कसरी वित्छ प्रथम राष्ट्रपतिको दैनिकी ?

कसरी वित्छ प्रथम राष्ट्रपतिको दैनिकी ?

rambaran-yadav

अमृत सुवेदी

१९ पुस, पोखरा । गणतन्त्र नेपालको प्रथम राष्ट्रपति बन्ने सौभाग्य पाएका डा. रामवरण यादवलाई न यहाँसम्म आउन गरेका दुःखको सुस्केरा काढेर बस्नु छ, न राजनीतिक जीवनका उकाली ओराली सम्झेर आलापित हुनु छ ।असजिलो गरी बितेका बाल्यकाल, दुःख र संघर्षले डाक्टरी पढ्दाको समय र राजनीतिमा हाम फाल्दाको बखतले नोस्टाल्जिक त बनाउँछ । तर, त्यही दिन सम्झेर दुःखको रहमा पौडनेवाला छैनन्, उनी ।

बाँकी जीवन सबैको बनेर बाँचु भन्ने हृदयमा राखेका छन् उनले । ‘७६ वर्षको भएँ । जति बाँच्छु सबैको भएर बाँच्न सकुँ भनेको छु’ डा. यादवले कुराकानीको मेलो बढाए ।

‘म राष्ट्रपति भइसकेको मान्छे हुँ । अब म कुनै राजनीतिक दल विशेषको भएर बोल्दिनँ । म राष्ट्रिय हितका पक्षमा बोल्नेछु तर अलि पछि बोल्छु,’ उनले प्रस्ट पारे ।

यति भनिसकेर आˆनो स्वास्थ्य स्थितिका बारेमा बताए । ‘अब म ठिक छु । अमेरिकाबाट प्रोस्टेटको ट्युमर फालेर फर्केपछि केही महिना म डिस्टर्भ भएँ । अझै पनि आराम गर्दैछु । बिहानबेलुका औषधी लिन्छु । खानपिनमा ख्याल गर्नुपर्छ,’ यादवले सुनाए, ‘३/३ महिनामा ब्लड टेस्टका लागि पठाउनुपर्छ । जाडोपछि म अलि बढी बाहिर निस्कन्छु ।’

०००

पोखरा विमानस्थल छिर्ने तल्लो गेटको ठिक अगाडि जैन धर्म संस्थानको अग्लो भवन छ । त्यही भवनको तेस्रो तलामा माछापुच्छ्रे हिमाल प्रष्ट देखिने कोठामा यादवले सोमबारको रात काटे । ‘म विराटनगर जाँदा पनि जैन मन्दिरमै बस्छु, शान्ति मिल्छ । होटलमा भीडभाड गरेर बस्नुभन्दा यहाँ बस्नु धेरै आनन्द छ । यो संस्थाले नेपालका धेरै ठाउँमा समाजसेवा गरेको छ,’ यादवले भने, ‘आध्यात्मले मान्छेलाई खुसी हुन सघाउँछ । ज्ञानी बनाउँछ, सेवी बनाउँछ ।’

मानव मिलन संस्थाका संस्थापक जैन सन्त नेपाल केशरी डा. मणिभद्रमुनिद्वारा लिखित ‘आत्मानुसन्धान’ किताबको लोकापर्ण गर्न पोखरा आएका राष्ट्रपति डा. यादव मंगलबार बिहान केही समय गफिए ।

राष्ट्रपतिको पदावधि सकिएपछि यादव फुर्सदिला बने । तर, हाइसञ्चो भएर बस्न भने पाएनन् । प्रोस्टेटमा ट्युमर देखिएपछि उपचारका लागि भारतदेखि अमेरिकासम्म पुगे । फर्केपछि पनि धेरै दौडधुप नगर्न डाक्टरको सल्लाह छ ।

स्वास्थ्य पुरै ठिक भएपछि भने बढी बाहिर निस्कने उनी बताउँछन् । चुरे बचाऊ अभियानबारे जनतालाई बुझाउने गरी आफू बाहिर निस्कने उनको भनाइ छ । ‘अब चुरे संरक्षण कार्यक्रममा म अलि बढी खटिनेछु । चुरेको अवस्था बेहाल छ । चुरे बजाउन बचाउन सकेनौं भने हामीले ठूलो घाटा व्यहोर्नु पर्नेछ,’ पूर्वराष्ट्रपति यादवले भने, ‘चुरे संरक्षण कार्यक्रमसँगै समाजलाई जोड्ने, डेमोक्रेसी बुझाउनेतिर लाग्नेछु तर, अहिले अलि स्वास्थ्यले अझै दिएको छैन ।’

यो बेला चाहिँ उनको दैनिकी कसरी गुज्रिरहेको छ त ? डा. यादवले बिस्तार सुनाएँ ।

रेडियोबाट देशको हालखबर सुन्दै मर्निङवाक

विहान उठेदेखि सुत्ने बेलासम्म केके गर्ने उनी रुटिङमै चल्छन् । बिहान साँडे ४ देखि ५ बजेसम्ममा उनी उठिसक्दा रहेछन् । उठ्ने बित्तिकै पहिलो एक्सरसाइज गर्छन् अनि मन तालो पानी पाउँछन् । नित्य कर्मपछि उनी नियमित मर्निङ वाकमा निस्कन्छन् ।

‘स्वास्थ्य राम्रो हुँदा ५ बजेभित्र उठिसक्छु र मर्निङवाकमा अनिवार्य निस्कन्छु,’ यादवले दैनिकीको ढोका खोले, ‘धन्न बिहानमा काठमाडौंमा त्यति धुँवाधुलो हुँदैन । अहिले काठमाडौं ठन्डी छ न्यानो लगाइएन भने फेरि चिसोले समाउँछ ।’

मर्निङ वाकमा उनले एउटा कुरा प्राय छुटाउँदैनन्, त्यो हो रेडियो । पहिले भजन सुन्छन् अनि देशको हालखबर । देशको पहिलो खबर उनले रेडियोबाटै लिँदा रहेछन् । साढे ५ देखि पौनै ७ सम्म उनको मर्निङ वाकको समय हो । फर्केर नुहाइधुवाइ गरेपछि फेरि उनलाई एक्सरसाइज गर्नुपर्छ । प्रोस्टेटको अपरेसनपछि त्यसका लागि एक्सरसाइज गर्नुपर्ने उनी बताउँछन् ।

सामाजिक सञ्जालमा रुचि छैन

उनलाई सामाजिक सञ्जालमा रुचि छैन । फेसबुक, ट्वीटर लगायत सामाजिक सञ्जालले उतिसारो लोभ्याउँदैन । मर्निङवाक र एक्सरसाइजपछि उनको समय अध्ययनको हो ।

पत्रपत्रिकाका समाचार लेख पढ्नु, देशविदेशका घटनाको जानकारी लिनु उनको दिनचर्यामै पर्छ । महत्वपूर्ण अनलाइनका समाचार पनि उनी मगाएरै हेर्छन् ।

१०/११ बजेसम्म उनी पत्रिका पढ्नै लाग्छन् । बिबिसीको समाचार सुन्नु उनको लतजस्तै हो । दही, रोटी, सागपात उनको आहार बनेको छ । माछामासु नखान डाक्टरले भनेको छ । कहिलेकाँही साना माछा स्वाद लिन खोज्न जिब्रोले । साढे ११ बजेतिर उनी खाना खान्छन् र एक, डेढ घण्टा आराम गर्छन् ।

दिउँसो भेटघाटको समय

बाहिर जाने काम खासै नहुने भएपछि प्राय निवासमै हुन्छन् पूर्वराष्ट्रपति यादव । दिउँसोको समय प्राय भेटघाटमै बित्छ । भेट्न चाहनेहरुलाई दिउँसोकै समय दिएका हुन्छन् । कार्यक्रममा बोलाउन आउनेहरुको लाइनै लाग्छ निवासमा । तर उनी कमैमात्र कार्यक्रममा जान्छन् र, जानै परे पनि छानेरमात्रै जान्छन् ।

‘विभिन्न व्यक्ति विभिन्न काम लिएर भेट्न आउनुहुन्छ । मैले फोनमै भेटघाटका लागि दिउँसो बोलाउँछु,’ यादवले भने, ‘कहाँ के उद्घाटन, कहाँ के कार्यक्रम भन्दै निम्ता लिएर धेरै जना आउनुहुन्छ । तर म सबैमा जान्नँ ।’

राष्ट्रिय गौरव, संविधान र देशलाई नै फाइदा पुग्ने खालको कार्यक्रम, सेवा भावले गरिएको कुनै कार्यक्रम हेरेर उनले कार्यक्रममा आउने/नआउने जानकारी गराउने रहेछन् । ‘राष्ट्रपति भइसकेको मान्छेले कार्यक्रममा जाँदा विचार पुर्‍याउनुपर्छ । कुन कार्यक्रमको उद्देश्य के हो हेरेरमात्र जाने गर्छु,’ यादवले प्रस्ट्याए ।

फुर्सदको साथी किताब

किताब उनको फुर्सदको साथी बनेको छ । ‘यो संसारमा हामीले पढ्न बाँकी कति कुरा होलान् ? संसारमा निस्किएका उपयोगी र जान्नै पर्ने किताब पनि पढ्नु भन्दाभन्दै छुटेका छन्,’ पूर्व राष्ट्रपति यादवले भने, ‘मैले डाक्टरी पढ्दादेखि अहिलेसम्म पढेका किताबभन्दा धेरै किताब बाहिर छन् । म तिनै किताबहरु पढिरहेको छु ।’

कस्ता किताब पढिरहेका छन् त उनी ? ‘म अहिले आध्यामिक किताबदेखि विश्वका महामानवहरुको किताब पढिरहेको छु । जो पढ्नै पर्ने किताबहरु भएर पनि छुटेका थिए ।’

रामायण लगायत किताब पढिसकेको भए पनि दोहोर्‍याउन मन लाग्छ उनलाई । महाभारत केही पढे, केही टिभीमा हेरेछन् । अहिले भागवत गीता पनि पढिरहेका छन् ।

अन्य धर्मदर्शनका किताब पनि रुचिकै विषय हो उनको तर, साहित्यिक किताब भने कम प्राथमिकतामा पर्ने रहेछ । ‘अब मेरो समय भनेकै ज्ञानगुनका कुरा पढ्ने, बस्नेजस्तै भएको छ,’ डा. यादवले सुनाए, ‘पढ्ने भन्ने कुरा कहिल्यै सकिँदो रहेनछ ।’

एक्लो महसुस गर्नुपरेको छैन

धेरै व्यस्त नभए पनि एक्लोपनाको महसुस गर्न भने नपरेको डा. यादव सुनाउँछन् । ‘एक छोरा राजनीतिमै होमिएको छ भने अर्को छोरा अमेरिकातिर छ’  पूर्व राष्ट्रपति यादवले भने, ‘छोरी मसँगै बस्छिन् । छोराछोरीले मेरो धेरै ख्याल गर्छन् ।’

उनका जेठा छोरा डा. चन्द्रमोहन यादव दोस्रो संविधान सभाको निर्वाचनमा धनुषाबाट विजयी भएका थिए भने अहिले पनि प्रदेशसभा सदस्यको उम्मेदवार थिए । उनका कान्छा छोरा चन्द्रशेखर अमेरिका र छोरी अनिता उनकै साथमा छन् ।

छोराछोरीले पनि देश र समाजका विषयमा बुझ्ने तथा दख्खल राख्ने उनी बताउँछन् । ‘बुबा अब हजुरले राजनीति छोड्नुपर्छ । संविधानको पक्षमा, देशका पक्षमा मात्र बोल्नुपर्छ, सामाजिक काममा लाग्नुहोस् भन्छन्,’ डा. यादवले भने ।

स्रोत ः अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च
फेरि होला लकडाउन ?
राष्ट्रपति भण्डारी बंगलादेश जाने
फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
आज श्रीस्वस्थानी व्रत सकिदै
बर्ड फ्लुको उच्च जोखिम

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
16 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 16 Sep 2024 00:50 UTC
Latest change: 15 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.23
Indian Rupee 
Indian Rupee
83.85
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.49
Japanese Yen 
Japanese Yen
140.85
US Dollar 
US Dollar
1
16 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 16 Sep 2024 00:50 UTC
Latest change: 15 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀