नबिकेका जुत्ता पोखरामा ! अनि यस्तो भयो……..

नबिकेका जुत्ता पोखरामा ! अनि यस्तो भयो……..

Badri jutta

रञ्जन अधिकारी पोखरा, २५ माघ । ‘भारी छुट भन्दै वेस्टेज जुत्ता भिराए । उत्पादक कम्पनी र विक्रेताहरूबाटै उपभोक्ताको पक्षमा कलम चलाउने स्वयं ठगिदाँको पीडा कस्तो होला ?’ गत वर्ष चैत ६ गते अग्रज पत्रकार बद्री बिनोद प्रतिकले सामाजिक सञ्जाल फेसबुकमा आफ्ना फाटेको जुत्ता र यही हरफ सहितका सामाग्री पोष्ट गरे ।

पोखरा प्रदर्शनी केन्द्रमा फागुन १६ देखि चैत ५ गतेसम्म २० दिन हस्तकला तथा नेपाली जुत्ता ब्यापार मेला चलेको थियो । सोहि मेलामा किनेको जुत्ता पाइला नचाल्दै फाटेपछि पत्रकार प्रतिकले यसरी लेखेका थिए । दर्जनौं कमेन्ट आए । कसैले सस्तोको माल यस्तै हो भने । अर्का पत्रकार सञ्जय मल्लले सोहि स्टाटसमा कमेन्ट गरे ‘मेरो पनि दुई दिनमै चैट भो । नेपाली उत्पादनलाई बढावा दिम् भन्ने लागेर किनेको नमज्जाले ठगे ।’ दुवैले शिखर कम्पनीका जुत्ता किनेका थिए ।

मेलामा १५ देखि ७० प्रतिशतसम्म भारी छुटमा जुत्ता बेचिएको थियो । सस्तैमा पाएको जुत्ता गुणस्तरहीन रहेको गुनासो धेरै उपभोक्ताले गरे । सोहि मेलाको दोस्रो संस्करण गर्न आयोजक समूह पोखरा आएको छ । गत वर्ष पोखरा हस्तकला संघसँग मिलेर व्यापक प्रचारप्रसारका साथ संयुक्त रुपमा आयोजना गरेकोमा यस वर्ष आयोजक नेपाली जुत्ता घरले पोखरा सभागृहको खाली चौरमा गर्न शुक्रबारदेखि नै गर्न लागेको अघिल्लो दिनसम्म प्रचारप्रसार भएन ।

मेलाको लागि तयारी गर्दा गर्दै उनीहरुलाई अवरोध भएको छ । अवरोध गर्नेहरु पोहोर गुणस्तरहीन सामान भयो भनेर ठगिने उपभोक्ता भने होईनन् । उनीहरुकै उद्योगबाट उत्पादित जुत्ता बेच्ने पोखराका व्यवसायीहरु हुन् । यि व्यवसायीहरुले पनि उपभोक्ता ठगिए भन्दै अवरोध गरेका होईनन् । खुल्ला चौरमा सस्तोमा जुत्ता बेचेर व्यवसाय चौपट पार्ने भो भनेर उनीहरु मेला रोक्न लागेका हुन् । गत वर्ष २० दिन लगातार चलेको मेला यस वर्ष पनि यस्तै लामो समयसम्म चलाउने मेला आयोजक हाक्कीहाक्की सुनाउँछन् । यसरी सस्तोमा महिनादिनसम्म जुत्ता बेचेपछि आफ्नो व्यापार खत्तम हुने भन्दै व्यवसायी आफ्नै सामानका उद्योगीसँग रुष्ट हुनु पनि अन्यथा होईन । गत वर्ष नै उनीहरु मेला रोक्न चाहन्थे तर संगठित भएका थिएनन् । ६ महिना अघि मात्रै उनीहरुले कास्की जुत्ता व्यवसायी संघ गठन गरेका छन् ।

विहीबार दिउँसो पोखरा सभागृहका खाली चौरभरी जुत्ताले भरिएका बोराहरु छरिएका थिए । भोलिपल्टदेखि सञ्चालन हुने मेला स्थलको तयारी भने रोकिएको थियो । काठमाण्डौबाट मेला गर्न आएका जुत्ता उद्योगीहरु र स्थानीय व्यवसायीहरु चौरमै गोलमेच सम्मेलनको झल्को दिने गरी बसेर कड्किरहेका थिए । नेपाली जुत्ता घरका आयोजक सदस्यहरु नेपाली सामानको प्रवद्र्धन गर्न आएकाले निर्वाध मेला सञ्चालन गर्न दिन आग्रह गरिरहेका थिए भने व्यवसायीका प्रतिनिधिहरु कुनै हालतमा विक्री गर्न नदिने, प्रवद्र्धन गर्ने भए प्रदर्शन गर्न मात्र सुझाव दिन्थे । कुरा नमिलेपछि उनीहरु उठे ।

‘पोखरामा बेच्न नमिल्ने, तपाईंहरुले बेच्न नमिल्ने, गोदाममा फसेका मालहरु मात्र बेच्नुपर्ने भएर आएका हौं भनेर भनेर हामीलाई भन्नुभएको थियो । हाम्रो पसलमा रहेका पुराना सामानहरु चाहिँ के गर्ने ? भन्ने हाम्रो पहिलो प्रश्न हो । ’ कास्की जुत्ता व्यवसायी संघका महासचिव मोहन पौडेलले भने – ‘उहाँहरुकै सामान हामीले बेच्ने हो । अनि हामीसँगै समन्वय नगरी सिधै खुल्ला चौरमा महिनौ व्यापार गरेर पोखराको व्यापार लिएर जान खोजेकोमा हाम्रो विरोध हो । सटरमा बेच्नुस्, नबिकेका सामान बेच्न नेपाली जुत्ता घर जस्तै पसल खोज्नुस्, दिनदिनै बेच्नुस् आपत्ति छैन ।’

उनले पोखराका तीन दर्जन बढी जुत्ता व्यवसायीले मेला हुन नदिने जिकिर गरे । उनले फेन्सी तथा रेडिमेड, कस्मेटिक्स व्यवसायी, काँचो कपडा व्यवसायी, मोबाइल एशोसियसन लगायतका संघसंस्थाको साथ आफूहरुलाई रहेको उनले सुनाए । नेपालको खुल्ला बजारमा सस्तोमा गुणस्तरीय सामान बेच्न किन नपाउने ? भन्ने प्रश्नमा उनले भने – ‘त्यो रेटमा हामी दिन्छौं । हामीले सटरमै दिईरहेका छौं । सामान अनुसारका रेट हुन्छ । स्टकमा रहेका पुराना सामानहरु सस्तोमै दिन्छौं ।’

सल्लाहकार दुर्गा सुवेदीले उपभोक्तालाई लक्षित गरी गर्ने क्रियाकलापको विरोध नगर्ने भन्दै ग्राहकलाई सस्तो र क्वालिटी समेतको दिनुपर्ने बताए । ‘काठमाण्डौ, बुटवल, नारायणगढमा बिक्दैन अनि त्यही माल पोखरामा राम्रो हुन्छ ? एक जोरको जुत्ताको मूल्यमा पाँच जोर बेचिन्छ भने त्यसको क्वालिटी कहाँ हुन्छ ?’ – उनले भने – ‘उहाँहरु यस्तो बेचेर जानुहुन्छ । फलानो कम्पनीको जुत्ता यस्तो भो भनेर हामीकहाँ गुनासो गर्नुहुन्छ । ग्राहकहरुले फेरि त्यही कम्पनीको जुत्ता लगाउँछ र ?’

उनले उपभोक्ता मञ्चलाई क्वालिटी जाँच गर्न चुनौति दिँदै यदि पसलमा बेच्ने जस्तै क्वालिटीको भएको भए त्यही जुत्ता आफूहरुले ल्याउँदा दुई गुणा बढी लिएको ? भनेर प्रश्न गरे । व्यवसाय धराशायी बनाउने, उपभोक्ता ठगी गर्नेलाई महानगर, प्रशासनले टुलुटुलु हेर्न नमिल्ने भन्दै जबरजस्ती मेला भए आन्दोलनमा उत्रने चुनौति दिए ।

संघका अध्यक्ष पवित्रबहादुर नेपालीले नेपाली उत्पादन प्रवद्र्धनका नाममा कालान्तरमा झनै आफ्नै उत्पादन बिक्री नहुने गरी गतिविधि गरेको आरोप लगाए । यसबारे महानगपालिका प्रमुखलाई जानकारी गराईसकेको भन्दै उनले मेयरबाट सकारात्मक जवाफ पाएको बताए ।

नेपाली जुत्ता घर प्रालिका अध्यक्ष होमनाथ उपाध्यायले भने गत वर्ष र अहिलेको मेला फरक रहेको सुनाए । गत वर्षको उत्पादन र डिजाईन फरक रहेको भन्दै उनले गुणस्तरबारे उपभोक्ता समिति, अनुगमन समिति बनाएर जाँच गर्न चुनौति दिए । ‘उपभोक्तालाई चित्त बुझाएर, मूल्य खुलाएर, छुट सम्बन्धी जानकारी गराएरै बेच्ने हो । गत वर्ष पूरानो माल थियो होला यस वर्ष छैन ।’ उनले भने– ‘संसारमै नेपालमा मात्रै जुत्ताको वारेण्टी पाईन्छ । ६ महिनासम्म हामी वारेण्टी दिन्छौं । प्रयोग गर्न नमिले साटेर नयाँ लैजान सक्नेछन् ।’

नेपाली सामान प्रयोग गर्न प्रेरित गर्ने नाममा दुई दिनमै फाट्ने सामान बेचेपछि झन् त्यो सामानप्रति अनिच्छा जाग्दैन ? भन्ने प्रश्नमा उपाध्यायले भने – ‘जुत्तामा प्रयोग हुने पोलियुरिथिनको म्याद २ वर्षको हुन्छ । कुन जुत्ता कहिले उत्पादन भयो भनेर हामीलाई पनि थाहा हुँदैन । त्यसैले यस्तो समस्या आयो होला । हामीसँग पुराना स्टकका छैनन् ।’ उनले सबैको खुट्टामा नेपाली जुत्ता परेको भए आफूहरु आउनु नै पर्ने थिएन भन्दै १५ दिन, १ महिना जुत्ता बेच्दैमा व्यबसायलाई असर नपर्ने बताए ।

नेपालमा हाल साना र ठुला गरि २ हजारभन्दा बढि जुत्ता उत्पादक कम्पनीहरु रहेका छन् । नेपाली बजारको करिब ५५ प्रतिशत हिस्सा नेपाली उत्पादनले नै धान्ने गरेको छ । नेपालमा वार्षिक ३५ करोडको जुत्ता कारोबार हुँदै आएको छ । १५ अर्ब भन्दा बढिको प्रत्यक्ष लगानी रहेको जुत्ता उद्योगहरुले वार्षिक ३ करोड ७५ लाख जोर जुत्ताचप्पलहरु उत्पादन गर्छन् । त्यसो त नेपाली बजारमा वार्षिक ७ करोड जोर जुत्ताको माग रहेको उत्पादक कम्पनीहरुको तथ्याङ्क छ ।

नेपाली जुत्ता घर प्रालिले स्थापनाकालदेखि नै स्वदेशी उत्पादनका जुत्ताहरुको व्यापार गर्दै आएको छ । कुल १० वटा जुत्ता कम्पनीहरु एकै ठाऊमा भएर स्थापना भएको यो कम्पनीले काठमाण्डौ, पोखरा, बुटवल र विराटनगरमा जुत्ता मेला गर्दै आएको छ । हालसम्म काठमाण्डौमा यो कम्पनीले ५ वटा जुत्ता मेला गरिसकेको छ भने बुटवलमा दुईपटक मेला सम्पन्न गरिसकेको छ । त्यस्तै केहि समय अगाडि मात्रै कम्पनीले विराटनगरमा जुत्ता मेला सम्पन्न गरिसके।को छ । कम्पनीको काठमाण्डौमा ५ वटा र पोखरामा १ वटा शो रुम पनि संचालनमा आईसकेको छ । पोखरामा तीन महिना अघि मात्रै चिप्लेढुंगामा नेपाली जुत्ता घर सञ्चालनमा आएको हो ।

स्वदेशी जुत्ताको प्रवद्र्धन गर्ने नारा अघि सारेर नेपाली जुत्ता घर प्रालिले पोखरामा ‘फुटवेयर एक्स्पो २०१८’ (नेपाल जुत्ता चप्पल ब्यापार मेला) शुक्रबारदेखि पोखरा सभागृहमा शुरु हुने जनाएको छ ।

स्टलहरुमा नेपाली उत्पादनका जुत्ताहरु मात्रै रहने आयोजक नेपाली जुत्ता घर प्रालिले जनाएको छ । ‘हामीले नितान्त नेपाली उत्पादनलाई उपभोक्तामाझ परिचित गराउँदै त्यसको बानी बसाल्न यो मेलाको अवधारणालाई अगाडि ल्याएका हौँ ।’ अध्यक्ष होमनाथ उपाध्यायले भने–‘वैदेशिक आयातलाई विस्थापन गरि जुत्तामा नेपाललाई आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

रहेनन्, गजलकार पङ्गेनी
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
20 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 20 Sep 2024 00:35 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.9
Indian Rupee 
Indian Rupee
83.65
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.47
Japanese Yen 
Japanese Yen
143.13
US Dollar 
US Dollar
1
20 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 20 Sep 2024 00:35 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀