शुभकामना कपको उपाधि स्याड्डजा वालिड्ड युनाईटेडलाई

शुभकामना कपको उपाधि स्याड्डजा वालिड्ड युनाईटेडलाई

30772243_1961511280590234_857731422_o

पोखरा, ७ वैशाख। हेमजा युनाईटेड पोखरा लेखनाथ – २५ हेमजाद्धारा आयोजित शुभकामना कप नकआउट फुटबल प्रतियोगिता–२०७५ को उपाधि स्याड्डजा वालिड्ड युनाईटेडले हात पारेको छ।

शनिवार भएको फाइनल खेलमा अमरसिंह व्वाईज क्लबलाई ३–१ ले पराजित गर्दै स्याड्डजा वालिड्ड युनाईटेडले शुभकामना कपको उपाधि चुमेको हो । विजेतासँगै स्याड्डजा वालिड्डले नगद दुई लाख २२ हजार २ सय २२, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त ग¥यो ।

यता उपविजेता बनेको अमरसिंह व्वाईज क्लबले १ लाख ११ हजार १ सय ११ ट्रफी मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

शनिवार भएको खेलमा स्याड्डजा वालिड्ड युनाईटेडका जर्सी नं. ४ का टिकराज गुरुङले तीन मिनेटमा गोल गरी अग्रता कायम गरेका थिए। यस्तै जर्सी नंं. ८ का सञ्जु रानाले १७ मिनेट र जर्सी नंं. ७ का अजित मियाँले ६९ मिनेटमा एक÷एक गोल गरे । यता अमरसिंह व्वाईज क्लबका जर्सी नंं. ४ का पदम भट्टराईले ५२ मिनेटमा सान्त्वना गोल गरे। खेलमा स्याड्डजा वालिड्ड युनाईटेडका टिकराज गुरुङ म्यान अफ दि म्याच घोषित भए।

प्रतियोगितामा आयोजक हेमजा–११ ‘ए’ अनुशाशित टिम घोषित हुदै नगद १० हजार र ट्रफी प्राप्त ग¥यो।

खेलमा सर्वोकृष्ट खेलाडी स्याड्डजा वालिड्डका कृष्ण कुँवर, उत्कृष्ट कोचमा स्याड्डजा वालिड्डका दिलिप थापा, उत्कृष्ट गोलकिप्परमा स्याड्डजा वालिड्डका राजुबाबु थापा, उत्कृष्ट डिफेन्डर स्याड्डजा वालिड्डका आशिष गुरुङ, उत्कृष्ट मिड फिल्डर अमरसिंह व्वाईज क्लबका मनोज गुरुङ, उत्कृष्ट स्टाइगरमा स्याड्डजा वालिड्डका लक्ष्मण रुचाल र सर्वाधिक गोलकर्तामा स्याड्डजा वालिड्डकै विश्वास श्रेष्ठ घोषित भए । सर्वोकृष्ट खेलाडीले सात हजार ट्रफी तथा अन्य विधागतलाई पाँच÷पाँच हजार र ट्रफी प्रदान गरियो ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश नं. ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले खेलको स्तरवृद्धी गर्नका लागि प्रदेश सरकार लागेको जानकारी दिए ।

कार्यक्रममा पूर्वसांसद शारदा पौडेल, पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, पोखरा लेखनाथ–२५ हेमजाका अध्यक्ष शोभाकर तिमिल्सिना, पूर्वगाविस अध्यक्ष रामचन्द्र त्रिपाठीले बोलेका थिए । कार्यक्रममा प्रतियोगितालाई सहयोग गर्ने विभिन्न संघ संस्था तथा व्यक्तिलाई सम्मान गरिएको हेमजा युनाईटेडका कोषाध्यक्ष इन्द्रबहादुर कुँवरले जानकारी दिए।

हेमजा युनाईटेडका अध्यक्ष इन्द्रप्रसाद त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनोज कुमार श्रेष्ठले स्वागत तथा सचिव शंकरमणि त्रिपाठी ‘छन्दमणि’ र सन्तमान श्रेष्ठले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गरेका थिए।

यसैगरी प्रदेश प्रमुख कुँवरलाई कुँवर समाज हेमजाले सम्मान गरेको छ। प्रतियोगिताको समापन कार्यक्रममा सहभागि हुन आएका कुँवरलाई यहाँको कुँवर समाजले सम्मान गरेको थियो। त्यसअवसरमा डबलबहादुर कुँवर, बलबहादुर कुँवर, बिशालजंग कुँवर र ओमबहादुर कुँवरले यहाँको बारेमा जानकारी गराएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
19 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 19 Sep 2024 00:05 UTC
Latest change: 18 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.01
Indian Rupee 
Indian Rupee
83.71
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.47
Japanese Yen 
Japanese Yen
141.66
US Dollar 
US Dollar
1
19 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 19 Sep 2024 00:05 UTC
Latest change: 18 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀