तयार भए, तब उनको परेली भिज्न शुरु भयो । हलभरि खचाखच दर्शक-श्रोता देखेपछि उनी हर्षले विभोर बने। उनले आँसुमात्र खसालेनन्, एकै क्षणमा गला अबरुद्ध बन्यो।

पोखरा उद्योग वाणिज्य संघको सभाहलमा शनिबार पुराना गायक वसन्त थकाली आफ्नो एकल साँझमा प्रस्तुत हुँदै थिए । उक्त साँझको चाँजोपाँचो वसन्त-रुविना फाउण्डेशनले मिलाएको थियो ।

दर्शक-श्रोताको आफूप्रति देखाएको माया, आफू सानै छँदा टुहुरो हुनुपर्दाको क्षण, गायक तारापति सुवेदी र जीवन दाहालले आफूलाई पुनः लोकगीतको क्षेत्रमा फर्काउँदाको योगदान स्मरण गर्दा वसन्तले मन थाम्न नसकेका हुन् ।

एकल साँझमा उनले एकल र युगल स्वरमा एक दर्जन गीत गाए। उनलाई समकक्षी गायिका माया गुरुङ र कृष्णा परियारले साथ दिएका थिए।  लोकगायन क्षेत्रमा डोर्‍याउने प्रेरणाका स्रोत पाण्डव सुनुवार र बासुदेव मुनालले गाएका ‘बाँमरी फूलको बोट’ बोलको एकल गीतबाट उनले एकल साँझको शुरुवात गरे।

त्यस्तै, उनले मुस्ताङको प्रसिद्ध ‘जोमसोममाथि ठिनी गाउँ’ बोलको दोस्रो एकल गीत गाए । २०७० सालतिर उक्त गीत गाएर रेर्कर्ड समेत गराइसकेको वसन्तकै गीत थियो, त्यो ।

साँझमा उनको तेस्रो गीत थियो, ‘घर त मेरो पोखरा’ । जसमा उनलाई लमजुङकी गायिका मायाले साथ दिएकी थिइन्। त्यस्तै मायाले वसन्तलाई ‘माया सल ल’ बोलको गीतमा पनि साथ दिइन् । नेपाली लोक संगीतको क्षेत्रमा ४० को दशकतिर माया गुरुङ चर्चाको शिखरमा थिइन्। त्यस्तै, अर्की समकक्षी गायिका कृष्णा परियारले वसन्तलाई साथ दिइन्। ‘झल्को उही दिनको’, ‘कमल फूल फूल्यो हिलैमा’, ‘अँधेरीमा जूनतारा’ र ‘बाँचुञ्जेल जे छ हजुर’ बोलको गीतमा कृष्णाले साथ दिएकी थिइन्।  गायक वसन्तले सञ्चारकर्मी आरजु बिष्ट सल्यानीले लेखेका ‘पहिले माया लाइएन’ लाई चौथो एकल गीतकै रुपमा प्रस्तुत गरे। त्यसबाहेक वसन्तले ‘गएको राति त्यो मध्यरातमा’ बोलको आधुनिक गीत लगायत ‘गाउँघरको झिल्के म त’ र ‘मलाई मेरो तलबले पुगेन’ शीर्षको एकल गीत प्रस्तुत गरेका थिए।  गायन क्रममा उनले हाल चर्चित लोकगायक तारापति पराजुली र जीवन दाहाललाई बारम्बार सम्झिरहे। लोक गायन क्षेत्रबाट हराएर सामाजिक र खेलकुद क्षेत्रमा रमाएका वसन्तलाई तिनै तारापति र जीवनले पुनः लोकदोहरीको क्षेत्रमा कमब्याक गराएका हुन्। एकल साँझमा वसन्तले प्रस्तुत गरेका ‘अँधेरीमा जूनतारा’, ‘कमल फूल फुल्यो हिलैमा’, ‘झल्को उही दिनको’ र ‘बाँचुञ्जेललाई जे छ हजुर’ तारापति पराजुली र जीवन दाहालका लय र शब्दमा गाइएका गीत हुन्। संगीतकार सुनिल थापा नेतृत्वको संगीत तथा वाद्यवादन टोलीले संगीतमा उनलाई साथ दिएका थिए। ६ एकल र ६ युगल स्वरमा उनी एकल साँझमा गुञ्जिरहे । मुस्ताङ १ -क) बाट निर्वाचित प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले एकल साँझको उद्घाटनमा बोल्दै सामाजिक, खेलकुद र संगीत क्षेत्रमा वसन्तले पुर्‍याएको योगदानले प्रदेशको समृद्धिमा टेवा पुग्ने बताए ।२०१६ मा पोखरा नागढुंगामा जन्मिएर ढिकुरपोखरीमा बाल्यकाल बिताएका वसन्तले २०४० सालबाट लोकगायन यात्रा थालेका हुन्। रेडियो नेपालद्वारा आयोजित प्रतिभाको खोजी प्रतियोगिताबाट वसन्तले आफ्नो गायनयात्रा शुरु गरेका हुन्। २०४० सालमा रत्न रेकर्डिङ संस्थानद्वारा आयोजित पश्चिमाञ्चल लोकगीत सम्मेलनबाट छनोट भई रेडियो नेपालको स्टुडियोमा वसन्तले पहिलोपटक ‘घर त मेरो पोखरा’ बोलको पहिलो गीत रेर्कर्ड गराएका थिए। उनको लोकगायनसहित सामाजिक सेवा तथा खेलकुद क्षेत्रमा योगदान छ। उनी सहारा क्लब पोखराका संस्थापक अध्यक्षसमेत हुन्। आफू र श्रीमतीको नाममा स्थापित वसन्त-रुविना फाउण्डेशनले विकट क्षेत्रमा रहेर शिक्षा तथा कला क्षेत्रबाट पछि परेका बालबालिकालाई सहयोग पुर्‍याउँदै आएको छ।

– नारायण शाही,आदर्श समाज दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च
फेरि होला लकडाउन ?
राष्ट्रपति भण्डारी बंगलादेश जाने
फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
आज श्रीस्वस्थानी व्रत सकिदै
बर्ड फ्लुको उच्च जोखिम

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
21 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 20 Sep 2024 21:00 UTC
Latest change: 20 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.71down
Indian Rupee 
Indian Rupee
83.53down
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.47
Japanese Yen 
Japanese Yen
144.4up
US Dollar 
US Dollar
1
21 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 20 Sep 2024 21:00 UTC
Latest change: 20 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀