फेवाताल किनारमा फेवा महोत्सव हुदै

फेवाताल किनारमा फेवा महोत्सव हुदै

Fewa 2
पोखरा, २७ चैत ः पोखराको फेवा किनार स्थित कोमागाने पार्कमा १५ औं फेवा नव वर्ष महोत्सव बुधबारबाट सुरु हुँदै छ ।
फेवा तालको संरक्षण गरौं भन्ने मूल नाराका साथ सुरु हुने महोत्सव चैत २८ गते देखि आगामी वैशाख २ गते सम्म चल्ने छ ।
महोत्सवको सम्पूर्ण तयारी सकिएको आयोजक संघका अध्यक्ष एवं महोत्सव संयोजक विकल तुलाचनले मंगलबार महोत्सवस्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
महोत्सव एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने सो अवसरमा तुलाचनले जानकारी दिए । विहान ११ बजेदेखि राति १० वजेसम्म महोत्सव चल्ने छ । तर ३० गते राति भने १ बजेसम्म संचालन हुने जनाइएको छ ।
दिउसोका कार्यक्रमको टिकट ५० रुपैयाँ र राति प्रवेशका लागि एक सय ५० रुपैयाँ कायम गरिएको छ । दिनप्रतिदिन प्रदूषित र संकुचित हुँदै गएको फेवा तालको संरक्षण गर्दै आन्तरिक एवं बाह्य पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्य महोत्सवले लिएको संघका महासचिव गणेशराज पहारीले जानकारी दिए ।
नेपालका मुख्य शहरहरुमा अंग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ वर्र्ष पनि उत्तिकै महत्वका साथ प्रचार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने उद्धेश्य महोत्सवले लिएको छ । महोत्सव अघि स्थानीय हल्लनचोकबाट सांस्कृतिक झाँकी सुरु भई कोमागाने पार्कमा पुगी उद्घाटन कार्यक्रममा सरिक हुने छ ।
पर्यटन, संस्कृति र खाना फेवा महोत्सवका मुख्य आकर्षण रहने छन् । महोत्सवमा खानाका १० र अन्य ३० व्यापरिक गरी कूल ४० स्टल रहने छन् । महोत्सवका पाहुनालाई छुटसहितका प्याकेज यसअघि नै सार्वजनिक गरिएको थियो ।
नेपाली तथा विदेशी खाना, सांस्कृति कार्यक्रम, लोक दोहोरी, पप कन्सर्ट, पर्यटक र डुंगा दौड, व्यापारिक स्टल, हाँस्य कलाकारको प्रस्तुती, खुल्ला नृत्य र रत्यौली गीत प्रतियोगिता जस्ता आकर्षण पनि महोत्सवले समेटेको छ ।
महोत्सवमा ५६ लाख आम्दानी, ४८ लाख ९५ हजार खर्च र सात लाख पाँच हजार रुपैयाँ बचत हुने अनुमान गरिएको छ । यति ब्रुअरीको अर्ना वियर महोत्सवको मुख्य प्रायोजक र नेपाल पर्यटन बोर्ड प्रबद्र्धक रहेको छ ।
वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्मा र आयोजक संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले पत्रकार सम्मेलनमा भनाई राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
20 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 20 Sep 2024 00:35 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.9
Indian Rupee 
Indian Rupee
83.65
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.47
Japanese Yen 
Japanese Yen
143.13
US Dollar 
US Dollar
1
20 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 20 Sep 2024 00:35 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀