आज फेरि के होला ? यसो भन्छन् प्रहरी र व्यवसायी

आज फेरि के होला ? यसो भन्छन् प्रहरी र व्यवसायी

DSC00436

रञ्जन अधिकारी

पोखरा, २७ पुस । पोखरामा ट्याक्सी मिटरमा गुड्दैनन् । धेरै प्रयास भयो मिटर प्रणाली लागू गर्ने तर कार्यान्वयनमा आउन सकेको छैन । ट्याक्सीले आफूखुशी भाडा असुलेको यात्रुको गुनासो छ भने मिटरमा गुड्ने सडक नै नभएको र मिटर समायोजन व्यवस्था प्रभावकारी नभएको ट्याक्सी चालक/व्यवसायीको आफ्नै तर्क छ ।

कास्की प्रहरीले मंगलबारदेखि मिटरमा नचल्नेमाथि कारवाही गर्न थाल्यो । मंगलबार १८ जना ट्याक्सी चालक पक्राउ परे । उनीहरु रातभर थुनिएपछि यसको विरोधमा बुधबार बिहानदेखि ट्याक्सी व्यवसायी तथा मजदुर आन्दोलनमा उत्रिए । पोखराको पृथ्वीचोक, सभागृहचोक, सृजनाचोक लगायतका मुख्य चोकहरुमा ट्याक्सी तेर्साएर पूर्वान्ह ९ बजेदेखि नै बाटो ठप्प बनाए । यसको प्रत्यक्ष मारमा सवारी चालक परे । मोटरसाईकल समेत छिर्न नसक्ने गरी ट्याक्सीले बाटो अवरोध गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक अशोक सिंह आफै बाटो अवरोध गर्ने ट्याक्सी हटाउन कस्सिए । प्रहरीले चोकचोकमा रहेका ट्याक्सी उचालेरै छेउ लगाए । दिउँसो १ बजेदेखि नै बाटो खुल्यो । बुधबार फेरि १६ ट्याक्सी चालक थुनिएका छन् ।

जिल्ला प्रहरी कार्यालय, कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीले मिटरमा चल्न नमाने वा बढी भाडा लिएमा प्रहरीलाई खबर गर्न आग्रह गर्दै अनुगमन नै गरेको थियो । पहिलो दिन पक्राउ परेका १८ जना ट्याक्सी चालक यातायात कार्यालयमा पाँच हजार जरिवाना तिरेर छुटेका छन् ।

प्रहरी प्रमुख सिंहले भने कास्की जिल्ला भित्र चल्ने भाडाका ट्याक्सीहरुले मिटरमा चलाउन नामानेमा, बढी भाडा लिएमा वा यात्रुले भनेको स्थानमा जान नमानेमा नजिकैको प्रहरी वा ट्राफिक प्रहरीलाई खबर गर्न आग्रह गरेका छन् । मिटरमा ट्याक्सी गुडाउने पूर्वाधार नै तयार नभएको भनिरहेका बेला चालकलाई नै थुनामा राख्ने गरी किन उत्रिएको ? भन्ने प्रश्नमा सिंहले भने– ‘चालक मिटरमा चलाउन मान्छन् । व्यवसायी भने मान्दैनन् । कुरा बाझिएको छ । यात्रु ठगी गर्ने अनि गुण्डागर्दी शैलीमा सबैलाई दुःख दिएर ट्याक्सी तेर्साउने ?’

सिंहले भाडादर समायोजनका लागि पहल गर्न आग्रह गर्दै प्रहरीले आफ्नो क्षेत्रबाट सहयोग गर्न तयार रहेको बताए । वार्ता र संवाद लत्याउँदै प्रहरी सस्तो लोकप्रियताका लागि धरपकडमा उत्रेको आरोप व्यवसायीले लगाईरहँदा उनले भने – ‘प्रहरीले वार्ता गर्ने हो र भन्या ? प्रशासन, यातायातमा जाने हो नि । पोखराको कोर ठाउँमा बाटो अवरुद्ध गर्ने यो तरिका त भएन नि ।’

प्रहरी नायव निरिक्षक शिव थापाले अनियमित किसिमले भाडा लिने वा मिटरमा जान नमान्नेलाई कारबाही थालिएको बताए । उनले जनगुनासोलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालयको समन्वयमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले छड्के जाँच सुरु गरेको जानकारी दिए । यातायात कार्यालयले पक्राउ परेकालाई जनही ५००० जरिवाना तिरेर भोलिपल्ट छाडेको छ ।

तर ट्याक्सी चालकहरु भने मिटरमा चल्नै नसक्ने बताउँछन् । ट्याक्सी चालक अञ्जन अधिकारीले भने – ‘हामी आफूखुशी ट्याक्सी चलाउन पाईंदैन । हाम्रो पनि आफ्नै क्षेत्र छ । क्युमा बसेर यात्रु आएपछि पालैसँग छुट्ने हो । कहिले त घण्टौसम्म पनि यात्रु मिल्दैन । पोखराको ठाउँमा मिटरमा एक सय पनि उठ्दैन भने कसरी हामी बाँच्ने ? खाली खाली फर्कनुपर्ने भएपछि गएको तेल खर्च पनि उठ्दैन ।’ उनले मिटरमा गएपनि फर्कदाँ यात्रु नपाउने भएकाले काठमाण्डौं जस्तो ठाउँ भए कुनै समस्या नहुने बताए ।

ट्याक्सी व्यवसाय समिति पोखराका अध्यक्ष प्रकाशमणि तिवारी पनि काठमाण्डौमा लागू भयो भन्दैमा पोखरा जस्ता ठाउँमा मिटरमा चल्न नसक्ने दाबी गर्छन् । ‘प्रहरी र प्रशासनको दादागिरी हो यो धरपकड । म उनीहरुलाई नै भन्न चाहन्छु, राजधानीका सिडिओ, एसपीको तलब र दुर्गमका सिडिओ, एसपीको तलब एउटै हुन्छ ? दुर्गममा रहनेलाई किन भत्ता दिईन्छ ? पोखराका सडक पनि काठमाण्डु जस्तो छ र ? यात्रु त्यस्तै छ ?’

उनले यथास्थितिमा मिटरमा चलाउन सकिने कुनैपनि संभावना नरहेको जिकिर गर्दै राज्यले नीतिगत निर्णय गरेर यात्रु पनि नठगिने र व्यवसायी पनि नमर्ने गरी भाडा समायोजन गर्न आग्रह गरे । विना पूर्वाधार एकतर्फी ढंगले प्रहरी लागेको भन्दै वार्ता र संवादका लागि वास्ता नै नगरेको आरोप उनको छ ।

पोखरा नगर क्षेत्रका केहि स्थानमा वाहेक अन्यत्र मिटरमा चलाउन सक्ने अबस्था पनि नरहेको दावी गरे । ‘पोखरामा २७ किमि क्षेत्र मात्र ओहोरदोहोर हुन सक्ने भएकाले सो बाहेक अन्य सडक खण्डमा मिटरमा गुड्नै सक्दैन । टु वे मिटर सञ्चालन हुनुपर्ने ठाउँ खै ?’ उनले भने – ‘पोखराका भित्री बाटाहरुमा मिटरमा बोक्न सकिँदैन ।’ उनले प्रशासन दादागिरी शैलीमा अघि नबढ्न चेतावनी दिँदै आफूहरु वाता संवादबाटै समस्या हल गर्न चाहेको बताए ।

यसैबीच, पृथ्वी राजमार्ग बस सञ्चालक समितिले समेत ट्याक्सी चालकलाई धरपकड गरी थुनामा राखेको भन्दै यसको विरोधमा विहीबार आफू मातहतका सबै सवारी साधन नचलाउने निर्णय गरेको महासचिव योगेन्द्र बहादुर केसीले जनाएका छन् ।

अध्यक्ष ऐनकुमार साईले वार्ता र संवादबाट समस्याको समाधान निकाल्नुपर्नेमा बलमिच्याईं ढंगले प्रहरी अघि बढेको दाबी गरे । यद्यपी उनले चक्का जामको कार्यक्रम भने नरहेको स्पष्ट पारेका छन् । आफू मातहतका सवारी मात्र नचलाउने, सडकमा चल्ने सवारी बन्द नगर्ने उनले प्रष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

लमजुङमा सुन्तला उत्पादनमा ह्रास
‘टिकटक चलेको भए खबर गरौँ’
आज गाई पूजा, पशुपतिमा गरियो सामूहिक गाई पूजा
तिहारको दोस्रो दिन: धनधान्यकी देवी लक्ष्मी पूजा

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
08 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 08 Sep 2024 00:45 UTC
Latest change: 07 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.32
Indian Rupee 
Indian Rupee
83.91
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.48
Japanese Yen 
Japanese Yen
143.05
US Dollar 
US Dollar
1
08 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 08 Sep 2024 00:45 UTC
Latest change: 07 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀