पोखराका होटल व्यवसायीको सुझाव, के छ त ?

पोखराका होटल व्यवसायीको सुझाव, के छ त ?

Hotel 1
पोखरा, ५ माघ ः होटलको अकुपेन्सी दर उत्साहप्रद हुन नसकेको र पर्यटन क्षेत्रले दिनप्रतिदिन विविध चुनौतिहरुको सामना गर्दै आउनुपरेको जनाउँदै पश्चिमाञ्चल होटल संघ पोखराले  होटल संचालकहरुसँग छलफल गरेको छ ।
होटल व्यवसायमा अवसर, चुनौति र समाधान विषयक छलफलमा व्यवसायीहरुले हवाई र स्थल मार्गबाट पोखरा सम्मको सहज पहुँच र उनीहरुको बसाई लम्ब्उने विषयमा ध्यान दिनुपर्ने सुझाव राखेका थिए ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष विकल तुलाचनले द्वन्द्व, बन्द, भूकम्प, नाकाबन्दीपछि अव पर्यटन व्यवसाय उत्साहप्रद रुपमा अगाडि बढ्छ कि भन्ने आसा भए पनि त्यस्तो हुन नसक्नु चिन्ताको विषय भएको बताए ।
देश संघीय ढाँचामा अघि बढ्दै गर्दा पर्यटन व्यवसायी र होटल संघले आफूलाई सोही अनुसार ढाल्दै अगाडि बढ्नु अहिलेको एक चुनौति भएको अध्यक्ष तुलाचनको भनाई थियो ।
यी लगायत पर्यटकको बसाई, कनेक्टिभिटी, अस्वस्थ प्रतिस्पर्धा, पर्यटन प्रवद्र्धन लगायत थुप्रै विषयमा व्यवसायी सदस्यहरुसँग राय सुझाव लिएर अगाडि बढ्न कार्यक्रमको आयोजना गरिएको उनले बताए ।
होटलहरुको तह बर्गिकरण गर्दै पर्यटकलाई स्तरीय सेवा दिने उद्धेश्यतर्फ अग्रसर हुन यसअघि पुस ५ गते पनि कार्यक्रम आयोजना गरिएको संघका सल्लाहकार एवं पूर्व अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले जानकारी दिए । पोखरा र वरपरको होटल क्षेत्रमा दुई खर्व रुपैयाँ हाराहारीको लगानी रहेको जानकारी उनले दिए । अहिले होटल क्षेत्रको अकुपेन्सी दर ४० प्रतिशत हाराहारीमा रहेको पनि उनले सुनाए ।
सो अवसरमा बोल्दै संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले फेवातालको संरक्षण, ध्वनी प्रदूषण नियन्त्रण, पर्यटन व्यवसायी विच एकता र पूर्वाधारहरुको निर्माणको विषयमा संघ गंभीर भएर अगाडि बढिरहेको बताए । पर्यटन क्षेत्रका विकृतिलाई एकआपसमा हातेमालो गरेर अन्त्य गर्नुपर्ने भन्दै उनले कुनै समस्या आइपरेमा संघमा जानकारी दिन सदस्यहरुलाई आग्रह गरे ।
संघका सल्लाहकार एवं पूर्व अध्यक्ष गोविन्दराज पहारीले विदेशी अनुभवबाट सिकेर पनि पर्यटन व्यवसायीहरु अगाडि बढ्न जरुरी भएको भन्दै पर्यटन क्षेत्र संवेदनशिल क्षेत्र हो भन्ने बुझेर सोही अनुसार अगाडि बढ्न जरुरी भएको भनाई राखे ।
संघका पूर्व अध्यक्ष एवं सल्लाहकार विप्लव पौडेलले सबै विकृतिहरुको अन्त्य गर्ने जिम्मा होटल संघको मात्र नभएको भन्दै आफूहरुको काम व्यवसाय गर्ने भएको बताए । पर्यटन प्रवद्र्धनका काम अगाडि बढाउँदै अन्य विकृतिहरु विरुद्ध आवाज भने निरन्तर उठाउनुपर्ने उनको सुझाव थियो ।
नयाँ गन्तव्यहरुको पहिचान गरिनुपर्ने, विभिन्न वाहानामा दृष्यावलोकनको अवधि छोट्याउन नहुने, पोखरा सम्बन्धि सूचना दिने व्यवस्था बाहिरी जिल्ला र विदेशमा समेत गरिनुपर्ने, पोखरा जोड्ने सडक सुधारका लागि सरकारलाई दवाव दिनुपर्ने, हवाई सेवा विस्तारका लागि अवाज उठाउनुपर्ने, लेकसाइडका सडकमा ठूला बस पार्किङमा रोक लगाइनुपर्ने, फोहोरको उचित व्यवस्थापन र अबैध होटल तथा पर्यटन व्यवसायविरुद्ध सबै एकजुट हुनुपर्ने सुझाव व्यवसायीले कार्यक्रममा राखेका थिए ।
दक्ष जनशक्तिको परिपूर्तिका लागि पहल गर्नुपर्ने, सम्पदाहरुको संरक्षण, सुहाउँदो मूल्य भन्दा तल झरेर सस्तोमा कोठा उपलब्ध गराउन नहुने, पोखरा–काठमाडौं रुटको हवाई शुल्क महंगो भएको जस्ता विषयमा समेत चर्चा गरिएको थियो । कार्यक्रमको संचालन संघका महासचिव गणेशराज पहारीले गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

लमजुङमा सुन्तला उत्पादनमा ह्रास
‘टिकटक चलेको भए खबर गरौँ’
आज गाई पूजा, पशुपतिमा गरियो सामूहिक गाई पूजा
तिहारको दोस्रो दिन: धनधान्यकी देवी लक्ष्मी पूजा

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
08 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 08 Sep 2024 00:45 UTC
Latest change: 07 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.32
Indian Rupee 
Indian Rupee
83.91
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.48
Japanese Yen 
Japanese Yen
143.05
US Dollar 
US Dollar
1
08 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 08 Sep 2024 00:45 UTC
Latest change: 07 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀