पोखरा, १ चैत । । वातावरण प्रदुषण गराएको भन्दै नेपाल सरकारले २०७४ चैत्र १ गते(आज बिहीबार) वाट २० वर्ष पुराना भाडाका सवारी साधनलाई चल्न नदिने भएको छ।
२०७२ चैत्र १ गतेको मन्त्रीपरिषद्को निर्णयवाट २० वर्ष पुराना सार्वजनिक सेवाका सवारी साधन हटाउने निर्णयलाई कार्यन्वयनमा ल्याएको हो ।
सरकारको यो निर्णयवाट करिव ६ हजार वढी भाडाका सवारी साधनहरु सडकवाट विस्थापित भर्ई कवाडी खानामा थन्कने छन् ।
सरकारको यो निर्णय कार्यान्वयन गर्न नदिन यातायात व्यवसायीहरुको यातायात व्यवसायी राष्ट्रिय महासंघ र सर्वोच्च यातायात राष्ट्रिय महासंघले चुनौती दिने भएका छन् ।
उनीहरुले पूँजी पलायन हुने र त्यसवाट हजारौंको रोजी रोटी गुम्ने अवस्था आएको भन्दै सरकारको अलोकप्रिय निर्णय खारेज गर्न माग गरेका छन् ।
तर सरकारले यो निर्णयमा कुनै सम्झौता हुन नसक्ने बताउँदै आएको छ । यातायात व्यवस्था विभागले आउँदो चैत्र १ गते वाट सडकमै उत्रेर अनुगमन गरी कारवाहि गर्ने जनाएको छ । सरकारले सम्पूर्ण सार्वजनिक सवारी साधन लाई २० वर्षे नीति अक्षरस कार्यान्वयन गरिने बताएको छ ।
पर्यटन नम्बरका सवारी साधन समेत चल्न नपाउने गरी विभागले देशभर रहेका मातहतका निकायहरुलाई निर्देशन दिएको छ । निर्णय गर्ने सरकार र अवज्ञा गर्ने व्यवसायी वीच ठूलै टक्कर हुने अवस्था देखिएको छ ।
गण्डकी अञ्चल यातायात व्यवस्था कार्यालयमा दर्ता भई अभिलेख कायम रहेका मध्य १६०४ वटा सवारी साधन २० वर्ष पूराना छन् ।
कार्यालय प्रमुख अच्युत रेग्मीले चैत्र १ गतेबाट २० वर्ष पुराना भएका सार्वजनिक सवारी साधन संचालनमा रोक लगाउन प्रहरी सहितको अनुगमन समिति वनाएरै सडकमा उत्रने वताए ।
भर्खरै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा प्रधानमन्त्री : ओली
विपद्का बेला सक्रियता बढाउन गृहमन्त्री लेखकको निर्देशन
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं