पोखरा, ३ माघ। बन्दका कारण दाङ र धनकुटाको जनजीवन प्रभावित बनेको छ।
पाँच नम्बर प्रदेशको राजधानीको माग गर्दै दाङमा लगातार आज दोश्रो दिन पनि बन्द भएको हो। दाङलाई राजधानी नतोक्दासम्म अनिश्चितकालिन आमहड्तालको आह्वान गरिएको छ।
प्रादेशिक राजधानीको माग राख्दै आन्दोलनमा उत्रिएका धनकुटाबासीले आज आकस्मिक बन्द आह्वान गरेका हुन्।
दाङमा यातायात, उद्योग, व्यवसाय, शैक्षिक संस्था सबै ठप्प छन् । घोराही, तुलसीपुर, लमही, गढवा, भालुबाङ लगायत मुख्य बजार र सडकमा प्रदर्शन भैरहेको छ । बजारका मुख्य चोकमा नाराबाजी र जुलुसहरु भइरहेका छन्। चोकचोकमा टायर बालेर सडक अबरुद्ध गरिएको छ ।
प्रदेशको केन्द्र पर्ने, पर्याप्त भौतिक संरचना र सरकारी जग्गा भएका कारण दाङलाई नै अस्थाई मुकाम तोक्नुपर्ने दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसालले बताए ।
उता धनकुटाको बन्दका कारण बिहानैदेखि कोसी राजमार्गको धरान धनकुटा सडक खण्डमा यातायात चलेका छैनन् । बिहानैदेखि आन्दोलनरत प्रदर्शन जारी राखेका छन् । धनकुटा बजारको जिरो प्वाइन्ट, आत्मारा ढाँट लगायतका स्थानमा सडकमा उत्रिएर यातायात अवरुद्ध पारिएको छ । बजार, पसल, शिक्षण संस्था, उद्योग, कलखाना समेत बन्द रहेको छ ।
बन्द अवज्ञा गरेको भन्दै धनकुटाको आत्मारा ढाटमा आज बिहान बन्दकर्ताले एउटा मोटरसाइकलमा तोडफोड गरेका छन् ।सरकारले धनकुटालाई प्रदेश नम्बर १ को राजधानी तोक्न आनकान गरेको भन्दै जिल्लामा दिनहु जसो प्रदर्शन जारी रहेको छ ।
भर्खरै
लमजुङमा सुन्तला उत्पादनमा ह्रास
यस्ता छन् सरकारका एक वर्षका उपलब्धि (संक्षिप्त विवरण)
‘टिकटक चलेको भए खबर गरौँ’
पूर्वाधारको पर्खाइमा मालिका धुरी
आज गाई पूजा, पशुपतिमा गरियो सामूहिक गाई पूजा
तिहारको दोस्रो दिन: धनधान्यकी देवी लक्ष्मी पूजा
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं