रञ्जितको सम्मानमा घन्किनेछ पोखरामा उनकै गीत

रञ्जितको सम्मानमा घन्किनेछ पोखरामा उनकै गीत

Ranjeet Gazmer

पोखरा, २९ माघ । बरिष्ठ संगीतकर्मी तथा गीतकार रञ्जित गजमेरको सम्मान तथा अभिनन्दनमा पोखरामा विशेष कार्यक्रम हुने भएको छ ।

नेपाली चलचित्र गीतका लिजेन्ट गजमेरको सम्मान तथा अभिन्दनसँगै विशेष फागुन १९ गते पोखरामा उनकै गीत घन्किने भएको हो ।

पोखराको लोप्रिय कन्दरा ब्यान्ड र पोखरा महानगरपालिकाले संयुक्त रुपमा विशेष कार्यक्रम गर्न लागेको सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

‘जसले नेपाली सिने जगतलाई लोकप्रिय तथा कर्णप्रिय गीत दिए । जसले गीतमा नेपाल स्वाद दिए, उनैको सम्मान तथा अभिनन्दमा विशेष सांगीतिक कार्यक्रम गर्न लागेका हौं,’ कन्दरा ब्यान्डका विवेक श्रेष्ठले भने, ‘नेपालीलाई यति ठूलो उपहार दिने व्यक्तित्वको सम्मानमा किन केही नगर्ने भनेर कार्यक्रम आयोजना गरेका हौं ।’

संगीतको उत्सवमय सहर पोखरालाई अर्को सम्मानयोग्य र उत्सवमय सांगीतिक इट्टा थप्नका लागि नवीन सोच ल्याएको उनले बताए । ‘हामीले सर्जक मरिसकेपटि उनको सम्झनामा वा स्मृतिमा थुप्रै कार्यक्रम गरेका छौं,’ विवेकले भने, ‘सर्जकको सम्मान गर्नुपर्छ तर जिउँदो हुँदा नै गर्नुपर्छ भन्ने सन्देश दिन पनि खोजेका हौं ।’

गजमेरलाई अगाडि राखेर चर्चित गायकगायिकाले उनकै गीत गाउनेछन् । गायक कर्णदास, रामभक्त जोजिजू, कन्दराका विवेक श्रेष्ठ, विनोद बानिया, रजनी राइ, अजुदा थापा, स्वरुपा आशा र रोबी गौली लगायतले लाइभ कन्सर्टमा उनकै गीत गाउने छन् । सोही दिन पोखराका वाङमयिक संस्थाले गजमेरको अभिनन्दन गर्नेछन् ।

‘नेपाली चलचित्रका मौलिक गीत भन्नेबित्तिकै गजमेरको नाम आउँछ । उनले एकसे एक मौलिक गीतमात्रै नेपालीलाई दिएका छैनन् नेपाल र भारत सांगीतिक पुल पनि बनेका छन्,’ कवि तथा गीतकार तीर्थ श्रेष्ठले भने, ‘हाम्रा गीतहरु भारतीयबाट प्रभावित छन् भन्ने गरिन्छ तर नेपालीबाट पनि भारतीय प्रभावित छन् भन्ने एक उदाहरण हुन् रञ्जित गजमेर ।’ नेपाली मादलको आवाजलाई बलिउडमा छिराउने र भारती संगीतकर्मीले समेत श्रद्धाले रञ्जितको नाम लिने तीर्थले बताए ।

सोही दिन विवेक श्रेष्ठ र स्वरुपा आशाको आवाज, रञ्जित गजमेरको एकल संगीत, स्वर्गीय गीतकार अगमसिंह गिरी, कुशुम गजमेर, अर्जुन सापकोटा र रञ्जितका शब्दमा ‘रञ्जित गजमेरको कृति’ एल्बम विमोचन हुने आयोजकले जानकारी दिएको छ ।

सन् १९८१ मा ‘बाँसुरी’बाट नेपाली चलचित्रमा आफूलाई समाहित गराएका गजमेरले सयौं गीतमा संगीत र केही गीतमा आवाज दिएका छन् । ‘सम्झना’, ‘कुसुमे रुमाल’, ‘बासुदेव’, ‘साइनो’, ‘लाहुरे’, ‘चिनो’, ‘दुई थोपा आँसु’, ‘कोसेली’, ‘दर्पण छाया’ जस्ता गीतमा उनी एकछत्र छाए । उनी अहिले पनि हार्माेनियममा ‘वीरताको चिनो वीरको सन्तान, शहीदको रगत, लाहुरेको निशानी’ बजाइरहन्छन्, जुन गीतले नेपालीले शान उचो भएको महसुस गर्ने संगीतकार सुनील थापा बताउँछन् ।

१९६७ मा गजमेर काठमाडौं आएर रेडियो नेपालमा स्टुडियो संगीतकार पनि बनेका थिए । पछि उनी मुम्बई (बम्बई)मा संगीतिक करियर बनाउन आरडी बर्मनको सहकार्य गर्न पुगेका थिए र उनले थुप्रै भारतीय फिल्ममा संगीत भरेका छन्, नेपाली मादल घन्काएका छन् ।

सन् १९८२ मा उनले आशा भोसलेको लागि नेपाली संगीतको व्यवस्था मिलाइदिएका थिए । यो कार्यक्रम पैसा कमाउने हिसाबले नभइ सम्मानका हिसाबले च्यारिटीको रुपमा गर्न लागेको गायक विवेकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

अधिकारीको धम्पुस गाउँ सालैजो गीत बजारमा
उज्ज्वल र सरस्वतीको ‘छाता ओढेर’ गीत सार्वजनिक
डा. थापाले ल्याए ‘अब त जनतासँग नहोस् हजुर झेल’ गित
पोखरा फेशन विक र फेशन अवार्ड नेपालको तयारी पूरा
पाँच लाखको दुलही ड्रेस पोखरा फेशन विकमा
फेशन अवार्ड नेपाल र पोखरा फेशन विक हुने

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
08 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 08 Sep 2024 00:45 UTC
Latest change: 07 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.32
Indian Rupee 
Indian Rupee
83.91
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.48
Japanese Yen 
Japanese Yen
143.05
US Dollar 
US Dollar
1
08 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 08 Sep 2024 00:45 UTC
Latest change: 07 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀